७ वैशाख २०८१ शुक्रबार
कला

मुहार पुस्तिका

कथा

ममता मृदुल

 

 

मुहार पुस्तिकाले साथी बनाएपछि मोहित र उपमा निकै व्यस्त भए । आफ्ना मनका कुरा साटिरहे । रमाइलो वार्तालापले धेरै समय बितेको पत्तै हुँदैन । विविए चौथो वर्षको परीक्षा मोहित को सकियो । उपमा बाह्रमा पढ्दै थिइन् । यौवनको रंगमा रंगिएको सुन्दर जीवन बाच्ने रहर मौलाउँदै थियो । कुराकुरामा मोहितले उपमालाई सोध्यो तिम्रो बाबाआमा के गर्नुहुन्छ ! उपमाले हाँसेर सरकारी जागीरे हो । बुबा अधिकृत हुनुहुन्छ आमा सुब्बा हो ।  तपाईको बाबाआमा नि सोधिन् ।

मेरो बाबा इन्जिनियर नगरपालिका जागिर हो । आमाको काम छैन घरमा नै बस्नुहुन्छ । अनि तिमी बिहे गरेपछि के गर्छयौं । मोहितको प्रश्नको जवाफमा म त घर बस्न सक्दिन लोक सेवामा जाँच दिएर सरकारी जागिर खान्छु । उपमाले भनिन् ।

धेरै कुरा गरे पनि यिनीहरूको कुरा सकिदैनथ्यो । राम्राराम्रा कपडामा सजिएर मुहार पुस्तिकामा उपमाले फोटो हालिरहन्थिन् । कालिमाटी बस्ने उपमासँग प्रत्यक्ष मोहितको भेट भएको थिएन । भक्तपुर घर भएकाले होला मोहित र उपमाले भेट्ने चासो देखाएनन् । मनको दूरी नजिक भएकाले यी दुवैले घरको दूरी घटाएनन् । भिडियो कल गरेर एकअर्काको अनुहार हेरेर घन्टौ कुरा गर्थे । जीवनरूपी खुड्किलो पार गर्दै जाँदा उपमाले बाह्र पास गरिन् । प्राइभेट कलेजमा विएड पढ्न थालिन् । मोहितले बैंकको परीक्षा दिएको छ परिणाम आएको थिएन । एक दिन पुतलीसडक आउने काम थियो उपमासँग भेट्ने इच्छा गरेपछि उपमा र मोहितको भृकुटीमण्डपमा भेट भयो । दुवै जना भृकुटीमण्डपभित्र गए । दुई घण्टा गफ गरे । समय बितेको पत्तै भएन । साझमा दुवै  जना आआफ्नो घर फर्के । अब मोहित पुतलीसडकतिर आउँदा उपमासँग भेट्न थाले । मुहार पुस्तिकाबाट सुरु भएको मित्रताले प्रेमको रूप लिइसकेको छ ।  

कहिलेकाहीँ यिनीहरू गोपीकृष्णा हलमा गएर फिल्म पनि हेर्न थालेका थिए । समय बितिरहँदा मोहितको पनि नेपाल बैंकमा नाम निस्कियो। लिखितमा नाम निस्के पनि अन्तर्वार्ता बाँकी नै थियो । उपमाले लिखितमा नाम निस्केको उपलक्ष्यमा मोहितसँग पेन्ट टिसर्ट किनाइन् । मोहितले पनि किनिदिए । अन्तवार्ता पन्ध्र दिनपछि भएकाले जागिर हुन्छ हुँदैन थाहा थिएन। तैपनि आश त भैहाल्छ । बाबुआमाको एक्लो छोरा मोहितका धेरै कर्तव्य छन् । मोहितले आफूले मन पराएकी केटी कोइरालाकी छोरी हो भनेर आमालाई भनेको थियो । हामी पोखरेल कोइरालासँग बिहे गर्न हुन्छ भन्दा मोहित ढङ्ग परेको छ । घरपरिवारमा पनि उपमा को कुरा गर्दा कसैले पनि नराम्रो भनेनन् ।  

जागिर भएपछि उपमाको घरमा गएर बिहेको कुरा गर्नुपर्छ भनेर आमाले भन्दा मोहित मुस्कुराएको छन् । जवाफ दिएनन् । मोहितकी आमाले बुहारीको लागि गहना किन्न थाल्नुभयो । कानको झुम्का हातमा दुईटा बाला किन्नुभयो । एउटा भएको छोराको बिहे गर्न घुमघाम सँग गनुपर्छ मोहितको बाबा निकै उत्साहित हुनुहुन्थ्यो । छोराले मनपरीकी बुहारी घर आउने भएपछि सबै खुसी थिए । मोहितले उपमालाई भनेकै थिएनन् । जागिर भएपछि भन्छु सोचेका थिए । आखिरमा त्यो खुसीको पल पनि आयो मोहितको नाम निस्कियो । घरमा सबै खुसी भए । मोहितले उपमालाई सुनाए। पछि मलाई अब के दिनुहुन्छ भनिन् । जे मन लागेको छ माग भने । उपमाले धेरै बेर नसोची भनिन् ल्यापटप किनिदिने हो । मलाई अहिले खाँचो त्यसैको छ ।

चार बजे पुतलीसडकमा भेटौला भनेर फोन राखे । मोहितले आमासँग पचास हजार मागे । आमाले छोराले बैंकमा नाम निकालेको खुसी भएर चेक दिनुभयो । सिद्धार्थ बैंकमा गएर चेक साटे । पुतलीसडकबाट उत्तरपट्टि मेगाटेकमा गएर छयालिस हजारको ल्यापटप किने । मेगाटेक एक तल्लामाथि छ भ¥याङ ओर्लदै उपमालाई फोन गरे । उपमाले बागबजार पिके कलेज अगाडि छु भनिन् उपमा त्यही बस म नजिकै छु भनेर मोहितले फोन काटे । उपमालाई ल्यापटप दिँदा दुवै जना खुसी थिए । खाजा खाऊँ भन्दा उपमाले अर्को दिन खाने आज हतार छ भनिन् । मोहितले पनि हुन्छ भोलि भेटौला भनेर छुट्टिए ।  

उपमा सँग छुट्टिएपछि मोहित बसपार्कतिर जाँदै थिए कलेजको साथी प्रकाशसँगै जम्काभेट भयो । प्रकाशसँगको भेटमा मोहित खुसी भए । दुवै जना गफ गर्दै अगाडि बढे । बंैैकमा जागिर भएको सुनाए । प्रकाशको डेरा टेकुमा छ । त्यसैले प्रकाशले जिद्धी गरेपछि प्रकाशकोमा जान कलंकी जाने टयाम्पो चढे । टेकु पुगेपछि ओर्लन लागेका कालिमाटी गएर आउने राजेशलाई पनि बोलाउने भनेर प्रकाशले भनेपछि मोहितले हुन्छ भने कालिमाटीमा दुवै जना राजेशको डेरामा गए । राजेश कोठामा नै थिए । तिन जना कलेजका साथीको धेरै दिनपछि भेट भएको थियो । मोहितले बैंक नाम निकालेको खुसीमा भट्टीपसल गएर वियर भुटन खाने भनेर राजेशले भन्दा मोहितले नाइँ भनेन । मेरी केटी साथीको भट्टी पसल छ । त्यही जाउ राजेशको केटी साथी पनि हेर्ने खाजा पनि खाने सल्लाहअनुसार तिनै जना हिंडे ।

कालीमाटीबाट भित्रपट्टि गल्लीबाट राजेशले भित्र लिएर गए । तिनै जना एउटा टेवलमा बसे । पसलमा साहुजी थिए ।  तिन प्रेट भुटन भटमास चिउरा सलादसँग वियर मगाए । साहुले भाटमास चिउरा सलाद राखेपछि वियर रखो र भित्र बसेकी केटीलाई बोलाए । ए सानी भुटन तयार ग।िदेऊ त । म पानी लिएर आउँछु । भित्रबाट सानी आएर भुटन बनाइन् । तिनवटा भाग लिएर आइन् । राजेशले तिनीको हात समाएपछि मोहितले सानीको अनुहार हेरे । छक्क परे सानीले पनि मोहितको अनुहार हेरिन् ।  राजेशले समातेका हात झड्काएर भित्र पसिन् । राजेशले छक्क पर्दै भन्यो – हैन ओ सानी किन आज मेरो साथीको अगाडि नखारा देखाएकी भन त मैले झन् तिमीलाई देखाउन मेरो साथी ल्याएको छिट्टो बाहिर आउन ।  

मोहितले जुरुक्क उठदै भने–  सरी यार मैले त भुसुक्कै बिर्सेको । आज मेरो आमाको जन्म दिन हो, माफ गर ल । ल लेऊ यो हजार यसको खाऊ ल । म हिँडे भनेर हजार रुपैया राजेशको हातमा राखेर बाहिर निस्के ।  मोहितलाई आफूदेखि नै झोक चलेको छ मान्छे चिन्नु जान्नु छैन । केही क्षण रमाइलो कुरा गरेर झुक्याउँदा समेत मान्छे चिन्न नसक्नुको पीडाले भित्रभित्रै जलेको छन् । अब घरमा के भन्ने अब एमविए गर्छु बिहे गर्दिन । भन्छु मनमनै अठोट गरे ।

कालिमाटी टयाक्सी चढेर घर आए । सरासर आफ्नो कोठमा पसे । मुहार पुस्तिका खोले उपमा पोखरेल नामलाई कालो सूचीमा राखेपछि मनमनै भने – आजबाट म अपरिचित व्यक्तिलाई साथी बनाउँदिनँ । झूटो बोलेर साथी बनाउने यो मुहार मुस्तिकालाई सधैंका लागि बिदा भनेर ल्यापटप बन्द गरे ।  

प्रकाशित: ७ मंसिर २०७७ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App