८ वैशाख २०८१ शनिबार
कला

उड्ने घोडा

बालकथा

 ललिता शर्मा  

नितिक आज धेरै खुशिछन् । उनि मामाघर हजुरआमासंग बस्न आएकाछन् सउनको बिद्यालय कोरोना भाइरसको कारण बन्दछ । उनलाई हजुर आमासंग बस्न निकै रमाईलो लाग्छ । नितिक भर्खरै छ बर्ष पुरा गरेका छन् ।

आमा  –  नितिक कहा छौ बाबा ! तिमी ?

नितिक – आमा म कोठामा छु। आमा ! आमा ! आनुहोस् न हेर्न मैले उड्ने घोडा बनाउदैछु ।

आमा – नाति नजिकै पुगेर आहा ! कतिराम्रो बनाएको बाबा ! तिमीले स्याबास ! अब यसमा रंग पनिभर है नाति ।

नितिक आमाको कुराले झनै हौसिन्छन् र रंग भर्न थाल्छन्।  

आमा – बाबा ! तिमीले घोडामा कसलाई बसाउछौ त ?

नितिक– फुर्किदै आमा तिमी मेरो राजकुमारी म राजा हो तिमीलाई घोडामा बसाएर लान्छु म ।

आमा – नातिको कुरा सुनेर आमा प्रशन्न हुदै भन्छिन् हस मेरो राजा ! हस मलाई उड्ने घोडामा बसाएर संसार घुमाइस्यो है ।

नितिक – आफ्नै धुनमा रंग भर्दैछन् । खुशिले फुर्किएको बेला नितिकले आमालाई तिमी भन्ने गर्छन् लाडिएर । कोठाको एक छेउमा ल्यापटपमा काम गर्दै गरेकी सानीमाले नितिक र आमाको कुरा सुनि रहेकी हुन्छिन् सउनले मुस्कुराउदै सोध्छिन् नितिक ! अनि मलाई घोडामा नलाने तिमीले घुमाउन । म तिम्रो राजकुमारी हैन ?

नितिक – ठूलो आवजमा हैन सानी हैन हजुर मेरो राकुमारी हैन ।

सानी – अनि को हो त तिम्रो  म ?

नितिक –लेग्रो तान्दै सानी हजुर  त मेरो र मेरो रजकुमारीको काम गर्ने मान्छे हो ।

नातिको कुरा सुनेर आमाको हासो रोकिएन वहा जोड्ले हास्न थाल्नुभयो ।

सानी – मुस्कुराउदै  ए ! ए ! म चाहि तिम्रो र राजकुमारीको सेवक परेछु है छोरो ।

नितिक आफ्नै धुनमा मस्तछन् अनेकौ कल्पना गर्दै उड्ने घोडामा घुमेको । समयले पनि उड्ने घोडाकै रूपलिन्छ बाललिला हेर्दै रमाइलो गर्दै द्दछदिन बितेको पत्तैचलेन । छोरीको फोन आयो भोलि उनिहरू नितिक लाई लिन आउदैछन् ।

नितिक –   आमा ! आमा ! ममीले के भनेको ? फोनमा  

आमा – भोलि तिमीलाई लिन बाबा र ममी आउने रे यहि कुरा भनेको बाबा ममीले।

नितिक – न्यास्रो मुख लाउदै आमा ! आमा ! म हजुरसंगै बस्छु के म नजाने कोहलपुर आमा !  म जान्न के फोन गरन ममीलाई लिन नआउ  भनेर ।  बाबा ममी लाई पनि तिम्रो धेरै माया लाग्छ नि राजा ! आमाले संझाउदै भन्नुहुन्छ।

नितिक – आमा ! बाबा ममी पनि नेपालगन्जमा बस्ने हामी  संगै हस आमा ?

आमा – जानु पर्छ नाती तिम्रो बाबालाई अफिस जानुपर्छ अनि मामुले पनि नर्स पढ्ने दिदिहरूलाई अनलाइन पढाउनुपर्छ थाहा छ नि बाबा तिमीलाई ।

नितिक – आमा ! बाबाको अफिस तल कोठामा बनाउने है  कोहपुरमा जस्तै तिमीले र मैले कुर्सी राखेर टेवल राखेर बनिहाल्छनि आमा ! अनि मामुले मोवाइलमा यहि बाट दिदिहरूलाई पढाउने हस आमा  नितिकले आमालाई घाटीमा अंकमालगर्दै गालामा चुम्दै भन्छन् । नातिको कुराले आमा भाव विभोर हुन्छिन् ।

आमा –  अनि बाबा तिम्रो स्कूल खुल्छ नि !अब पढ्नुपर्छ नि राजा बेटा!

नितिक – आमा मेरो स्कूललाई फोन गरेर नेपालगन्ज बोलाउन आमा तिमीले म यहि पढ्छु । उसको आसय थियो स्कूल बसलाई यतै बोलाउनुहोस् भन्ने । बालशुलभ बोलि कति मिठो आहा ! कति मनछुने थियो । बालकहरूले आफ्नो बुद्धिविवेक प्रयोग गरेर ठूलो समस्यालाई एक चुट्कीमै समस्या समाधन गर्छन् । यति मिठो सुझाव नातिबाट  पाएपछि आमाले हुदैन भन्न सक्नु भयन ।  

आमा – हस् बाबा ! हस् मेरो नाति ! नाति लाई चुम्दै गर्दा आमाका आखाबाट आशु झर्छ ।

नितिक – आमा नरोउ आमा ! म जादिन है तिमीलाई छोडेर उनले आमाको आशु पुछि दिन्छन् र खेल्न दौड्न्छन् । बाबा ममी आएको देखेर नितिकले फेरी प्रश्न गर्छ आमा ! म जाने हैन नि है कोहपुर ? आमाले बोल्न नपाउदै बाबा ममीको  एकै स्वरमा आदेश आउछ जानुपर्छ छोरा घर जानेहो तिमी आज । नितिकले आशाले भरीएको नजर आमातिर फेर्छन् सपोटको लागि ।

आमा – मेरो अशल नाति जाउ अहिले  फेरी छुट्टी हुन्छ तिमी मलाई लिन आउहै उड्ने घोडा लाएर घुम्न जाने नि हामी ।

नितिक– आखा ठुलाठुला पार्दै अलि टाठो स्वरमा आउदिन म अब ।

आमा – किन बाबा ! म तिम्रो राजकुमारी हो नि तिमी मेरो राजकुमार मलाई लैजानु के घोडामा हस् ।

नितिक – अझै चर्को स्वरमा हैन  हैन  हजुर मेरो राजकुमारी हैन ।

आमा – म को हो त बाबा ?

नितिक – हजुर बुढी हो ! बुढी ! बुढी मान्छे हो । नितिको यो आक्रोस थियो मामाघर बस्ननपाएको ।  

यो सुनेर सबको मुखमा हाँसो थियो । हजुर आमा त झनै हाँसेर लोटपोट नै हुनुभयो । कस्तो निश्छल हुन्छ बालपन मनमा सोच्दै नातिमै टोलाइरहनुहुन्छ आमा । गाडीमा सामान राख्दै गर्दा नितिकलाई आमाले हेरिरहनुहुन्छ उसका आँखामा आँसु भरिएका थिए । यता आमाको अवस्था पनि त्यस्तै थियो । नितिकले गाडीमा बस्नुभन्दा पहिले आफ्नो आँखाको  आँसु पुच्छ फर्केर आमालाई हेर्छ दौडेर छाँद हाल्छ आमालाई ।

–आमा , नरोऊ हस् म भोलि नै आउँछु तिमीसंग फेरि ।

आमाले नातिलाई चुम्छिन् नितिकले आमाका आँखाका आँसु पुछिदिन्छन् ।  आमा, भन्दै आफ्नो बाबाममीसंग घरतिर जान्छन्। मेरो असल नाती, तिमी  सधैं यस्तै असल मान्छे बन्नु । आमाले मनमनै आसिक दिँदै घरभित्र पस्नुहुन्छ ।

प्रकाशित: १८ पुस २०७७ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App