१५ कार्तिक २०७७ शनिबार
कला

आशीर्वाद

लघुकथा

अप्सरा भट्टराई  

 

हिजो बजारबाट सौदा किनेर घर  फर्कदै थिएँ । देब्रे  हातमा गरौं  झोला थियोँ  । दाहिने हातको  मोबाइल बजिरहेको थियों । फोनको रिङ्गभन्दा पनि  आफ्नो अगाडिको भिडबाट आएको आवाजतिर मेरो ध्यान गइरहेको थियोँ  । म भिडमा चिहाउन पुगे ।

एउटा मान्छे , टिसर्ट  उचाल्दै  कम्मरमा  बाधिँएको नाम्लो फुकाउँदै थियोे। उसको पिठ्युँमा केही आला र सुकेका  घाउ देखिन्थे । दुवै हात जोडेर , सबै बटुवाहरूसंग गाँस र बासका लागि अनुरोध गर्दै  थियोँ । रुँदैकराउँदै भन्दै थियो ,  ‘म भरिया हुँ हजुर  । भारी बोकेर राम्रै कमाउथेँ  । आज ५ हजार घरभाडा  तिर्न नसक्दा  घरबेटीले निकालिदिए। म एकल  पुरुष कहाँ जाऊँ ! ’

– अब त हजुर  , रोगले  भन्दा भोकले पो मर्ने भएँ । त्यो दृश्य  देखेर पनि नदेखेझैँ गरौं  मन लिएर  पर पुगिसकेको  थिएँ।

हाम्रो घरमा कोठा खाली भएको  सम्झेँ  । टक्क अडिए ।  फनक्क पाइला  घुमाउदैँ फेरि त्यहीँ  फर्केँ । त्यहाँ भिड हटिसकेको  थियो । पुर्पुरोमा हात राखेको भरियाले पुलुक्क हेरे  । उसलाई लिएर घर पुगेँ । छिडीको कोठा देखाइदिँए। उनले  गुन्टा बिसाए। आराम गर्नुस्  हैं  भनेर म माथि उक्लिएँ  ।  

– अब त पाँच हजार भए पनि महिनैपिच्छे हातमा पर्ने  भयो है बूढा ! बूढीले उज्यालो अनुहार पारिन् ।

उनको कुराले म झस्किएँ  अनि भरियाको कहानी सुनाउन थालेँ  । मेरा कुरै नसुनी बजारिया  ठगलाई घर ल्याएर सित्तैमा राख्नेँ  अहिले निकाल्छु भनेर रुद्रचण्डी बनिन्  । 

आफ्ना भूकम्पको बेलाको  कुरा कोट्याए,  ‘आज विश्व नै कोरोनाको चपेटामा परेको  बेला  छ । काम पाइँदैन । यस्तो बेलामा मानवता देखाउनु हाम्रो मानवीय धर्म हो नि , बूढी ।’  

आखिर उनी पनि कोमल मन भएकी महिला न हुन् । विगत सम्झेर भक्कानिदैँ  रुन थलिन्।

भरियालाई बोलाएर पाकेको खाना टन्न हुने गरी खान दिइन् । उनले  स्वादले खाएको देखेर  आनन्द लाग्यो। सुख र सन्तोषको सास फेरे । 

खाना  खाइसकेपछि  देब्रे हातले पेट मुसार्दै भरियाले भन्यो , ‘आज  त पेटको कुनाकाप्चा भरिने गरेर खाएँ । हजुरहरूको जय होस्, सधैं दिएरै खान पुगोस् ।’

प्रकाशित: २ कार्तिक २०७७ १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App