coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बन्दी बनाएर सारा यादहरू

गजल

विकल्प सर्वहारा

  

बन्दी बनाएर सारा यादहरू, जंन्जिर बेचेको  देख्छु,

झिकेर हृदयको कुनाबाट त्यो तस्वीर बेचेको देख्छु।

 

आँसुले नै आँसुको मर्म नबुझ्ने यो स्वार्थको शहरमा,

पैसाकै लागि यहाँ  रातबिरात शरीर बेचेको देख्छु ।

 

मुर्ति पुजेर देवतालाई लत्याउने यहाँको मान्छेहरूले,

आस्थाको घर त्यो  भगवानको मन्दिर बेचेको देख्छु।

 

झूत्रो कपडाले लाज छोपेर पेटीमा रात काट्नेहरूले

हात फैलाएर सडकमा आफ्नै तक्दिर बेचेको देख्छु ।

प्रकाशित: ९ मंसिर २०७७ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App