coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

जाडो

बालगीत

 मुक्तिनाथ शर्मा  

 

आयो है आयो दाज्यै जाडो आयो,

मंसिरभन्दा पुसमा अझै बढ्दै आयो।

 

माघमा झन् बढ्छ अरे पापी जाडो,

न्याना नाना लाउनपर्छ छल्न जाडो।

घाम लाग्दा घामै तापौं छल्न जाडो,

साँझ हिटर बाली तापौं भाग्छ जाडो।

 

बिहानीमा चिसो हुन्छ घुम्न नजाने,

बानी बनाउँ तातोतातो खाना खाने।

आयो है आयो यता छुचो जाडो,

जाजा भनौं टाढा जा छुचो जाडो ।

प्रकाशित: १७ पुस २०७७ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App