coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

होम आइसलेसनबाट हरिवंश आचार्य भन्छन्ः टीका थाप्न म कहाँ नआउनुहोस्, म पनि आउदिनँ

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गरेका छन्।

पूर्ण रूपमा सचेत हुँदाहुँदै आफू र आफ्नो श्रीमतीलाई कसरी कोरोना भाइरस सङ्क्रमण भयो भन्ने कुरा अहिलेसम्म पत्तो नपाएका आचार्य विगत केही दिनयता होम आइसोलेसनमा छन्।

यस पटकको दशैँमा विशेष सतर्क रहनुपर्ने बताउँदै उनले भने, 'टीका थाप्न मकहाँ पनि नआउन आग्रह गर्दछु र म तपाईँकहाँ आइन भने पनि नरिसाउनुहोला।'

प्रकाशित: ३० आश्विन २०७७ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App