८ वैशाख २०८१ शनिबार
कला

जवानीको रङ

कथा

 

उसासँगको प्रेम बिछोडपछि अशोक पागल भयो ।

अशोक प्रायजसो घोरिएर बसिरहन्थ्यो । लामालामा दाह्री, लामालामा जिङ्ग्रिङ्ङ परेको कपाल, फोहरी, मैलो र च्यातिएको कपडा उसका दैनिकी पोशाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिंड्थ्यो भने कहिले नाङ्गै पाउ हिंड्थ्यो ऊ ।

यसरी नाङ्गै पाउ हिंड्दा ठेस लागेर रगताम्मे भएका खुट्टाका औंलाहरूमा झिँगाा भन्किएर बस्थे । सडकको कुनै पेटीमा बसेर झिँगा धपाई बस्थ्यो त कहिले खोन्च्याङ्खोन्च्याङ् गर्दै एकोहोरो हिंडिरहेको भेटिन्थ्यो उसलाई ।

घरीघरी आकाशतिर फर्केर हातको औंला भाच्दै एक, दुई र तीन गरी मनमनै गन्थ्यो अशोक । खै के गन्थ्यो कुन्नि ऊ आकाशतिर फर्केर ।

कोही केटी देख्नै हुँदैनथ्यो उसले  उसा, काँ गाथ्यो मलाई छाडेर । आऊ हिंड घर  भन्दै च्याप्पै नारी समाउन गैहाल्थ्यो ऊ ।

अशोक जुनसुकै केटीलाई पनि आफ्नै उषा देख्थ्यो । त्यसैले, भर्खरकी युवती केटीहरू ऊ आइरहेको बाटो छाडी परपर भएर हिंड्थिन् ऊदेखि डराएर ।

अशोकको मस्तिष्कमा आफू र उषामाथि भएको घटनाको दृश्य बारम्बार ताजा भएर आइरहन्थ्यो । अशोक फेरि उही घटना सिनेमाको दृश्यझैं सम्झिन्थ्यो –

घटनाको दृश्य  

सिलौटामा मसला पिसिरहेकी एक्कासि भान्साघरबाट छसातजना महिलाहरूले उषाको चुल्ठो बाबियोझैं समाती घिसार्दै बाहिर आँगनमा ल्याएर भकुरेर नीलडामे र रगताम्मे पारे । जुल्फे र मुन्द्रे केटाहरूले पनि अशोकलाई भकुर्नु भकुरेर बेहोस बनाए ।

मुन्द्रे र जुल्फे केटाहरू यसो भन्दै कुट्दै थिए, ‘साला ऐ होइन तेरो, गरिखाने हतियार । ऐ, केटा हो फोर् यसको अण्डा ।’

गुण्डाहरूको बुटको प्रहारले अण्डामा लागेको चोटको झस्काले सपनीझैं झल्याँस्स झस्किन्थ्यो अशोक अतीतका दृश्यहरूबाट ।

पुनः उही पुरानै नोस्टाल्जिक् दृश्यमा डुब्थ्यो अशोक –

आँगनको बीचको मियो समाती उषाले आफूलाई कम्ती बचाउन कोसिस गरेकी होइन ती दुष्ट महिलाहरूबाट ।

अझै, उषाकै आफ्नो जेठो मामाले लात्तैलात्तले भकुर्दा उषा लाचार भई नयनबाट तरर आँसु झार्दै बिलौना गर्दै भन्थी, ‘अशोक मलाई बचाऊ न । अशोक मलाई बचाऊ न । मलाई मार्न लाग्यो कुटेर । तिमीसँग छुट्टिएर कसरी बाँच्नू म ।’

अशोक पनि विवश थिए । नीलडामे र रगताम्मे भएका थिए ऊ पनि । बेलाबेलामा अशोक पनि घिस्रीघिस्री उषा–उषा भन्थे ।

उसाले पनि फर्कीफर्की अशोक, अशोक भन्दा कम्ती माया लागेर आउँदैन थे रमिता हेर्नेहरूलाई पनि ।

हेर्दाहेर्दै उषालाई चितुवाले बाख्रा घिसारेझैं घिसार्दै लगे । ऊबाट उषा टाढाटाढा हुँदै गई । ऊ फर्कीफर्की लतारिएको शिर उठाउँदै भन्दै थिई, ‘अशोक, अशोक, अशोकलाई केही नगर । अशोकलाई केही नगर ।’

ऊ  अपाइच् भएर रगताम्मे भएर हेरिरहे, हेरिरहे उसालाई चितुवाले बाख्रालाईझैं घिसार्दै लगिरहेका दृश्य ।

अशोकको परेलीहरू हुँदै बगेका आँसुका छालहरूले उसको नयनहरू जसरी धमिलो हुँदै गए, त्यसै गरी उषा पनि उसका नयनहरूबाट ओझेल हुँदै गई ।

अशोक केही गर्न सक्दैन थियो र उसको वश पनि चल्दैन थियो । पहाड्झैं उभिईरह्यो ऊ बेजान भएर । अविरल आँसु झर्नाझैं बगिरहे अशोकको आँखाबाट ।

‘फोर् यसको अण्डा, यो सम्वाद र अण्डामा लागेको चोटको झट्काले अशोक फेरि नराम्रो गरी झस्किन्थ्यो ।

त्यसरी नै ऐना टुक्रिएझैं उसा अशोकको मुटुदेखि टुक्रिदै गई । ऊ आधा मुटुलिएर बाँच्न थाले । उसा पनि उसैगरी अशोकसँग टुक्रिएको आधा मुटु लिएर उतै बाले बिहे तय गरेको केटासँग घरजम गरी दिनहरू काट्न थाली ।

यसरी बिहे गराउँदा उषाकी बाले निकम्मा कामै नलाग्ने जडिया रोगी केटालाई आफ्नै घमण्डको कारणले आफ्नो तीन बिघा खेत दिएर बिहे गराएका थिए । बेखबर भई उषा ऊदेखि यसरी । माइती कहिल्यै आउँदै आइनन् ।

एकदिन अशोकले नराम्रो सपना देखेको दृश्य फेरि सम्झियो –

एकदिन कताकता अँध्यारो सुरुङ हुँदै बिलकुलै कठिनसित नीलडामे आँखा, फुकेको मैलो कपाल अनि हातमा चाँदीको डब्बामा सिन्दूर बोकी अशोकनिर आई र भनी, ‘अशोक,मलाई सिन्दूर हाली आफ्नो बनाऊन ।’

अशोकले पनि उषालाई नै पर्खिरहेकी कनसुत्लोझैं देखिने सफा सिउँदोमा सिन्दूर हाली आफ्नो बनाए । फूलैफूलले सजिएको पलङमा सुती सुहागरात मनाए । फेरि कता हो कता जङ्गलको लामो नि लामो सिङ भएको कालो अर्नाले उनीहरू दुवै जनालाई लखेट्न थाल्यो ।

अशोक एकातिर र उषा एकातिर भागी । कता हो कता उत्तरतिरबाट उर्लेर आएको धमिलो खोलाले उषालाई अशोककै आँखाको सामुन्ने बगायो ।

बग्दै गरेकी उषा अशोकलाई हेर्दै चिच्याइरही– चिच्याइरही । ऊ डुङ्गाजस्तै बाढीमा माथिमाथि बग्दै थिई । अशोक उषालाई बाढीबाट निकाल्न भनेर उसको हात समाउन गयो । फेरि कताबाट हो,  लामालामा दाह्रा भएका बँदेल देखा परयो र खेद्न थाल्यो अशोकलाई ।

ऊ भाग्दै गयो । बँदेलले लेखेट्दै छ उसलाई , भेट्टाउला भेट्टाउलाजस्तो गरी । कता हो कता बाटो नै नभएको पहाडहरूमा भाग्दै थिए ऊ । भाग्दाभाग्दै बँदेललाई छल्न हामफाल्यो पहाडबाटै उसले ।

हाम्फाल्दा सिरिङ्ग भएर बिउँझे अशोक सपनीबाट ।

यी सबै होसै उडाउने दृश्यहरू अशोकले बिउँझिदा देखेको थिएन । फगत सपनी थियो उसका लागि त्यो । सपनीमा त्यस्तो भयानक होस उडाउने दृश्य देख्दा डराइरहेको थियो ऊ ।

असीनपसीन भएको पाए उसले आफूलाई । कसोकसो आफ्नो गुप्ताङ्गमा हात पर्दा पो उसले आफूलाई वीर्यले लपक्कै भिजेको पाए अण्डर्बियर ।

ब्ल्याक्बोर्डको चकले लेखेको अक्षरहरू डस्टरले मेटाएझैं त्यत्ति सजिलो कहाँ थियो र अशोकका अतीतहरू मेटाउनलाई ।

उसाका बाआमा सम्पन्न परिवारका थिए भने अशोकका बाआमा साधारण थिए । पहिलेदेखि नै उषा र अशोकका बाआमाका सम्बन्ध त्यत्ति राम्रो थिएनन् । उनीहरू आआफ्नै पर्दथिए । हाडको नाता भने थिएनन् उनीहरूका बीच ।

उषाका बा चलाक अनि धूर्त थिए भने उषाकी आमा नरवती निकै धनाढ्यकी छोरी थिइन् । त्यसैले पनि उनको फुर्तीफार्ती अलि बढी नै थिए गाउँमा ।

यसै पनि वीरबहादुर केसी भनेपछि मान्छे अलि हिच्किचिन्थे । गाउँमा पनि प्रशस्तै जग्गाजमीन भएका । शहरबजारमा पनि नेताहरूलाई पैसाले सहयोग गर्ने गर्थे ।

त्यै भएर उसको राजनीति पकड पनि बलियो थियो । नेताहरू पनि प्रायजसो आइरहन्थे वीरबहादुरको घरमा ।

बिचरा अशोकको बा नरबहादुर केसी एक साधारण किसान थिए । उनी सोझासाझा अनि खेतीबारी जोती आफ्नो गुजारा चलाउँथे । सिचाई थिएन उनका खेतहरूमा लाग्ने । आकाशको भर, पानी परेको साल ठिकठिकै उब्जा हुन्थ्यो । पानी नपरेको साल उब्जा हुँदैन थ्यो र धौधौ हुन्थ्यो आफ्नो परिवार धान्नलाई पनि उनलाई ।

तर उनी कसैसँग हात पसार्न भने जान्दैनन् थिए । जस्तो जे छ, आफ्नै हिसाबले चल्थे उनी गाउँमा । घाँटी हेरी हाड निल्नुपर्छ भन्ने कुरा उनी राम्ररी जान्दथे ।

दुईभाइ छोरा र एक छोरीकी बाउ थिए उनी , नरबहादुर  । जेठी छोरी पहिले नै बिहे गरी दिइसकेका थिए बजारमा ।

छोरी राम्री भएकीले गतिलै घरबाट माग्न आएका थिए । जेठो छोराको पनि बिहे भैसकेको थियो । उनका अशोक माहिलो छोरो थियो ।अशोकले फेरि स्कूलका दिनहरू सम्झियो –

अशोक पढ्नमा साह्रै जेहेनदार थियो र हेर्नमा पनि राम्रा एकदमै हिस्सी परेको थियो । ऊ सबैसँग मिल्दथ्यो । ऊ पढ्दा जहिल्यै प्रथम भएर आउँथ्यो ।

शालीन र शान्त स्वभावको थियो ऊ । झट्टै कसैसँग हेलमेल् भने भैनहाल्ने स्वभावका थियो ऊ । केटीहरूसँग भने धेरै नै लजाउँथ्यो ऊ । केटीहरूले बोलाइहाल्यो भने बोलिदिने नभए ऊ आफै केटीलाई बोलाएर नजिक हुनु भने कहिल्यै जान्दैन थ्यो ऊ ।

यही स्वभावका कारणले पनि प्रायजसो सबैका प्यारा हुन्थ्यो ऊ । केटीहरू तँछाडमछाड गर्थे अशोकसँग नजिक हुनलाई । केके बहानाहरू बनाई आउँथे ऊ नजिक केटीहरू ।

कहिले हिसाब सिक्ने बहानामा त कहिले ड्रवाइङ् गरिदिनू भनी बहाना बनाएर आउँथे केटीहरू ऊनजिक ।

यसरी, अरू केटीहरू आफूले मन पराएको मान्छे अशोकसँग नजिकिँएको मन पर्दैन थियो उषालाई ।

अशोक ड्र्वाइङ् गर्नमा पनि खप्पिस थिए । ऊ जस्तोसुकै जनावरहरूको चित्र पनि बनाइहाल्थ्यो । मान्छेको पनि दुरूस्तै तस्वीर बनाउन जान्दथियो ऊ ।

कहिले केटासाथीहरू तस्वीर बनाइदिनू भनेर फोटो छाड्थे त कहिले केटीहरू पनि आफ्नो फोटो बनाइदिनू भनी  धुरुक्कै पार्थे दुःख दिएर उसलाई ।

तर उषा भने अलि फरक थिई । ऊ अरूले जस्तोगरी दुःख दिदैन थिई अशोकलाई । भित्रभित्र कसरी अशोकले आफूलाई मनपराउला भनी युक्ति सोंचिरहन्थी ऊ ।

उषा अशोकजतिको सुन्दर नभए तापनि सिल्की कपाल, गहुँगोरो, ठिक्ककी ज्यान्, झन्डै ५२ उचाइ भएकी हिप चौडा अनि मझ्यौला खालको भोगटझैं पोटिलो वक्षस्थल उसको एक छुट्टै आकर्षण थियो । श्रृङ्गार भने खासै गर्न रुचाउँदैन थिई उनी । अधरमा साइनिङ् लिपिस्टिक र नयनी गाजली भएर बस्न मन पराउँथी ऊ ।

उषा र अशोकको सामीप्य स्कूल निमाविदेखि बढ्दै गएको थियो । निमावि पास भैसकेपछि पनि उनीहरू गौशाला बजारको हाइस्कूलमा सँगसँगै पढ्न  जान्थे ।

उनीहरू यतिखेर १० कक्षामा अध्यन गरिरहेका थिए । हाइस्कूल गाउँदेखि करिब ७ किलोमिटर टाढा पर्थ्यो उनीहरू पढ्ने हाइस्कूल । उनीहरू हिंडेर जान्थे हाइस्कूल तर साथ भने कहिल्यै छुट्दैनथे उनीहरूका ।

हाइस्कूल जाँदा उनीहरू प्रायजसो गोरेटोबाटो प्रयोग गर्थे । त्यो गोरेटो बाटो नै झन्डै आधा घण्टाजति लाग्थ्यो उनीहरूलाई पार गर्नलाई  अनि बल्ल पो अर्को गाउँको ठूलो फराकिलो ग्र्याबल मोटर हिंड्ने सडक भेटिन्थ्यो ।

त्यहाँबाट पनि झन्डै आधाघण्टा लाग्थ्यो हाइस्कूल पुग्न उनीहरूलाई । उनीहरू फराकिलो ग्र्याबल सडक आइपुगेपछि भने अलगअलग भएर छुट्टिएर हिंड्थे, ताकि कसैले लख नकाटोस् भनेर  अनि एकर्कामा नचिनेझैं गरी हिंड्थे नबोलीकन स्कूल नपुगुन्जेल ।

तर वरपरका उखुबारीमा घाँस काट्न जाने चिनेजानेका बूढीहरू उनीहरूका पछाडि यसरी कुरा काट्थे –

– लौ सकिएछ । लोप परेच, यिनीहरूका । हैन, केटा त कलिलै पो देख्चु त । केटी छिप्पिएकी रैचे । केटीले पो सिकाएजस्तो छ, लोप अर्नलाई ।

अर्कोले भन्थी, ‘हैन, यो चितुवा लुक्ने जङ्गलजस्तो उखुको घनघोर घारीमा एकेक घण्टा हराउँदा रैचन् केटाकेटीहरू । केके अर्दो हो, अर्दो हो । कसैकसैले त सुतेकै पनि देखेरे भन्चन् । आफूले देख्या होइन बरै । नदेख्या कुरो, आ जेसुकैहोस् ।’

फेरि अर्कीले थप्थी, ‘आ काखमा सुतेकी त कत्तिले देखे रे  भन्चन् । केटी नै उस्ती रैचे, कैनभाकी ।’

– केटा त बिचरा सोझा रैचन् । केटी नै पो पात्तिएकी रैचे नि हौ । केटा नमान्दा त जब्बरजस्ती तानेर लग्ने रे उखुबारीतिर । घाँस अर्न आउँदा देखेकी रे माईली घर्तिनीले पनि । छ्या, मर्न नसकेकी नकचरी ।

फेरि अर्कीले थप्थी, ‘कुन दिन भाँडभैलो हुन्च, त्यो कार्की गाउँमा । वीरबहादुरले था पायो भने, बिचरा सोझा नरबहादुरको बासै उठ्चन् भाइ, बासै ।’

फेरि अर्कीले थप्थी, ‘वीरबहादुरको बुद्धि नभाकै हो । छिप्पेकी छोरीलाई कुमारी राखेर छोराको बिहे अराउन के हत्तार भा हो कुन्नि ।’

– दाजुभाउजूकै कोठा छेउमै छन् रे, उनको पनि कोठा ।

– होलाहोला । रातभरि  खाट बजेकी सुन्दी हो ।

– अमिलो देखेसी मुखमा पानी किन नआओस् ।

– मुखमा मात्रै आए हुन्थ्यो नि, काँकाँ आउँच आउँच पानी ।

यसरी नै, उनीहरूको पछाडि कुरा काटेर मजाकको  बेलुन उडाइरहन्थे हावामा त्यो गाउँकी पात्तिएकी बूढीहरू ।

उसा यसै पनि पढ्नमा कमजोर थिई । खासगरी म्याथ र इङ्लिसमा निकै कमजोर थिई ऊ । त्यसैले पनि म्याथ मनाउने बहानामा उसा अशोकको घर आइरहने गर्थी । अनि अशोकले सकेको र जानेको मदत् गरिदिन्थे उसालाई ।

उषालाई कुनै रोकटोक थिएन, उसको घरबाट अशोक घर आउनलाई । यसै पनि, उसाको घर र अशोक घर डगर वारिपारि थियो ।

गाउँमा सबैलाई थाहा थियो, अशोक पढ्नमा एक जेहेनदार विद्यार्थी हो भनेर । यो कुरा उषाको बाआमालाई पनि थाहा थियो ।

त्यसैले, उसा म्याथ  सिक्न जाने बहानामा घरबाट आमालाई भनेर आउने गर्थी । ऊ घण्टौं बिताएर जाने गर्थी । यसरी घण्टौं बिताएर जाने क्रममा उषाले आफ्नो जवानीको आगो निभाएर  जाने गर्थी अशोकसँग ।

अशोक पनि बाध्य हुन्थ्यो र उषाकी तिर्खा मेटाउनमा मदत् गर्ने गर्थ्यो । अगेनाछेउको सिसीमा राखेको नौनी घिउ न हो, नपग्ली रहन कहाँ सक्थ्यो र अशोक पनि ।

उसाले आफ्नो दाजुभाउजू सुतेको कुरा प्रायजसो अशोकलाई सबै सुनाउने गर्थी, ‘ हेर न, अशोक, मेरो दाजु त अति नै गर्छ । रातभरि घोडा चढ्छ भाउजूमाथि । आ... र उ.. गर्छ ।’

म त सप्पै थाहा पाउँछु । मलाई त निद्रै लाग्दैन । क्या टेन्सन भएर आइसक्यो मलाई त  अनि म तिमीलाई सम्झिन्छु । तिमी त त्यस्तो छैनौ है । छ्या , तिमी त स्लो छौ स्लो । साँच्चै स्लो । केटा मान्छे त यति स्लो हुनु राम्रो होइन नि है ।

यसरी नै, उसा उत्तेजित हुने कुराहरू सुनाएर, अशोकलाई उत्तेजित् गराई झ्याप्पै अँगाल्थी र उसको प्राइभेट पार्ट्स सुम्सुमाउन थाल्थी र अशोकलाई तताउँथी र आफ्नो मतलबको गरम हतौडा हान्न लगाउँथी ऊमाथि ।

अशोक वाक्क भैसकेको थियो । उषाकी यस्तो हरकतहरूदेखि ।

यसरी उषा अशोकसँग म्याथ सिक्न आएका कुरा अशोकको बाआमालाई पटक्कै मन परिरहेका थिएनन् । कति चोटि पछि हुन आउने संकटबारे उसका बाआमाले अशोकलाई सम्झाइसकेका थिए ।

अशोक पनि यी कुरादेखि डराउँथे र सम्झाउँथ्यो उषालाई । तर उषा एउटा कानले सुन्थी र अर्को  कानले उडाउँथी ।

ऊ पढाइ पनि गर्थी र जिब्रोले स्वादलिएजस्तै गरी आफ्ना शारीरिक यौन स्वाद लिएर फर्कने गर्थी र भन्थी, ‘अशोक किन तिमी संसारकै यति प्यारो लाग्छ मलाई । जब तिमी मलाई छुन्छौ तब उसा हुनुको बोध हुन्छ । जब म आफू अस्तित्व हुनुको अनुभूति गर्छु । तब कताकता भित्र मनैदेखि कामवासनाको भोक लागेर आउँछ ।’

–त्यो भोक  तिमी मेटाउन सक्छौ मलाई । किन हो किन म संतुष्ट हुन्छु र तृप्त हुन्छु तिमीसँग । त्यसैले तिमी अबदेखि मलाई उषा होइन तृप्ती भनेर बोलाऊ है, अशोक ।

साँच्चै भन्ने हो भने उषा अशोकभन्दा ३ वर्षले एजेड थिई । यतिखेर अशोक १६ वर्षको थियो भने उषा १९ वर्षकी एकमस्त पाकेकी गुलियो सलिफाझैं भएकी थिई ।

त्यतिखेर गाउँघरमा अझै खुलेर छोरी जात पढाउने संस्कारको विकास भैसकेको नहुँदा उषाले ढिलै स्कूल जोइन् गरेकी थिई ।

आफू कान्छा  भएकै कारणले अशोकले जहिल्यै उषालाई दिदी भनेर बोलाउँथ्यो  तर उषाले भने कुनै साइनो लगाउँदैन थिई र नाम पनि काट्दैन थिई उसको ।

– याँ आउनू, त्यो गर्नू, यो गर्नू, उ गर्नू  जस्ता शब्दहरूले सम्बोधन गरेर बोलाउने गर्थी अशोकलाई तर अशोकले भने तपाईँ नै भन्ने गर्थ्यो उषालाई ।

एकदिन   उषाले अशोकलाई भनी, ‘मलाई अबदेखि दिदी नभन्नू है ।’

त्य दिनदेखि अशोकले पनि उषा भन्न थाल्यो ।

एकदिन बाटामा, अचानक उसाले आफू गर्भवती भएको कुरा सुनाई अशोकलाई । अशोकको सातोपुत्लो उड्यो ।

अशोक जे कुरामा डराइरहेको थियो, त्यही भो आखिरीमा । अशोकको हातखुट्टा गल्न थाल्यो । शरीर तातेर आयो भरखरै आरनको फलाम झरिलो भई तातेजस्तै गरी ।

के गर्ने, कसो गर्ने भयो उसलाई । उसका आँखाहरूले राताराता आगोको फिलिङ्गो उडेझैं उडेको देख्न थाल्यो । पुर्पुरोमा हात राखेर खुइय्य गर्दै थुचुक्कै बस्यो आलीमाथि र भन्यो उसालाई –

– अब के गर्ने !

– इन्डिया भाग्ने ।

– अहँ, नजाने इन्डिया ।

– घरमै बस्ने त्यसो भए, जे होलाहोला । आज राति, आउँछु म भागेर । भाउजूलाई सप्पैसप्पै थाहा छ । मेरो पेटमा बसेको बच्चा तिम्रै हो भनेर  अनि मैले, तिमीसँग भाग्ने कुरा पनि गरिसकेकी छु, भाउजूसँग ।

यसरी उषाले सासे स्वरमा, एकैसासमा आफ्ना सबै कुराहरू सकाई ।

अशोकले भने, ‘अनि तिम्रो बाआमालाई नि !’

–अहँ, दाजुभाउजूलाई थाहा छ, मात्रै ।

– उफ लौ बर्बादै भो ।

– केही हुन्न तर बाआमादेखि डर छ मलाई । ऐले छुट्टिन्छु तिमीसँग अनि राती सधै तिम्रै हुन आउँदै छु ।

यति भन्दै, अशोकको गालामा दुई हातले मसार्दै मिठो चुम्बन गरी उषाले र तुरुक्क दुई थोपा मायाको आँसु झारी र छुट्टिए उनीहरू बाइबाईटाटा गर्दै ।

निकैबेरसम्म बाइबाइटाटा गरिरहे एकर्कामा उनीहरू । फर्किदै हेर्दै, उही बाइबाइटाटा दोहोरिइरह्यो दोहोरिरह्यो केहीबेरसम्म ।

बिस्तारैबिस्तारै उषाकी पाइलाहरू पछिपछि सर्दै ओझेल भई उषा अशोकदेखि । जसरी गगनबाट धूमकेतु झरेर ओझेल हुन्छ ।

अशोक टोलाउँदै चारदोबाटोको पीपलको फेदमा गएर टुसुक्क बस्यो । हजारौं प्रश्न आफ्नै विरुद्ध उभिइरहेका देख्यो उसले आफ्नै अघिल्तिर ।

तर कुनै प्रश्नको उत्तर थिएन ऊसँग । चौतारा भएर हिंडिरहेका हावाले प्रश्न गर्दै थिए उसँग । सिङ्गो सर्पजस्तै बाङ्गिएका बाटाहरूले प्रश्न गर्दै थिए ऊसँग ।

पीपलका पातहरू हाँगाबाट छुट्टिएर उसका आँसु पुछिरहेका अनुभूति भयो उसलाई । दिउँसै निस्पट्ट अँध्यारोले पोतेका थिए उसका आँखाहरूमा । ठ्याम्मै देख्नै छाड्यो, उसका आँखाहरूले । अहँ, देख्दै देखेन केही ।

बिलकुलै अँध्यारो दृष्टिविहीनझैं भएर थचक्कै बस्यो ऊ ।  परेलीहरू खुला थिए उसको खुला आकाशझैं ।

उसा त्यैदिन भाउजूसँग बिदा भएर अशोकको घर रातको ११ बजे पछाडिको ग्वाली हुँदै छायाँजस्तै गरी आई । अशोक पर्खिएर बसिरहेको थियो, उषालाई ।

अशोक र उषा भेट हुनेबित्तिकै अङ्कमाल गरे यसरी जसरी विपरीत ध्रुवको चुम्बकहरू एक– अर्कामा टाँसिन्छन् ।

अशोकले उषालाई बिस्तारै बिरालोको चालमा माथि दुम्हलाको टाँडमा आफू सुत्ने कोठामा लिएर गयो । अशोकका बाआमा, दाजुभाउजू सबै जना सुतिसकेका थिए । कसैले चाल पाएनन् उषा आएकी ।

रातभरि गन्थन् गरे उनीहरू । यौवनको यौनप्यास मेटाए यो चोटि भने उसाले निर्धक्क भएर अशोकको अर्धाङ्गिनी बनेर । पटकपटक मेटाए यौनप्यास उनीहरूले । मात्रै उषाको खाली सिउँदो भर्न बाँकी थियो । त्यो पनि पूरा हुनेवाला थियो भोलि बिहानै ।

हुन त सम्भोगजस्ता चीजहरू कुनै नौलो कुरा थिएनन् उनीहरूका लागि । उनीहरू पहिल्यैदेखि नै लोग्नेस्वास्नीजस्तै भैसकेका थिए । थियो त वैधानिक, ऐन, कानुन र समाजबाट लोग्नेस्वास्नी हुन बाँकी थिए ।

– वश, सपना, सपनै रह्यो उषा उनीहरूका ।

भोलिपल्ट एक हूल फौज आए । सिलौटामा मसला पिसिरहेकी ठाउँबाट  उषालाई घिसार्दै निकाले बाहिर ।

कुटेपिटे उषालाई र अशोकलाई पनि लात्तैलात्तले भकुरे, पूरै अपाईच हुनेगरी । रगताम्मे पारे अशोकलाई ।

अशोकको गुप्ताङ्गमा हिर्काउनु हिर्काए तात्तैलात्तले वीरबहादुरका भरौटेहरूले यसो भन्दै –  साला,यही होइन गरिखाने, औजार तेरो । यही नरहेपछि तँलाई के काम ।

यसरी हिर्काउँदा अशोक भुतुक्कै भएर बेहोसै हुन्थ्यो ।

अशोक अहिले पूरै अपाईच भएको छ । एउटा कानले सुन्दैन उसले । जहाँ गयो, जता गयो उसाकै झझल्को आइरहन्छ उसलाई ।

अझै कहिलेसम्म सम्झिरहने हो, उषालाई  । 

लाग्छ, यी घट्नाहरू भुल्नु भनेको अशोक र उषाले उनीहरू आफैलाई भुल्नु थियो । अर्थात् यो जिन्दगी, जिन्दगीदेखि नै मेटाउनु थियो, उनीहरूले एकले अर्कालाई ।

अशोक अहिले पूरै अपाइच भएको छ । एउटा खुट्टा चल्दैन उसको राम्ररी । एउटा कान पनि सुन्दैन उसको ।

पूरै बहुलाजस्तै भएर मैलो र च्यातिएको कपडा लगाएर हिंड्छ अचेल ऊ । उसका कपालहरू लामालामा छन् र दाह्री उस्तै बाबियोकोजस्तै झ्याप्पै ।

बेलाबेलामा के के बर्बराउँछ, बर्बराउँछ आफै । खोन्च्याङ्खोन्च्याङ् गरी घरीघरी नाङ्गै पाउ हिंड्छ अचेल अशोक । सद्य हुँदा, उही आफ्नै अतीतका दस्तावेजहरू पढ्नमा नै व्यस्त हुन्छ अशोक हिजोआज ।

यसरी, वीरबहादुरको घमण्डले गर्दा दुवैको जिन्दगी बर्बाद भए र आफ्नो बदनामी पनि ।

यता वीरबहादुरको अत्याचार सहन नसकेर गाउँ नै छाडेर बसाईँ सरे नरबहादुर बिचरा । उषकी आमा पनि प्यारालाइसिस भएर मरिन् । उषालाई कुट्ने आफ्नै मामा पनि सवारी दुर्घटनामा परेर अकाल मृत्युको प्यारा भए ।

सुन्छु, वीरबहादुरको ज्वाईँ, मोतीलाल केसी उषालाई बिहे गरेको तीन वर्षमै रक्सीकै कारणले फोक्सो गलेर मरेछ ।

उषा बिचरीको पेटमा लागेको चोटको कारणले बच्चा खसाउँदा पाठेघरै फाल्नुपर्ने भएछ । अहिले उषा कहिल्यै आमा बन्न नसक्ने भएकी छे ।

यता अशोक पनि कुटाइले गर्दा वीर्यथैलीको नसा चेपिएर सन्तान जन्माउन नसक्ने भएको छ ।

सोचिरहेछु, कुनै दिन उषालाई भेटियो भने, यी दुवै दुःखीलाई मिलाउन पाए, मर्ने बेलाको पु ण्य कमाइन्थ्यो कि भन्ने सोचिरहेछु, अचेल ।

अँ साँच्चि कसैले उसालाई देख्नु भयो भने, मलाई खबर गर्नू होला । म अवश्य आउने छु,

यो थियो उषा र अशोकका मुटु छुने वियोगात्मक कथा ।

प्रकाशित: ६ कार्तिक २०७७ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App