८ वैशाख २०८१ शनिबार
कला

मिथुन चक्रवर्तीका छोराविरुद्ध बलात्कारकाे उजुरी, यस्ताे छ घटना

भारतीय अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीविरुद्ध मुम्बईस्थित ओसिवारा पुलिस स्टेसनमा बलात्कार र गर्भपतन गराएको अभियोगमा उजुरी दर्ता भएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार विवाहको आश्वासन दिएर उनले फिल्म क्षेत्रमै काम गर्ने अभिनेत्रीलाई करणी गरी बसेको गर्भसमेत पतन गराएको आरोप छ।  

साथै मिथुनकी पत्नी योगितालाई पनि विपक्षी बनाइएको छ।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार पीडित युवती र महाअक्षयबीच सन् २०१५ देखि प्रेम सम्बन्धमा थिए। महाअक्षयले उनलाई विवाह गर्ने आश्वासन दिएर उनीसँग शारीरिक सम्बन्ध गरेका थिए।  

पीडित युवतीका अनुसार सन् २०१५ कै एकदिन आफूलाई घरमा बोलाएर महाअक्षयले पेय पदार्थमा नसालु चिज मिसाएर खुवाए र शारीरिक सम्बन्ध राखे। त्यसपछि उनले विवाह गर्ने आश्वासन दिए र शारीरिक सम्बन्धलाई ४ महिनासम्म जारी राखे।  

जब युवती गर्भवती भइन् तब महाअक्षयले गर्भपतनका लागि दबाब दिए। युवतीले नमान्दा नमान्दै पनि महाअक्षयले पिल्स खुवाएर गर्भपतन गराए। पीडित युवतीले आफूलाई त्यो पिल्सले गर्भ जान्छ भन्ने थाहा नपाएको दाबी गरेकी छन्।

यो गुनासो महाअक्षयकी आमालाई गर्दा उल्टै आफूलाई धम्क्याएको पीडित युवतीको आरोप छ। यसैकारण आमा छोरा दुवैलाई उनले प्रहरी कार्यालयमा उजुरी हालेकी हुन्।  

प्रकाशित: १ कार्तिक २०७७ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App