८ वैशाख २०८१ शनिबार
कला

आछु..छु..छु..कस्तो जाडो ?

कविता

प्रभा भट्टराई, आचार्य  

 

आछु..छु..छु..कस्तो जाडो ? कता लुक्ने हो ?

मकलमा  फेरि  अब,  आगो फुक्ने  हो !

लुगामाथि लुगा लाउने, कति धेरै हो !

टोपी, पञ्जा, जुत्ता, मोजा सप्पै मेरै हो ?

 

आछु..छु..छु..कस्तो चिसोे ? पानी धाराको !

पानी हैन.. ! हिउँ हैन.. ! अर्कै पाराको !

नुहाऊँ कि,  फोहरी भै बसिराखूँ म ?

हैन ! हैन ! तातोपानी ठिक्क पार न !

 

आछु..छु..छु..कस्तो चिसो ? हावा चलेको ?

छैन  कतै  अँगेनोमा,  आगो बलेको ?

भान्छातिर आमा एक्लै, सघाउँछु म !

तातो–तातो पापा खाँदै, अघाउँछु म !

       ताहाचल, काठमाडौं ।

प्रकाशित: ९ मंसिर २०७७ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App