नेपालका पुराना फिल्म छायांकार बैकुण्ठमान मास्केको ८३ वर्षको उमेरमा निधन भएको हो। नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका मास्केको निदान अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।
कोरोनाको संक्रमण भएकाले उनको शव आर्मीले व्यवस्थापन गरेको अध्यक्ष लामाले बताए। उनी मृगौलाका दिर्घ रोगी भएकाले ७ वर्षयता डायलासिस गराउँदै आएका थिए।
मास्केले ६० को दशकमा भारतको पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए। मास्केले मनको बाँध, परिवर्तन, हिजो आज भोली लगायत दर्जनौं फिल्म फिल्म खिचेका छन्।
प्रकाशित: १ कार्तिक २०७७ १२:४२ शनिबार