१५ माघ २०७७ बिहीबार
कला

महिमाको महिमा

बालकथा

मुक्तिनाथ शर्मा 

 

महिमा एउटी चलाख मिहिनेती र विदुषी नानी । उनको स्वभाव  देखेर सबै सराउँथे । पढाइमा तथा अन्य सबै विषयमा उत्कृष्ट  ठहरयाउने गर्दथे गुरुहरू लगायत सबै मान्छे । ठूला मान्छेहरूले भन्दा खाँटी कुरा गर्थिन् ती नानी । त्यसैले सबै उनको महिमा गाउँथे । आफ्नी हजुर आमाकी त महिमा अभिन्न अङ्गजस्तै थिइन् । उनको महिमा गाएकी नै हुनुहुन्थ्यो हजुर आमा सधैं । बाबा, मामु र हजुरबा पनि त्यसै गर्नुहुन्थ्यो ।

महिमाले छैटौ कक्षाको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्यइन्   । सातौं कक्षामा हुँदा एक दिन एउटा घटना घट्यो । उनलाई पहिले कट्टी दुख्ला जस्तो भयो । दर्द र आनन्दका बिचको जस्तै अनुभूति भयो । के भएको हो यकिन गर्न नसक्दा नसक्दैमा एउटा कुरो सम्झना भयो कतै म रजस्वला पो भएँ क िभन्ठानिन् । यस्तैमा यौनाङ्गमा कुतकुती लागे जस्तो भयो । हुँदाहुँदा रगतै आयो । उनले साथीहरूबाट सुनेका कुरा सम्झिन् । उनले निधो गरिन – हो पक्कै रजस्वला नै हो ।

महिमाले गुरुआमासंग सर्लक्क कुरा राखिन् ।  गुरुआमाले पुरापुर समर्थन गरेर भन्नुभयो–  बधाई छ तिमीलाई । तिमी अब किशोरावस्थामा पदार्पण गर्यौ । अब यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्ने कुराहरू छन । तिमीले पालन गर्नुपर्छ  । भएसम्म प्याडको प्रयोग गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ तर आफ्ना दैनिक कार्य गर्नबाट रोकिन जरुरी पर्दैन । हाम्रो समाजमा अनेक  अन्धविश्वासी कुरा गरेर नचाहिँदा चलन चलाएको देखिन्छ । यो भ्रम हो । तिमीहरू जस्ताले नयाँपन ल्याउन कोसिस गर्नुपर्छ  । महिमाले कुरा बुझिन । ऊ रमाउँदै  घर गइन् ।

महिमाले सबै कुरा बुझिन् । ढुक्क भएर घर पुगी सबै कुरा गरिन् । हजुरआमाले पुराना संस्कारका कुरा गर्दै हुनुहुन्थ्यो महिमाले राम्रोसंग कुरा बुझाइन् । सबैको मनबाट अन्धविवासी  सबै कुरा हटाउन सफल भइन् । सबैले महिमाकै महिमा गाए ।

प्रकाशित: १२ मंसिर २०७७ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App