८ वैशाख २०८१ शनिबार
कला

पोखरेदेखि पोखरासम्म

संस्मरण

त्रिलोचन ढकाल

 

०३७ सालमा मलाई नेकपा(माले)ले म्याग्दी जिल्लाको इञ्चार्जका रूपमा खटाएको थियो । म त्यहॉ गएपछि म आफै सचिव रहेको  पोखरेका रामबहादुर बरुवाल तथा खबराका घनस्याम सापकोटा सदस्य भएको जिल्ला सम्पर्क कमिटी बनेको थियो । नवराज शर्मा पश्चिम म्याग्दीबाट विद्यार्थी कार्यकर्ताका रूपमा उठ्दै हुनुहुन्थ्यो । म्याग्दीमा पार्टी कामको नेतृत्व त्यही सम्पर्क कमिटीले गरेको थियो । जन संगठनका कार्यक्रमहरू हु‘दा सम्बन्धित विशेष व्यक्तित्वहरूको पनि उपस्थिति हुने गर्दथ्यो । माले पार्टीले पनि त्यही सालदेखि जनसंगठनको काम गर्न थालेको थियो । हामी त्यतिबेला आवश्यकता पर्दा निकै लामो बाटो पनि पैदल हि‘ड्न सक्थ्यौ‘ । ०३७ सालको माघ महिनामा म र किसान नेता कार्कीनेटाका कमरेड बोलानाथ उपाध्याय ‘घार’ गाविसको पोखरेमा रहेको रामबहादुर बरुवालको घरबाट एकै दिनमा बेनी, कुस्मा, कार्किनेटा हु‘दै नाउडॉडासम्म पैदल र नाउडॉडाबाट बसमार्फत पोखरा पुगेका थियौ‘ ।  

म्याग्दीमा एकातिर हाम्रो पार्टीको काम भर्खर सुरु भएको थियो । अर्काेतिर भरखर जनमत संग्रहबाट जिताइएको पञ्चायतको आतङ्कले क्रूरतापूर्वक जन दमन गरिरहेको थियो । त्यो पञ्चायतका म्याग्दीका नेता भिमप्रसाद नामका खुङ्खार अपराधी थिए । उनले आपूmस‘ग असहमत हुनेहरूलाई अपहरण गर्ने, कुटने, हत्या गर्ने, लुट्ने, बलात्कार गर्ने जस्ता विभिन्न अपराधपूर्ण कृयाकलापमार्पmत दुːख दिने गर्दथे । अरू राजनीतिक पार्टीको नाम त उनले सुन्न सक्ने कुरै थिएन । उनले कांग्रेस, कम्युनिष्ट कसैलाई पनि देख्न सक्तैनथे । उनले हामीले म्याग्दीमा पार्टी काम गर्न थालेको पनि थाहा पाएका थिए । पर्चा, पोस्टर र वाल पेन्टिङमार्फत हामीले पनि नेकपा(माले)को पार्टी काम भइरहेको कुरा जानकारी गराइरहेका थियौ‘ । हाम्रो पार्टीले ससस्त्र सङ्घर्षलाई सङ्घर्षको मुख्य रूप न बनाउने निर्णय केही महिनाअघि गरेका भए पनि कार्यकर्ता र दुस्मनको चिन्तनबाट त्यो उडिसकेको थिएन । त्यति मात्र होइन ऊ जस्ता जनविरोधी शासकहरू पार्टीको नाम सुन्दा मर्नुपर्ने कुराले सन्त्रस्त हुने गर्दथे र ससस्त्र शक्तिकै नाममा त्यसमाथि दमन गर्न पनि आफ्ना अनुयायीहरूलाई उत्तिकै सक्रिय बनाएका थिए । त्यही कारणले गर्दा उनले पुलिस र आफ्ना मानिसहरूलाई पनि हामीलाई पक्डन र हत्या गर्न नाका नाकामा गस्ती गर्न खटाउ‘थे । उनी यति क्रुर थिए कि धौलागिरिका अरू जिल्लामा पाइने “पञ्चायती प्रजातन्त्र” पनि त्यहॉ थिएन । त्यहॉ उनको मात्र हिंसात्मक राज थियो ।

हामीले शिक्षक, विद्यार्थी, युवा र किसानहरूका जिल्लास्तरका एकराते वा आधा दिने भेलाहरू प्रायः जिल्ला सदरमुकामको नजिकै खबरा भन्ने गाउ‘मा गर्दथ्यौ‘ । त्यो गाउ‘का भीमप्रसादका पहिलाका विश्वास पात्र हरिनारायण साप्कोटा हाम्रो पार्टीमा आएका थिए । उनले नेकपा(माले)मा आएपछि पार्टीका पक्षमा निकै राम्रो काम गरेर हाम्रो विश्वास पनि प्राप्त गरेका थिए । उनका घरमा पहिला पनि नयॉनयॉ मानिसहरू आइरहने भएकाले हाम्रो पार्टीका मानिसहरू आउ‘दा गाउ‘लेहरूले अस्वाभाविक रूपमा लिद‘ैनथे । उनको घरमा भेला गर्ने ठाउ‘ पनि प्रसस्त भएको र आउ‘दा–जॉदा अरूले उनमाथि शङ्का नगर्ने हुनाले छोटा भेलाहरू गर्न उपयुक्त थियो त्यो ठाउ‘ । उनको परिवारले पनि हामी आउने जाने गरेको कुरालाई मन पराउ‘थ्यो । उनकी बूढी आमा हुनुहुन्थ्यो । उहॉले छोराले भीमप्रसादलाई छाडेर हामीसित लागेकामा अति खुसी हुनुहुन्थ्यो । उहॉले पार्टीका मान्छेलाई खाना, खाजा आदिले सहयोग गर्न कत्ति पनि अल्छी गर्नु हुन्नथ्यो । हरि नारायणकी पत्नी पनि सहयोगी हुनुहुन्थ्यो । उहाँले पनि हामीलाई पार्टी काममा सहयोग गर्नुहुन्थ्यो । उहाँ हरिकी कान्छी पत्नी । उहाँकी जेठी पत्नी पहिलै बितिसकेकी । जेठीपट्टिका एउटा छोरा थिए । उनी पनि पार्टी काममा लागिरहेका थिए ।  

त्यो ठाउ‘को तयारीमा स्थानीय पार्टी कार्यकर्ता डोलेन्द्र सापकोटा र उनकी पत्नीको विशेष भूमिका थियो । उनका घरमा पनि भूमिगत बस्न सकिने सेल्टर थियो । सेल्टरहरूको संरक्षणमा हरिनारायणका जेठी पत्नीपट्टिका छोरा मीनप्रसाद सापकोटाको प्रशंसनीय भूमिका थियो । उत्तरतिरबाट कालीगण्डकीको किनारै किनार र पश्चिमतिरबाट म्याग्दी खोलाको किनारै किनार आउ‘दा सदरमुकाम आए जस्तो र फर्कदा सदरमुकामबाट फर्के जस्तो हुने हुनाले पनि त्यो ठाउ‘ साना र छोटा भेलाका निम्ति उपयुक्त थियो । तर त्यो ठाउ‘ लामा कार्यक्रमका निम्ति सदरमुकामको नजिक भएकै  कारणले असुरक्षित थियो । त्यही कारणले ०३७ सालको माघ महिनामा आयोजना गरिएको कार्यकर्ता भेला त्यहॉदेखि छ घन्टा पैदलको दूरीमा रहेको दुर्गम गाउ‘ ‘घार’ मा आयोजना गरियो । त्यसको व्यवस्थापनको जिम्मेवारी जिल्ला सम्पर्क कमिटीका सदस्य क.रामबहादूर बरुवालले लिनुभएको थियो । पार्टीले त्यो भेला पार्टी बिस्तार गर्ने र ०३८ साल वैशाखको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार गर्ने सम्बन्धमा छलफल तथा प्रशिक्षण गर्न आयोजना गरेको थियो ।

जुन राति हामी सेल्टरमा पस्नुपर्ने थियो त्यही रातभर घारमा भीमको कार्यक्रम रहेछ  । उनी ०३८ वैशाखमा हुने राष्ट्रिय पञ्चायतको निर्वाचनको तयारीमा लागेका थिए । त्यसको निम्ति उनले म्याग्दी जिल्लाका प्रत्येक टोलमा पुगेर कार्यकर्ता परिचालन गर्ने योजना बनाएका थिए । आपूm कमजोर भएको ठाउँको काममा थप विशेष जोड गरेका थिए । घारको त्यो टोलमा हाम्रो पार्टीको बाक्लो प्रभाव भएको हुनाले उनले रमिता गर्ने ठाउ‘का रूपमा पनि त्यही टोललाई रोजेका रहेछन् । त्यहॉ राँगो ढाल्ने, खसीहरू काट्ने र कुखुराहरू निमोठ्ने मात्र होइन ड्रमका ड्रम दारू पोख्ने काम पनि ठूलो मात्रामा भइरहेको थियो । उनले धम्की, पैसा, रक्सी, मासु, सुन्दरी आदि विभिन्न हतियारको प्रयोग गरेर मानिसहरूलाई आप्mनो पक्षमा ल्याउने गर्दथे । त्यही काम गर्नका निम्ति उनले त्यो समारोहको व्यवस्था गरेका थिए । हामी प्रवेश गर्ने बाटैमा यसरी खान पान गर्ने, नाचगान गर्ने र हल्ला गर्ने काम भइरहेका हुनाले हामी मध्येमा धेरै अतिथि र सहभागीहरू सेल्टरमा पस्न सकेनौ‘ र भोलिपल्ट राति मात्र पुग्न सक्यौ‘ । ऊ मानिसको हत्या समेत गर्न हिचकिच नगर्ने भएकाले सेल्टरलाई कुनै हालतमा पनि खुल्न दिनु हु‘दैनथ्यो । त्यसकारण हामी भोलिपल्ट राति मात्र सेल्टरमा प्रवेश गर्न सक्यौ‘ । त्यसले गर्दा भेला अरू एक दिन लम्बिन गयो । 

भेलामा बोलानाथ उपाध्याय जस्ता पाका मानिस देख्दा सहभागीहरू अरू बढी उत्साहित भए । त्यति बेला हाम्रो पार्टीमा ३० वर्ष र त्योभन्दा कम उमेरका कार्यकर्ताहरूको मात्र सक्रियता थियो । म त्यहॉको प्रमुख मान्छेको उमेर पनि जम्मा ३० वर्ष थियो । बोलानाथ भूमिगत कार्यकर्ता नभए पनि उहॉको त्यहॉ भएको उपस्थितिले पार्टीमा पाका नेताहरू पनि रहेछन् भन्ने पारेको थियो । यसले बूढाहरूलाई मात्र होइन युवा र किशोरहरूलाई पनि निकै उत्साहित गरेको थियो । त्यो भेलाको सेल्टर स्थानीय पार्टी कार्यकर्ता तथा शिक्षक धर्म खड्का र उहॉका भाइ भक्तबहादुर खड्काको संयुक्त घरको ऑटीमा थियो । ढुङ्गाको छाना भएको घर अति धुवॉ हुनेवाला सेल्टर थियो त्यो । स्थानीय कमरेडहरूको चनाखो सुरक्षा व्यवस्थाले गर्दा विरोधीहरू कसैले पनि त्यसको सुर्इंको पाउन सकेनन् ।

त्यो भेला सकेपछि लगत्तै मलाई पोखरा पुग्नुपर्ने थियो । जान त पोखरा, घोरेपानीको बाटो पनि जान सकिन्थ्यो तर कार्किनेटाबाट अर्को भूमिगत कार्यकर्तालाई पनि स‘गै लिएर पोखरा पुग्नुपर्ने थियो । त्यसका लागि हामीले दुई दिन छुट्टाएका पनि थियौ‘ । ‘घार’ मा भएको भेलाले एक दिन बढी समय लिइदिएका हुनाले पोखरा पुग्नुपर्ने दिन, एक दिन मात्र बॉकी रहन गयो । त्यतिबेला अहिले जस्तो मोटरबाटो थिएन । त्यहॉबाट पोखरासम्म पूरै बाटो पैदल हि‘ड्नु पथ्र्याे । अहिलेका जस्तो मोबाइल फोन त कल्पना पनि गर्न सकिएको थिएन । बेनीको आवा कार्यालय बाहेक अरू कुनै ठाउ‘मा टेलिफोन जस्तो छिटो खबर गर्ने माध्यम थिएन । बेनी गएर आवा गरौ‘ भने पनि कार्कीनेटामा त्यसको सुविधा थिएन । पर्वत जिल्लामा आवा कार्यालय कुस्मामा मात्र थियो । खबर पठाउन मानिस पठाएर काम चल्ने स्थिति थिएन किनभने पठाएका मानिसभन्दा हामीनै छिटो पुग्न सक्थ्यौ‘ । यस्तो भएको हुनाले हामीले एकै दिनमा कार्किनेटा हु‘दै पोखरा पुग्ने अठोट गरयौ‘ । भेला समाप्त गरेर राति हामी रामबहादुर बरुवालका घर, पोखरेमा झरयौ‘ र भोलिपल्ट बिहान ५ बजे पोखरेबाट पोखरालाई लक्ष बनाएर बेनीतिर हुइकियौं ।

साढे सात बजेतिर हामी बैसरीमा आएपछि एकछिन टक्क उभियौ‘ । ‘औल’ नाम गरेको गाउ‘तिर ऑखा लगायौ‘ । औलतिर जाने बाटो काली नदीको पारीपट्टी थियो । त्यो गाउ‘मा जान काली नदीको झोलुङ्गे पुलबाट तरेर जानुपथ्र्यो । हामीले चार दिन अगाडि ओरालो झरेको बाटो हेरयौ‘ । तल ऑउदा चाक्लै बाटो हि‘डे जस्तो लागेको थियो । बैसरीबाट हेर्दा भने बाटो देखिएन, छङ्ङको भीर मात्र देखियो । त्यो बाटो चार दिन अगाडि कसरी झरिए होला जस्तो लाग्यो । बाटोको सिरानबाट ढुङ्गा खसाल्ने हो भने बिचमा नठोक्किईकन काली नदीमा खस्ने खालको ठाडो भिर थियो । त्यही बाटो हर्कवीर पुन, बोलानाथ उपाध्याय र म चार दिन अगाडि औलबाट बैसरी आएका थियौ‘ ।

एक महिना अगाडि बेनीबाट घारतिर जॉदा मलाई त्यही बैसरी हु‘दै जानु परेको थियो । मैले त्यति बेला बाटोमा हि‘ड्दा एउटा सानो पानासोनिक रेडियो घन्काउ‘दै हिंड्ने गर्थे‘ । त्यसबाट दुई ओटा फाइदा थिए । एउटा त त्यस्तो दुर्गम ठाउ‘ समाचार प्राप्त गर्ने माध्यम रेडियो मात्र थियो र मनोरञ्जनको माध्यम पनि अरू केही थिएन । हुन त मनोरञ्जनका निम्ति गाउ‘का प्रत्येक टोलमा रातभर रोदी गाउने चलन थियो । त्यही रोदीबाट युवा युवतीले पाहुनाहरूको स्वागत गर्ने र अरूलाई मनोरञ्जन दिनुका साथै आपूmहरूको विवाहको व्यवस्था पनि गर्दथे । रोदी स्थानीय संस्कृतिको प्रमुख अङ्ग थियो । त्यसकारण त्यसको व्यवस्थापन अभिभावहरूले नै गर्दथे । मलाई भने रोदीमा पटक्कै रुचि थिएन । पार्टीले पनि भूमिगत कार्यकर्ताले रोदी गाउन नहुने कुरा गरेको थियो । 

त्यति बेला अहिले जस्तो छोरीबुहारीहरू रोजगारीका लागि विदेश जाने चलन थिएन । उनीहरू खेतीपातीकै काम गरेर गाउ‘मा बस्दथे । पढने अवसर नपाएका युवकहरू मात्र विदेश जाने हुनाले गाउ‘मा स्थायी युवकका नाममा खास गरी स्कुल शिक्षक मात्र हुन्थे । तिनै शिक्षकहरू र छुट्टीमा आएका लाहुरेहरूले रोदीमा सक्रियता देखाउँथे । रुचि नै नभएका हुनाले मलाई भने रोदीले मनोरञ्जन दिन सक्दैनथ्यो । त्यसकारण मैले रेडियो कै शरण लिनुपरेको थियो । 

रेडियोले दिनको ३÷४ पटक समाचार सुनाउँथ्यो । बेलाबेलामा नेपाली र हिन्दी गीत पनि सुनाउँथ्यो । हिन्दी गीत सुन्न मन लाग्दा रेडियो सिलोन र अल इण्डिया रेडियो पनि लगाइन्थ्यो । अल इण्डिया रेडियो र वीवीसी रेडियोले दैनिक नेपाली कार्यक्रम पनि प्रसारण गर्दथे । नेपालबाट सबै समाचार पञ्चायत र राजाका स्तुति र गुन गानमा केन्द्रित भएर प्रसारित हुने गरेका हुन्थे । विदेशी रेडियोले भने केही आलोचनात्मक भएर समाचार प्रस्तुत गर्ने गर्दथे । त्यसकारण म जस्ता सत्ता विरोधी राजनीति गर्नेहरूका निम्ति तिनीहरू बिर्सर्नै नहुने रेडियोहरू थिए । त्यसरी त्यसले देश र विदेशको समाचारबाट सुसूचित गर्ने र मनोरञ्जन दिने काम गथ्र्याे ।

दोस्रो– लाहुरे, कर्मचारी र शिक्षकहरूले रेडियो घन्काएर बाटोमा हि‘ड्ने गर्थे । बाटोमा हि‘ड्न थालेपछि एकदुई घण्टासम्म कुनै पसल भेटिदैनथे । कहिलेकाहीं त घन्टौ‘सम्म मानिसको अस्तित्व पनि भेटि‘दैनथ्यो । बेनीबाट घारतिर जॉदा एक घण्टापछि गलेश्वरमा र त्यहॉबाट दुई घण्टा हि‘डेपछि वेग खोलामा मात्र मान्छेको बिउ देख्न पाइन्थ्यो । त्यहॉबाट एक घण्टामा तिप्ल्याङ् र त्यहॉबाट तिनचार घन्टा दौडेपछि तातो पानीमा मात्र पसल र होटलको मुख देख्न मिल्दथ्यो । बेनीदेखि तातोपानीसम्म खाजा खाने र बास बस्ने होटल छ‘दै थिएनन् ।

लाहुरेहरू र अरू यात्रीहरू बासा नबसी नहुने भयो भने उनीहरूका निम्ति झुप्रा भट्टीहरू भेटिन्थे । म्याग्दी जिल्ला सुन्दा दुर्गम जस्तो लागे पनि काली नदी र म्याग्दी खोलाका गल्छीले गर्दा पैदल हि‘ड्नका निम्ति सुगम थियो । गुर्जाबाहेक अरू सबै गाउ‘मा जिल्ला सदरमुकामबाट एकै दिनमा पुग्न सकिन्थ्यो । यात्राको तालमेल मिलाउने हो भने जनतालाई सदरमुकामबाट घरमा पुग्न बिचमा बास बस्न पर्दैनथ्यो । होटलहरू नभए पनि गलेश्वर र वेग खोलामा रातो चिय सम्म मुस्किलले पाउन सकिन्थ्यो । पोखराबाट पर्यटकहरू हि‘डने बाटो घोरेपानी हु‘दै गएका हुनाले उनीहरूलाई लक्ष बनाएर मात्र होटलहरू बनाइएका थिए । त्यस्तो समयमा यात्रीहरूको साथी रेडियो मात्र हुन सक्थ्यो । त्यसकारण लाहुरे, शिक्षक र कर्मचारी सबैले रेडियो घन्काएर हि‘ड्दथे । सुकिला कपडा र बिनाभारी कोही पनि मानिस बिनारेडियो हिंड्ने कुरा अनौठो विषय थियो । खालि हि‘ड्दा मालेको कार्यकर्ता भनेर शङ्का गर्न सक्ने भएकाले उनीहरूकै जस्तो पोशाकमा रेडियो घन्काएर हि‘ड्दा देख्नेहरूले हामीलाई पनि लाहुरे नै ठान्थे । त्यसले परिचयलाई भूमिगत राख्न सहयोग गरेको थियो ।

 रेडियो सुन्दै एकसुरले हि‘डिरहेको समयमा बैसरीमा पुग्दा मेरो खुट्टामा केही चीज ठोक्कियो । म बालुवामा पछारिए‘ । केमा ठोक्किए‘ भनेर फर्केर हेर्दा एउटा सुन्दर र ठूलो खालको मनि व्याग देखा परयो । सायद अहिले भए त्यति छिटै त्यसलाई समात्ने थिइन होला । माओवादी र अरू सशस्त्र समूहले फालेका बमहरू यत्रतत्र पड्केको सुनिएको बेलामा म त्यसबाट भाग्थे‘ होला । त्यति बेला भने बमको कुनै सम्भावना थिएन । मैले त्यो व्याग समाते‘ । नजिकै चौतारीमा बसेर त्यसको ढोका उघारे‘ । त्यसभित्र दशहजारभन्दा केही बढी नेपाली रूपैयॉ, खुद्राखाद्री जोड्दा पॉचसय जति हङकङ डलर, हङकङमा रहेको बृटिश आर्मीको बिदा स्वीकृत भएको पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट र एउटा कपाली तमसुक आदि कागज पत्र रहेछन् । ती कागज पत्रमा व्यक्तिको नाम, ठेगाना र फोटो पनि थियो । पुन थरका मगर लाहुरेको नाम भने बिर्सियो । ठेगानामा ‘औल’ भनेर लेखिएको थियो ।

हाम्रो पार्टीको काम औलमा नभएको हुनाले त्यो कहॉ परयो मलाई थाहा भएन । त्यो सबै देखेपछि मलाई के लाग्यो भने उसको कागज पत्र महत्वपूर्ण रहेछ । ठेगाना पत्ता लगाएर बुझाउन पर्ला । सॉझ रामबहादुर बरुवालकोमा पुग्ने योजना थियो । त्यहॉ पुगेर व्याग देखाए‘ । उनले दोसल्ले डम्बर पुर्जास‘ग सल्लाह गर्न भने । पार्टी कामकै सिलसिलामा दोसल्लेमा पुगेका समयमा त्यो व्यागका सम्बन्धमा पुर्जास‘ग कुरा गरे‘ । उनले हर्कवीर पुनस‘ग सल्लाह गर्न भने । हर्कवीरको घर दोसल्लेको स्कुलबाट जङ्गलै जङ्गल आधा घन्टा उकालो हि‘डेपछि पुगिन्थ्यो । उनी पार्टीका किसान कार्यकर्ता थिए । उनले कहिले भट्ट र गुन्द्रुकको झोल र कहिले कुखुराको मासुको झोलस‘ग ढि‘डो ख्वाउ‘थे । उनको घरको भुइ‘तलामा भै‘सी, बाख्रा पाल्ने गोठ थियो भने माथिल्लो तलामा कुखुरा थुन्ने, सुत्ने र खाना पकाएर खाने गर्थे । त्यहॉ मात्र होइन म्याग्दी जिल्लाका मगर गाउ‘मा कतै पनि सामन्यतː भात खाने चलनै थिएन । बस्ने घर पनि हर्कवीरका जस्तै हुन्थे । कोदो, गहु‘, फापर, गहत, मकै जे छ त्यो सबै भुटेर पिस्ने र मिसाएर ढि‘डो पकाएर खाने आम चलन थियो । मैले त्यो ढि‘डो अति मिठो मान्थे‘ । कमजोर मान्छेले ढि‘डो पकाउन सक्तैनथे । ढि‘डोलाई बल लगाएर मस्काउनुपथ्र्याे । बल लगाउन नसक्नेले मात्र आटो पकाएर खान्थे । भात खान त दशै‘ जस्ता चाडबाडहरू कुर्नुपथ्र्याे । हर्कवीर भने ढि‘डो पकाउन सक्ने बलिया र सिपालु थिए । अहिले उनी यो दुनियाँमा छैनन् ।

म्याग्दीमा मगर जातिका जनताको बेग्लै मगर भाषा थिएन र अहिले पनि छैन । उनीहरू नेपाली भाषा नै बोल्छन् तर त्यो सुन्दा अर्कै भाषा बोले कि जस्तो सुनिन्छ र बुझ्न सारै मुस्किल हुन्छ । मगर जातिकाको मात्र होइन कोहीकोही अरू जातका जनताको नेपाली पनि बुझ्न गारो हुन्थ्यो । हर्कवीर र रामबहादुर बरुवालका पत्नीहरूले बोलेको पनि पटक्कै बुझिदैनथ्यो । पार्टी कामकै सिलसिलामा उनीस‘ग भेट भएका समयमा त्यस विषयमा सल्लाह भयो । ‘औल’ गएर व्याग बुझाउने दिन तय गरियो ।

 त्यही भेलाका सन्दर्भमा बोलानाथ म्याग्दी आएका समयमा, चार दिन अगाडि उहॉ र म हर्कवीर पुनका घरमा गयौ‘ । तिन जना भएर औल पुग्यौ‘ । औल भन्ने गाउ‘ हर्कवीरका घरबाट दुई घण्टा पैदल दूरीमा थियो । हामी रूखका पोथ्रै पोथ्रा र धाइराको झाडी भएको पाखाको गोरेटो बाटो हु‘दै मूल रूपमा तेर्साे बाटो, औल पुगेका थियौ‘ । नागरिकताको प्रमाणपत्रको नामका आधारमा घर पत्ता लगाइयो । घरमा लाहुरे रहेनछन् । उनी पोखरातिर गएका रहेछन् । घरमा उनकी बहिनी र बाआमा थिए । उनीहरू सारै खुसी भए । बाले भने

 

“छोरा सारै आत्या थो । तिमेरू त ठूलो धर्मात्मा रैच”

“म कम्युनिष्ट हु‘ । कम्युनिष्ट इमानदर हुन्चन् ।” मैले भने ।

“कॉ काउ र बाबु ?” उनले सोधे ।

“मेरो घर पोखरा हो । बाग्लुङमा मास्टर छु ।” मैले भने ।

हर्कवीर पुनले उनको परिचय दिए । बोलानाथका सम्बन्धमा पनि उनैले मिलाएर चिनापर्ची गराए । बूढा बा भित्र पसे र दही जमाउन राखेको दूधको ठेकी लिएर बाहिर आए । उनले ठूल्ठूला कचौरामा दूध खनाए । हामी तीनै जनालाई दिए । हामीले दुईदुई कचौरा मिठो, दहीको गन्ध आइनसकेको ढोडे दध पियौ‘ र डकारयौ‘ । व्याग बुझाएपछि हामी बिदा हुन खोज्यौ‘ । बूढा बाले हाम्रो बिदा स्वीकृत गर्नुभएन ।

“कॉ जाञ्चौ ? आज बस्नु पर्च”

“भो हामी जाने हो ।”

“छोरो पॉच दिन पैला गैथ्यो । आज आउनि भनिथ्यो ।तिमेरू बस् ।”

“हुन्न बा, हाम्रो काम् छ । बाग्लुङमा”

“छोरी पनि आइच्च । गाम््का तरुनीसित राति गीत गाउनी । बस् ।”

“होइन बा, हामीलाई फुर्सद छैन ।”

“आई कस्तो मन्छे रइच्च । बस्भन्दा जान्चु भन्च । मैले बस्न भनिराखिच्चु मान्दै मान्दैन ।”

बूढा बा भित्र पसे र अर्काे ठेकीमा दूध ल्याएर कचौरामा खान दिए । हामीले फेरि एकएक कचौरा दूध पियौ‘ र बिदाबादी भयौ‘ । हामी हि‘ड्न लाग्दा उनीहरू बूढा, बूढी र छोरी सबैले ऑखामा ऑसु टिल्पिल पारेका थिए । अहिले जस्तो जातीय पक्षधरताको अवस्था भएको भए उनीहरूले हामीलाई घृणा गर्थे होला र हामी पनि त्यहॉ जॉदैनथ्यौ‘ होला । अझ जातीय राज्य बनाउने कुराले सफलता पाउने हो भने जाति जातिका बिचमा काटमार हुने छ । त्यसकारण जातीय राज्यको स्थापना हुन दिनु राम्रो हु‘दैन । नेपालमा केही मात्रामा जात र जातिका आधारमा पनि शोषण र थिचोमिचो छ । त्यस्तो थिचोमिचो र शोषणबाट पछाडि परेका जात र जातिका जनतालाई मुक्त गर्नका निम्ति अरू सबै उपायहरू खोज्नुपर्छ । जहॉसम्म राज्यको कुरा हो बढीमा राज्यहरूका नाम जातिका नाममा बनाउन डराउन पर्छ जस्तो लाग्दैन । समावेशी तथा आरक्षणको व्यवस्था गर्नुपर्छ । तर, जातीय अग्राधिकार र आत्मनिर्णयको अधिकारको व्यवस्था त कुनै हालतमा पनि हुन हुन्न । अग्राधिकार र आत्मनिर्णयको अधिकार लोकतन्त्र र राष्ट्रियताको भावना विपरीत देखिन्छ । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । समावेशी र आरक्षणको व्यवस्था हुन्छ तर निश्चित जन समुदायलाई अग्राधिकार र आत्मनिर्णयको अधिकार हुन सक्तैन ।

 त्यो दिन भने उनीहरूले हामीलाई बिदा गर्न नचाहेको देखियो । हामी भने घरबाट सरासर अगाडि गयौ‘ । त्यही भीरको बाटो बैसरीमा झरयौ‘ । बैसरीबाट बेनी होइन, सॉझ पर्ने बेलामा पोखरे रामबहादुरका घरमा सम्पर्क गर्न पुग्यौ‘ । 

बैसरीबाट औल जाने बाटो एकछिन हेरेपछि हामी अगाडि बढ्यौ‘ । हामी बिहान ९ बजे बेनी पुग्यौ‘ । बेनीमा अहिले जस्तो विकास भएको थिएन । त्यहॉ ढुङ्गा छापेर निर्माण गरेको बाटाका दुईतिर गरी एकलाइन मात्र बजार थियो । अहिले बजार भएको पछाडिको भागमा अनुर्वरक बारीका ठूल्ठूला गरा थिए । पारि बेनीमा पनि एकदुई ओटा मात्र घर थिए । मोटरबाटो त हुने कुरै भएन । काली नदी तरेर पर्वत जिल्ला जाने एउटा र म्याग्दी खोला तरेर खबरातिर जाने एउटा झोलुङ्गे पुल थिए । सबै घरहरू ढुङ्गा र माटाले बनाएका थिए । सिमेन्ट, रड र कङ्क्रिटको कल्पना गर्न पनि सकि‘दैनथ्यो । हामी ९ बजे बेनी, २ बजे कुस्मा र साढे ४ बजे कार्किनेटा आइपुग्यौ‘ र मात्र आराम गरयौ‘ । बिचमा त हामी टुक्रुक्क एकपटक पनि बसेनौ । रामबहादुरकी पत्नीले दिएको सुक्खा ढि‘डो खान पनि कही‘ बसेनौ‘ । पोकाबाट झिकेर खॉदै हिड्यौं‘ ।  

कार्कीनेटा बोलानाथको घरमापुग्दा पोखरा लिएर जान भनेका कमरेड निकै आत्तिएर बस्नुभएको रहेछ । अघिल्लो दिन सॉझ आइपुग्न नसके पनि बिहान पक्का आउछन् भनेर हाम्रो निम्ति पकाएको खाना बॉकी रहेछ । हामीले त्यो खायौ‘ । एक घण्टापछि पुनः यात्रा शुरू गरयौ‘ । सॉझ ७ बजेभित्र नाउडॉडा नपुग्ने हो भने पोखरा जाने नियमित गाडी पाउन सकिदैनथ्यो । ट्रकको सुनिश्चितता थिएन । उही दिन पोखरा पुग्न नसके क.वामदेव गौतमको हुकाइ खानुपर्ने कुरा त छ‘दै थियो साथमा हामीले पोखरामा गर्नुपर्ने काम ढिलो हुनाले अर्को नोक्सानी हुन सक्थ्यो । क. विमल (वामदेव गौतम) अहिले भन्दा पनि चर्काे विवेक कम भएको सैनिक कमाण्डर जस्तो हुनुहुन्थ्यो । त्यसकारण पनि उहॉका सहयोगी भएर काम गर्ने हामी समयमा नै पुग्नुपथ्र्याे ।

ऑधी खोलाको किनारको बाटो मेरो निम्ति काली, म्याग्दी र मोदीको किनारमा हि‘डे जस्तो सुरक्षित थिएन । यो बाटोमा मलाई चिन्न सक्ने मानिसहरू प्रसस्त भेटिन्थे । त्यस्तो अवस्थामा बाटोमा अ‘ध्यारो पनि चाहिने थियो भने ७ बजे भित्र नाउडॉडा पनि पुग्नुपथ्र्याे । साढे पॉच बजेतिर सॉझ पर्ने महिना भएको हुनाले यस पक्षमा अनुकूल पनि भएको थियो ।

३० वर्षको उमेर जीवनको सबभन्दा गतिशील र ऊर्जायुक्त बन्न सक्ने उमेर भएको महसुस गरेको छु मैले । थकाइ प्रशस्त लागे पनि शारीरिक शक्ति र क्रान्तिप्रतिको समर्पणको भावनाले मलाई ऑधी खोलाको बगरमा दौडाइरहेको थियो । क.बोलानाथ उमेरमा मभन्दा २० वर्ष जतिले जेठो भए पनि शारीरिक रूपले मभन्दा कमजोर हुनु हुन्नथ्यो । अर्काे साथी त बसाइका काममा थाकेको भए पनि हि‘ड्न पाउ‘दा अति फुर्तिलो हुनुभएको थियो र अघिअघि दौडिरहनु भएको थियो । यसले गर्दा ७ बज्न भन्दा १० मिनट पहिला हामी नाउँडॉडामा पुग्यौं ।

 हामी पुगेको १५ मिनटमा बस आयो । हामीलाई त्यसले पोखरा पुरयाइदियो । पोखराको नागढुङ्गामा एउटा भूतपूर्व सैनिकका घरमा हामीले कोठा भाडामा लिएर उच्च तहको सम्पर्कस्थल बनाएका थियौ‘ । त्यहॉ क.विमलले हामीलाई पर्खिरहनुभएको थियो । उहॉस‘ग भेट भएपछि क.बोलानाथलाई त्यही‘ छाडेर हामी फेरि हि‘डेका थियौ‘ ।

बोलानाथ उपाध्याय अहिले ०३७ साल जस्तो मात्र होइन जीवित पनि हुनुहुन्न । उहाँलाई बलवान् हुँदाहँुदै क्यान्सरले समातेछ । उहॉलाई पेटको क्यान्सरले निकै दुːख दिएको रहेछ । उहाँ जीवनभर जनताका पक्षमा र सामन्तका विरोधमा उभिनुभयो । कम्युनिष्ट पार्टीको सम्पर्कमा आएपछि २०३६ सालदेखि पार्टीको नेतृत्वमा क्रान्तिको काममा सक्रिय भइरहनुभयो । उहाँले पार्टी जिल्लाकमिटीको सदस्य र अनेकिसंको केन्द्रिय सदस्य भएर पनि आन्दोलनको नेतृत्व गर्नृुभयो ।

०३७ सालका म्याग्दीका उक्त अपराधीपछि शुद्ध बनाइए । एमाले पनि भए । राजाले सत्ता कब्जा गरेका समयमा फेरि राजास‘गै गए । त्यतिबेला उनी हिंस्रक व्वाँसा थिए । अहिले मुसा पनि मार्न नसक्ने रुझेको बिरालो जस्तो भएका छन् । उनको भोजन दाता पञ्चायत ढलेपछि उनी अर्धपागल भएका थिए र हकानिएर एमालेमा प्रवेश गरेका थिए । पछि उनको आयुदाता राजतन्त्र पनि समाप्त भयो । त्यसपछि उनी सॉच्चैका पागल भएका छन् र त्यही‘ बेनीमा बसेर नखरा गरिरहेका छन् । यति हु‘दा पनि उनले पुराना दिन फर्कन्छन् कि भनेर आशा गर्न भने छोडेका छैनन् । उनका अघिपछि हि‘ड्ने बूढाहरूमध्ये केहीले अझै पनि उनको साथ छाडिसकेका छैनन् । म्याग्दीको शोषण, अन्याय, अत्याचार र दमनका विरोधमा नेकपा (माले)ले बलिदानी सङ्र्षको नेतृत्व गरेका हुनाले शोषक पक्ष अति कमजोर भयो र ०४८ सालको संसदीय निर्वाचनमा दुवै सिटमा विजयी बन्न सक्यो नेकपा । ०५१ सालमा पनि सबै सिटमा कम्युनिष्ट पार्टीकै जित भयो । पछि हिजोका शोषक,  अत्याचारी र हत्यारालाई पार्टीमा हुलेको हुनाले ०५६ सालमा सबै सिटमा हार बेहोर्नुपरेको थियो भने ०६५ को संविधान सभाको निर्वाचनमा नेकपा(माओवादी)को वर्चश्व कायम रहन गयो । अहिलेसम्म पनि नेकपाकै प्रभावमा रहेको छ म्याग्दी जिल्ला ।  

प्रकाशित: ११ मंसिर २०७७ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App