ममता मृदुल
बिहे भएको तीन वर्षसम्म पनि सन्तान भएको थिएन । सवारी दुर्घटनामा लोग्नेको मृत्यु भएपछि साहिलीले रक्सी पसल चलाएर गुजारा गर्न थाली ।
उसको पसलमा सधैं आउने पिताम्बरले यसपालिको चुनावमा जसरी पनि गोरे दाइलाई जिताउनुपर्छ भन्यो ।
साहिलीले भनी, ‘गोरेलाई जिताएर मलाई के फाइदा हुन्छ !’
‘तेरो पसल निकै चल्छ । भरे गोरे दाइलाई तिम्रोमा रक्सी खान ल्याउँछु ।’पिताम्बरले भन्यो । साँझमा गोरे केटाहरू लिएर रक्सी खान आए ।
चुनावभरि साहिलीको पसलमा भिड लाग्यो । चुनावमा साहिली पनि भोट माग्न गई । गोरेलाई जिताउनुपर्छ भनेर चिनेजानेका सबैलाई भनी । चुनावभरि पिताम्बरले पनि साहिलीको पसलमा सित्तैमा रक्सी खान पाउँदा दंग परेको छ ।
गोरेले चुनाव जित्यो । गोरे मन्त्री भएको हप्ता दिनपछि साहिली पनि हराई । एक महिनापछि एउटा कार्यक्रममा गोरेसँग साँहिली पनि टेलिभिजनमा देखापरी
प्रकाशित: १० मंसिर २०७७ ०८:४९ बुधबार