४ वैशाख २०८१ मंगलबार
कला

अनुरागलाई बलात्कार आरोप लगाउने पायलले ऋचासँग माफी मागिन्, तर...

भारतीय चलचित्र निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाएकी नायिका पायल घोषले अर्की अभिनेत्री ऋचा चड्ढासँग माफी मागेकी छन्।  

यस विषयमा पायलले ऋचा चड्ढा, माही गिल र हुमा कुरैशीजस्ता अभिनेत्री उनी (अनुराग कश्यप) सँग सम्बन्ध बनाउन राजी भएका कारण मबाट पनि त्यस्तै अपेक्षा गरेको आरोप लगाएकी थिइन्।

यसपछि ऋचाले गत सेप्टेम्बर २१ मा पायलविरुद्ध मानहानिको मुद्दा हालेकी थिइन्। जवाफमा पायलले बम्बई उच्च अदालतमा माफीपत्र पेस गरेकी थिइन्। 

समाचार एजेन्सी एएनआईका अनुसार दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेपछि ऋचालगायतले हालेको मानहानि मुद्दा फिर्ता लिएका हुन्।  

उनीहरूबीच सहमति भए पनि अनुराग कश्यपविरुद्ध लगाइएको आरोप अझै कानुनी दायरामै छ।  

पायल घोषले फेरि अर्काे एउटा नयाँ भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।  

त्यसमा उनले पहिलेकै कुरा दोहोर्याएकी छन्। अनुराग कश्यपविरुद्धको आरोप पनि उही छ। तर यसपटक पायलले कुनै अभिनेत्रीको नाम भने लिएकी छैनन्।  

प्रकाशित: २९ आश्विन २०७७ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App