coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रभाकरको समस्या

बालकथा

वसुश्री पाण्डे 

 

सीताजंग एउटा सानो गाउँ थियो । त्यो गाउँमा सबै कुरो पाउने प्रभाकरको एउटा ठूलो पसल थियो । त्यो पसल प्रभाकरले आफ्नै घरको पहिलो तलामा चलाउँथ्यो । अर्को तलामा प्रभाकर आफ्नोपरिवारका साथ बस्ने गर्दथ्यो  । तीन छोरा, तीन बुहारी, अनि दुई नाति, श्रीमती गरी १० जनाको उसको परिवार एकैठाउँमा मिलीजुली बस्थे । छोराहरु प्रभाकरसँगै पसल सम्हाल्थे । चारपाँच जना काम गर्ने मानिसहरू उनीहरूको पसलमा सधैँ भइराख्थे ।

एकदिन चारजना मानिसहरू  एकैपटक कामको खोजी गर्दै प्रभाकरको पसलमा आए । मान्छे चाहिएकै थियो सोधीखोजी गरी तलबभत्ता कायम गरेर चारैजना मानिसलाई प्रभाकरले पसलमा राख्यो । मनोज, धिरज, राजीव र कपिल नाम गरेका ती केटाहरू दोकानमा राम्ररी काम गर्न थाले । यिनीहरूमध्ये कपिलचाहिँ छिट्टै धनी हुन चाहन्थ्यो । चाप्लुसी गर्न सिपालु भएकाले उ चाँडै नै विस्वासिलो भयो । दिन वित्दै गयो केही समयसम्म त पसलबाट सामान हराउन थालेको कसैलाई पत्तै भएन् ।   बिस्तारै –बिस्तारै केही न केही सामान हराउँदै जान थालेको शंका हुन थाले । कस्ले लान्छ भन्ने कुरा न प्रभाकरले सुइँको पाए न उसका छोराहरूले नै ।

कपिल त सबैको विश्वासिलो र प्रिय भएकाले उसलाई कसैले शंका नै गरेनन् । त्यसैले पसलमा मात्र नभई घरका कोठाचोटामा पनि जान उसलाई छुट थियो । भित्री भण्डारमा केही सामान लिन साँचोको झुप्पो दिएर पठाए प्रभाकारले । साँचोको झुप्पो हात पार्नासाथ मौका छोपेर बसेको कपिल खुसी हुँदै एक्लै भित्री भण्डारमा गयो । अनि वरिपरि राम्ररी विचार गरेर हे¥यो । त्यहाँ ठूलो सन्द्रुक देख्यो सन्द्रुकको चाबी पनि त्यही झुक्तामा भएकाले सन्द्रुक खोल्यो । सन्दु्रकमा सुनचाँदीको थुप्रा देखेर कपिल एकछिन त आत्तियो । अनि मनमनै भरे राति नै यो सामान लिएर टाप कस्छु भन्ने सोचेर हत्त न पत्त सन्दु्रकबाट झिक्दै आफ्नोकमिजभित्र लुकायो । त्यसपछि सन्दु्रक जस्ताको तस्तै साँचो लगाएर ल्याउनु भनेको सामाना लिएर पसलतिर गयो । सामान पसलमा पु¥याएर साँचोको झुक्तो समेत नदिई सामान लुकाउन पेट लाग्यो भनी कुद्दै घरमा गयो । घर पुगेर कमिजभित्र राखेका सामान एउटा कपडामा निकालेर राख्यो । ती सुनचाँदीलाई पोको पार्न आँट्दा उसले एउटा फलामको कालो टुक्रा देख्यो । त्यस्ता बहुमूल्य सामान देख्दा टिपेर फ्याँक्यो । तर, त्यो फ्याँकिएको फलामको टुक्रा फर्किएर उसको घाँटीमा सिक्री बनेर झुन्डियो । त्यो टुक्रो उसको घाँटीमा टाँसिनबित्तिकै मैले नै पसलका सामानहरू चोर्दै लुकाउँदै गरेको हो । सन्दुकमा भएका सुनचाँदी पनि मैले चोरे । अब भरे राति नै यहाँबाट भाग्छु । नपत्याए म बसेको कोठामा हेर्न जाओ त भनेर कराउँदै प्रभाकर भएकोतिर आयो । उसको यस्तो कुरा सुनेर उसको घरमा जाँचबुझ गरियो । नभन्दै उसले पहिलेजस्तै हराएका सामानहरू र सन्दुकमा राखेका सुनचाँदी घरमा रहेछन् । त्यसपछि सजाय के दिने भनेर निर्णय नहुन्जेल डोरीले हातखुट्टा बाँधेर कपिललाई कैद गरियो । कपिल धुर्त र चलाख पनि थियो । यसैले राति सबै सुतिसकेपछि उसको पहरा दिएर सुतेको राजिवलाई बोलायो र मेरो हातको यो डोली खोलिदियौ भने यो सामान म तिमीलाई दिन्छु भनेर उसले राजिवलाई लोभ्यायो । विचरा राजिव सोझो थियो । त्यतिञ्जेल आफूसँग काम गरेको साथी त्यस्तो दुष्ट छ भन्ने राजिवलाई थाहा नै भएन । त्यसैले उसको हातमा कसिएको डोरी खोलिदियो । हात खोलेपछि कपिलले राजिवको घाँटीमा त्यो सिक्री लगाइदियो । कपिल खुट्टाको डोरी खोलेर त्यहाँबाट भाग्यो । राजिव भने अब फस्यो ।  

मलाई कपिलको माया लाग्यो । हातको डोरी खोलिदिएँ । उसले मलाई यो सिक्री दिएर भाग्यो भनेर जोडजोडले कराउन थाल्यो । राजिवको आवाज सुनेर प्रभाकर आइपुगे । बाँधिएको डोरीमा कपिल थिएन । राजिवले कपिलले दिएको सिक्री प्रभाकरलाई दिँदै आफू फसेको सबै कुरा सुनायो । सिकी्रको करामत बुझेर प्रभाकरलाई अरुले आफूलाई कस्तो सोच्छन् भन्ने जान्न मन भयो । त्यसैले केही नभनी त्यो सिक्री लियो र भित्र लगेर कसैले नदेख्ने गरी राख्यो ।

एकदिन उसका विश्वसिला पात्रलाई एकएक गर्दै सिक्री लगाइदियो । सिक्री घाँटीमा पर्नासाथ एक जनाले यी साहुजीले हरेक सामानामा नाफा कमाएर हामीलाई ठगेका छन् । ”

अर्का जनाले “प्रभाकर साउजी पसलको बाहाना गरेर नराम्रो धन्ना पो गर्छन त । ”  

त्यस्तै अर्काले कस्ता चुइयाँ छन् यी साहुजी त आदि  कुराहरू यस्तै नकारात्मक मात्र सुन्नु प¥यो ।

त्यसपछि आफ्नो छोरालाई क्रमसँगै लगाइदिए । त्यो सिक्री घाँटीमा लगाउनसाथ जेठो छोराले अब बुबा कति पो बाँच्नु होला र ? बुबापछि त यो सम्पतिमा मेरै हकडक लाग्छ ।  

माइलाले खाली काम मात्र लगाउँछन् अंश दिने कुराचाहिँ गर्दैनन् । अब त जसरी भए पनि अंश छाड्दिनँ ।

कान्छा छोराले बुबाले मलाई दाजुहरूभन्दा बढी काम लगाउनुहुन्छ । आ अब त म पनि बुबाले अराएको काम गर्दिन भन्छु । दाजुहरूले चाहिँ नगर्दा हुने भन्दै आफ्नो मनको कुरा ओकले ।

बुहारीहरूले पनि नकारात्मक कुरा मात्र गरे ।

आफ्नोबूढा हड्डी घोटेर आजसम्म यिनै छोराछोरी भने हुरुक्क हुने प्रभाकरले छोराको मनको कुरा सुनेर दुखी भए । अनि अब के गर्ने भनेर चिन्ता लिँदालिँदै विरामी  हुन थाले ।

एकदिन प्रभाकरको एकजना मिल्ने साथी घुम्दै त्यहाँ आइपुगे । प्रभाकरको हालत कसरी यस्तो भयो भनेर उनका साथीले सोधे । प्रभाकरले साथीलाई सिक्री देखाउँदै आफ्नो सारा कुरा सुनाए । त्यसपछि ती  साथीले भने ‘प्रभाकर हेर अर्काको मनमा आफूलाई कस्तो सोच्छन् भन्ने जान्न खोज्दा हेर आफैलाई दुःख हुन्छ । त्यसैले यो सिक्री आफूसँग राख्दै नराख । जतिसक्दो छिटो जसरी हुन्छ आफ्नो घरबाट हटाऊ भनेर सल्लाह दिए ।

साथीको सल्लाहबमोजिम प्रभाकरले आफूसँग भएको त्यो सिक्री जस्ले लान्छ त्यसलाई उपहार समेत दिने निर्णय गरेर गाउँभरि प्रचार गरे ।

गाउँलेले  सिक्रीको करामत थाहा पाइसकेका थिए । त्यसैले जति नै उपहार दिन्छु भनेर लोभ देखाए पनि सिक्री लिन तयार भएनन् ।

के गर्ने भनेर यस्तो सल्लाह दिने मित्रकोमा गए । मित्रसँग आफ्ना सारा समस्या सुनाए । मित्रले साधारण तरीकाले केही दिनपछि तिम्रो समस्या समाधान हुन्छ । तर, तिमीले पर्खनुपर्छ भनेर आफ्नो काममा लागे । प्रभाकर असन्तोष भएर घर फर्किए ।

केही दिनपछि मित्रले एउटा मानिसलाई लिएर आए । प्रभाकर उपहार र सिक्री यो मानिसलाई देऊ भने । उनले सिक्री लगाइदिए र रुपैयाँ उपहार थिए ।

त्यो मानिस घाँटीमा सिक्री लगाउन र धेरै पैसा पाएपछि रमाएर हिँड्यो । त्यसरी हिँड्दा प्रभाकर छक्क परयो  तर उसलाई त्यो मानिस लाटो र बैरो छ भन्ने कुरा केही थाहा भएन ।  

प्रकाशित: ९ मंसिर २०७७ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App