१३ मंसिर २०७७ शनिबार
कला

लागुऔषध अभियोगमा भारतका चर्चित हास्य कलाकार भारती सिंहको दम्पति नै पक्राउ

भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छापा मारेको छ। एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग-अलग स्थानमा छापा मारेको हो।  

उनीहरुको घरबाट केही मात्रामा शंकास्पद औषधि पनि बरामद गरेको छ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले मादक पदार्थको सेवन बारे पूछताछ गर्न हिरासतमा लिएको छ। उनले भारती र उनका पति दुबैलाई थप सोधपुछका लागि जोनल कार्यालयमा लिएका गएका छन्।  

यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको थियो।

लागुऔषध दुरूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ समेत गरेको थियो।  

झन्डै एक महिना हिरासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो। 

प्रकाशित: ६ मंसिर २०७७ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App