साया किराती
कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि,
उनको चोखो प्रेम त्यो छोडेर आयौ कि !
बुझ्नै सकिन तिम्रो प्रेम असमान गगनझै,
उनको मन दुखाइ पाइला मोडेर आयौ कि !
छैन नाता सम्बन्ध तिम्रोझै मेरो आफ्नोको
आफ्नै भाग्य तिमीले त्यसै फोडेर आयौ कि !
मायाको कसम खाई गएका छौ क्षितिजमा,
सृष्टिमा प्रेमको डोरी अन्तै जोडेर आयौ कि !
नाता तोडिगयौ भने बाँच्न निकै गाह्रो हुनेछ,
पहिले नै प्रेमको बाली कतै गोडेर आयौ कि !
प्रकाशित: ४ कार्तिक २०७७ १०:०५ मंगलबार