११ कार्तिक २०७७ मंगलबार
कला

सचेतना

लघुकथा

 

डा. पुष्करराज भट्ट

 

उसले घरबाट निस्किँदा श्रीमती र छोराछोरीलाई सम्झाउँदै भन्यो, “कोरोनाको संक्रमण जेष्ठ नागरिकमा बढिरहेको छ । बुवालाई बाहिर निस्कन नदिनु है । तिमीहरू पनि यताउता नगर्नु ।”

“अनि आफू कता हो नि?”श्रीमतीले सोधिहालिन् ।

“घरबाट बाहिर निस्कने बेला सोध्नु हुँदैन भन्ने थाहा छैन । कति कचकच गरेको । मेरो अलिकति काम भएर बाहिर निस्केको ।” उसले रवाफ देखाउँदै भन्यो ।  

सब चुप लागे ।

घरबाट निस्केपछि ऊ स्वतन्त्र भयो । पहिले बजारमा पसलमा गएर साथीभाइसँग गफ चुट्यो ।

“तपाईँहरुको व्यापार छैन के हो ? म यहाँ बसेको तीन घण्टा भइसक्यो । अहिलेसम्म कुनै ग्राहक देख्दैन त ?”उसले पसले साथीलाई सोध्यो ।

“आँखो देखाहाल सामुन्ने छ । अब मैले धेरै भन्नु केही छैन ।” व्यापारी साथी उदास देखियो ।

एकछिनमा फोनको घन्टी बज्यो । उताबाट आवाज आयो, “कता हो ?”

“म बजारतिरै छु ।”

“मकहाँ आउ । केही साथीभाइ मिलेर रमाइलो गर्ने प्लान छ ।” साथीको सन्देशसँग ऊ पनि गन्तव्यस्थलमा लाग्यो ।  

त्यहाँ तातोचिसोका साथै जुवाको पनि व्यवस्था थियो ।

सबै चिजको आनन्द लिएपछि ऊ घर फर्कियो ।

दुईदिन मात्र के भएको थियो, उसको स्वास्थ्यमा अस्वाभाविक परिवर्तन आयो । अस्पताल लगेर जाँच गर्दा रिपोर्ट आयो–कोरोना पोजेटिभ ।

घर पुग्दा बुढा बाबुको आवाज उसले नचाहेर पनि सुन्नैप¥यो, “तिमीले हामीलाई त सचेत पा¥यौ तर आफ्ना े चुलबुले बानी छोडेनौ । घरपरिवारप्रतिको दायित्व र आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्दैन ?मुखले भनेर मात्र हुन्छ ? व्यवहारमा पनि उतार्न जान्नुपर्छ ।”

पहिले बाबुको आवाज अप्रिय मान्थ्यो । यसपालि भने त्यो आवाज अत्यन्त मिठो लाग्यो । उसले एक सानो आज्ञाकारी बालकझैं भन्यो, “हस् बुवा । माफ पाउँ ।”  

प्रकाशित: १ कार्तिक २०७७ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App