१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

क्यान्सरबाट मुक्त भएपछि सञ्जय दत्तले यसो भने

फाइल तस्बिर : सञ्जय दत्त

भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरबाट मुक्त भइसकेका छन्। उनले ट्विटरबाट आफू स्वस्थ भइसकेको जानकारी दिएका हुन्।  

‘पछिल्ला केही हप्ता मेरो र मेरो परिवारका लागि निकै गाह्रो भइरहेको थियो। तर जसरी भनिन्छ कि ईश्वरले सबैभन्दा गाह्रो लडाइँमा सधैं सबैभन्दा शक्तिशाली सिपाहीको जित गराउँछन्। र, आज मेरो छोराको जन्मदिनमा मलाई यस्तै खुसी लागिरहेको छ कि मैले त्यस्तो युद्ध जितेको छु।’

उनले अगाडि भनेका छन्, ‘यो तपाईंहरूको साथ र समर्थनबिना सम्भव थिएन, मित्र र फ्यानप्रति आभारी छु, जसले मलाई साथ दिए।’ 

यसअघि अभिनेता दत्तले आफूलाई क्यान्सर भएको बताएका थिए।  

प्रकाशित: ५ कार्तिक २०७७ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App