coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एक अर्काका दृष्टि सार्वजनिक

'एक अर्काका दृष्टि, दुई व्यक्तिका कृति' नामक पुस्तक सार्वजनिक भएको छ। एउटाको कृतिमाथि अर्काेले र अर्काेको कृतिमाथि अर्काेले समिक्षा गरिएको पुस्तक 'एक अर्काका दृष्टि दुई व्यक्तिका कृति' प्रकाशित भएको हो।  

पुस्तकमा डा. इन्दुल केसीका कृतिमाथि पदम दाहालले र पदम दाहालको कृतिमाथि डा. इन्दुल केसीले समिक्षा गरेका छन्। पुस्तकमा डा. केसीले दाहालको बादलका तरेलीहरु कविता संग्रहमाथि र दाहालले डा. केसीको भुईचालो कविता संग्रहमाथि समिक्षा गरेका छन्। पुस्तकको पहिलो खण्डमा डा. केसीले दाहालका कृतिहरुमाथि समिक्षात्मक विश्लेषण र दोश्रो खण्डमा दाहालले डा. केसीको कृतिमाथि समिक्षात्मक विश्लेषण गरेका छन्। लेखकद्धयले यस किसिमको साहित्यिक सिर्जनाको परम्परा यसअघि नभएको दावी गरेका छन्। पुस्तकका दुवैजनाको आआफ्नो परिचय पनि छापिएका छन्।  

पुस्तकमा प्राञ्जल नेपालका उपाध्यक्ष जीवनाथ अधिकारी, पशुपतिमान पःमाँ, शव्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले फरक धारको पुस्तक भन्दै प्रशंसा गरेका छन्।  

पुस्तक ४८ पृष्ठको रहेको छ। पुस्तकको प्रकाशक शब्दयात्रा प्रकाशन अक्षरधाम, नीलकण्ठेश्वर बनेपा ६ काभ्रे रहेको छ। पुस्तकको मूल्य एक सय रुपैयाँं तोकिएको छ।

प्रकाशित: ६ कार्तिक २०७७ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App