७ वैशाख २०८१ शुक्रबार
कला

आजदेखि ‘भर्च्युअल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

बुधबारदेखि  मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्च्युअल’ चलचित्र महोत्सव सुरु भएको छ।  कोरोना महामारीका कारण पूर्व निर्धारित मितिमा महोत्सव आयोजना गर्न नसकिएकोले अनलाईनको माध्ययमबाट महोत्सवको आयोजना गरिएको हो । 

महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री योगेश भट्टाईले गरेका थिए । कार्यक्रम उद्धघाटनमा बोल्दै मन्त्री भट्टराईले दृश्यको माध्यमबाट समाजको इतिहास बुझ्न र समाजको वर्तमान अवस्थालाई बुझाउन चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए।  

‘चलचित्र कुनै पनि समाजको प्रतिविम्व हो। प्रत्येक समाजको कथालाई चलचित्रले आफ्नो कथा वस्तु बनाएको हुन्छ’, उनले भने, चलचित्रले जीवन्त प्रस्तुतीको माध्यमबाट मानिसहरुलाई समाजको इतिहास बुझ्न, समाजको वर्तमान अवस्था बुझ्न चलचित्रले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।’

उनले यस्ता कार्यक्रमले समाजिक उत्पीडनमा परेका समुदायको कथा व्यथाहरुलाई प्रस्तुत गर्न र सामाजिक न्यायको पक्षमा चलचित्रको माध्यमबाट समाजमा जनाचेतना फैलाउन सहयोग पुग्ने बताए।  नेपालमा समाजिक, संस्कृतिक र प्राकृतिक रुपमा थुपै्र चलचित्र बन्ने कथाहरु भएकोले चलचित्र छायंकन गर्न र नेपाली समाजलाई उधृत गर्न यस्ता कार्यक्रमले मद्धत पुग्ने बताए।  

मानव अधिकार कुनै सिमित घेरामा मात्रै नभएर व्यपाक दायार रहेको बताउँदै राजनितिक, धर्म, संस्कृति, वर्ग, लिंग भन्दा माथि रहेकाले हुन्छ’, उनले भने , विश्व त्यसैले आज मानव समुदायले मानव अधिकारलाई साझा मुद्धाका रुपमा स्वीकार गरेका छन् सामाजिक न्यायको पक्षमा, चलचित्रको माध्यमबाट समाजमा जनाचेतना फैलाउन यस्ता कार्यक्रमले गर्ने छ भन्ने विश्वास लिएको छु ।

त्यस्तै कार्यक्रमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोभिड–१९ का कारण शून्य अवस्थामा पुगेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन यस चलचित्र महोत्सवले उर्जा थपेको बताए।  

‘अब विस्तारै भच्र्युअलबाट बाहिर निस्कने छौं। चलचित्रको गतिविधिलाई भौतिक रुपमा नै अघि बढ्न प्रयासरत छौं’, अध्यक्ष दाहलले भने, ‘यसका लागि चलचित्र विकास बोर्डले निरन्तर लागि परेको छ। यस चलचित्र महोत्सवले पनि चलचित्र क्षेत्रलाई थप चलायमन गराउन सहयोग गर्नेछ ।’  

अध्यक्ष दाहालले विकास बार्डले चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नको लागि नयाँ कार्यविधि बनाएर परित गरेको कार्यक्रममा  घोषण गरे।  

‘चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नको लागि नयाँ कार्यविधि बनाएर परित भएको छ। जसले अन्र्तराष्ट्रिय बजारमा चलचित्र उपस्थित गराउन सहज हुने छ’, उनले भने,  ‘नेपालमा चलचित्रको कथाहरु उत्खनन् हुन सकेका छैन । न्कथाहरु उत्खनन गर्नु पर्छ।  चलचित्र विकास बोर्डले कथा संग्राहलयको पनि अवधारण ल्याएको छ। यसको पनि कार्यविधि बनाएको छ ।’ चलचित्र विकास बोर्डले कथा संग्राहलयको पनि अवधारण ल्याएको छ। यसको पनि कार्यविधि बनाएको छ ।’

त्यस्तै अध्यक्ष दाहालले  विदेशी चलचित्रकर्मीलाई पनि नेपालमा चलचित्र छायंकनका लागि आमन्त्रण गर्दै चलचित्र विदेशी चलचित्र  निर्धक्क भएर छायंकन गर्न सकिने बताए । 

कार्यक्रयमा अध्यक्ष अरुणदेव जोशी, चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रयमा देश तथा विदेशका चलचित्रकर्मीहरुको समेत बाक्लो सहभागि रहेको थियो।  मंसिर १५ सम्म आयोजना गर्न लागिएको महोत्सवमा २९ देशका ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रसारण गरिने छ।  

प्रसारण हुने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रसारणका लागि छनोट गरिएको हो। यस महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एप अर्थात https://www.chalchitra.tv मार्फत प्रशारण गरिने छ । महोत्सवमा ‘एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहान्छौं’ अल्पसंख्यक। सिमान्कृत समुदाय सवालः सिनेमाको भूमिका विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्र्तक्रिया तथा छलफलसमेत गरिने छ।  

महोत्सवमा राष्ट्रिय मानव अधिकार आयोग सह– आयोजना,  चलचित्र विकास बोर्डको प्रवद्र्धन र युरोपियन युनियन, नेपालका लािग जर्मनी दूतावास, शान्तिका लागि कला, आई।ओ। एम। लगायतका  संघसंस्थाहरुको सहकार्य रहने छ।

प्रकाशित: १० मंसिर २०७७ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App