coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फाइदा

लघुकथा

ममता मृदुल 

 

बिहे भएको तीन वर्षसम्म पनि सन्तान भएको थिएन । सवारी दुर्घटनामा लोग्नेको मृत्यु भएपछि साहिलीले रक्सी पसल चलाएर गुजारा गर्न थाली ।

उसको पसलमा सधैं आउने पिताम्बरले यसपालिको चुनावमा जसरी पनि गोरे दाइलाई जिताउनुपर्छ भन्यो ।  

साहिलीले भनी, ‘गोरेलाई जिताएर मलाई के फाइदा हुन्छ !’

‘तेरो पसल निकै चल्छ । भरे गोरे दाइलाई तिम्रोमा रक्सी खान ल्याउँछु ।’पिताम्बरले भन्यो । साँझमा गोरे केटाहरू लिएर रक्सी खान आए ।

चुनावभरि साहिलीको पसलमा भिड लाग्यो । चुनावमा साहिली पनि भोट माग्न गई । गोरेलाई जिताउनुपर्छ भनेर चिनेजानेका सबैलाई भनी । चुनावभरि पिताम्बरले पनि साहिलीको पसलमा सित्तैमा रक्सी खान पाउँदा दंग परेको छ ।

गोरेले चुनाव जित्यो । गोरे मन्त्री भएको हप्ता दिनपछि साहिली पनि हराई । एक महिनापछि एउटा  कार्यक्रममा गोरेसँग साँहिली पनि टेलिभिजनमा देखापरी  

प्रकाशित: १० मंसिर २०७७ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App