६ वैशाख २०८१ बिहीबार
कला

हरियाको खुशी

लघुकथा

ऋषि तिवारी 'लखन्तरे' 

 

एकाएक उही हाम्रो छिमेकी हरिया रिक्सा ठेलामा तरकारी लिएर बाटामा हिँड्दै थियो । म भने मर्निङवाकदेखि घर फर्किदै  थिएँ । घर नजिकै पुग्नै लाग्दा हरिया तराजुमा तरकारी जोख्तै थियो । त्यहां अरू छिमेकीहरू पनि थिए । मास्क लगाएर दूरी कायम गर्दै तरकारी किनेबेच गर्दै थिए ।

म पनि हरियाछेउ पुगें । उसले मलाई देख्यो । पहिले त अभिवादन गर्यो – भैयाजी प्रणाम । अर्थात् दाजु नमस्कार !’

मैंले पनि सम्बोधन गरे, – प्रणाम, हरिया कि हँ हालखबर । ठिकै बा नि  अर्थात, के छ हरिया हालखबर । ठिकै छ नि ।’

उसले सकारात्मक शब्द बोल्यो, ‘ठिकै छ दाजु ।’  

ऊ घरी नेपाली  घरी आफ्नो  मधेसी भाषा प्रयोग गरथ्यो । जे भए पनि ऊ नेपालीपनको नेपाली थियो ।

– हरिया के हँ यी छोटकी छोरी  अर्थात् लु हरिया को हो यिनी सानी केटी !’

उसले मुस्कुराउँदै भन्यो,  ‘दाजु, छोराछोरी पाउन मैले मन्दिरमा धेरै बलि दिएको थिए । भगवानले सुनेन। तपाईंले एउटा शिक्षा दिनुभएको थियो, बलि रोकेर, डाक्टरलाई चेक गराउनु टेस्ट बेबी भन्नुहुन्थ्यो नि , त्यही टेस्ट बेबी हो मेरो यो सानो छोरी । आज दुई वर्षकी भैसकी  मेरो टेस्ट बेबी ।

मैंले टपक्कै उसको भाषा लिपी गरे अनि भने, ‘देख्ली हरिया आइकलके जमानामे जेनाके भि ध्यापुत्ताके जनम हौते । वैज्ञानिक युग चलल छ बहुत बड्का संसारमे। भगवानके द्वार पर बलि रोकल हम खुश हो गइल । अर्थात् देख्यौ हरिया, आजकलको जमानामा जसरी नि बालबच्चा हुन्छ । यो ठूलो संसारमा वैज्ञानिक युग चलेको छ । भगवानको ढोकामा बलि रोक्यौ मलाई खुशी लागेको छ ।’

ऊ हाँस्यो र तरकारी भएको रिक्सा ठेला अघि बढाउँदै कराउँदैछ, ‘ए आलु, कोपी, भान्टा, गाँजर, मुला...!

प्रकाशित: १५ कार्तिक २०७७ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App