coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आशीर्वाद

कविता

क्याप्शन

 अप्सरा भट्टराई

 

माया दिएर त हेर , ती बाबाआमाहरूलाई  

आफूलाई भन्दा  पनि धेरै माया गर्नेहरूलाई ।

छाडिदेऊ पछ्याउन ,पीडा दिने पाइलाहरूलाई  

भावनासंग खेलवाड गर्ने ती स्वार्थी साथहरूलाई।

थोरै कमाऊँ, बाँडीचुँडी  खाऊँ , आनन्दले  रमाऊँ,

यति सुन्दर पाएको जीवनलाई व्यर्थ  मरुभूमि नबनाऊ।

छाडिदेऊ पछ्याउन, ती मर्म नबुझ्ने अबुझहरूलाई

जीवनसँग खेलवाड गर्ने, ती मतलबी  साथहरूलाई ।

देखेर मात्रै  थाहा हुन्न ,जीवन भोग्नेका  पीडा

हार नमानी चाल पाइलाहरु,सही बाटोमा हिंड ।

छाडिदेउ पछ्याउन , भावनासंग खेलवाड गर्नेहरूलाई

हृदयमा आघात पुर्याउने, ती दुष्ट आत्माहरूलाई ।

माया गरेर त हेर ती आशीर्वाद दिने हातहरूलाई  

आफूलाई  भन्दा पनि  धेरै , माया गर्ने साथहरूलाई।

छाडिदेउ पछ्याउन , ती हृदयको मर्म नबुझ्नेहरूलाई

जीवनसंग खेलबाड गर्ने, ती मतलबी साथहरूलाई ।

माया गरेर त हेर अनुहार देख्दै भाव बुझ्नेहरूलाई

त्यो दुखाइमा मलम लगाउने ती पवित्र हातहरूलाई 

छाडिदेऊ पछ्याउन,  ती झुठो तारीफ गर्नेहरूलाई

धन,  रूप , प्रतिष्ठाको मोहमा पर्ने  धोकेबाजहरूलाई।

माया दिएर त हेर , ती आशीर्वाद  दिने हातहरूलाई  

आफूलाई  भन्दा पनि धेरै  माया गर्ने साथहरूलाई।

छाडिदेउ पछ्याउन ती मर्म  नबुझ्ने अबुझहरूलाई

जीवनसंग खेलवाड गर्ने ती मतलबी साथहरूलाई ।

प्रकाशित: ६ कार्तिक २०७७ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App