१६ चैत्र २०८० शुक्रबार
कला

चङ्गा र पिङको रहर

बालकथा

लक्ष्मी उप्रेती

 

भाँडाकुटी खेलिरहेकी सानी छोरी दिपिकाले आमातिर फर्किएर सोधिन्, ‘मामु, हाम्रो टोलमा चङ्गा उडाउने खेल कहिलेदेखि सुरु हुन्छ।’

‘चङ्गा उडाउने समय त यही हो नि नानी  तर अहिले त केही गर्नु भएन।’ लुगा सिउँदै आमाले आफ्नै सुरमा जवाफ दिइन्।  

– अनि कहिलेदेखि उडाउने त !

– यसपालि चङ्गा उड्दैन होला छोरी आकाशमा। जे गर्न पनि निकै डरडर नै छ । यो महामारीबाट बँच्न सबै मान्छेहरू सामाजिक दूरी अपनाएर आफ्नै घरमा बसेका छन्। कुनै काम पर्यो भने मात्र होसियारसाथ बाहिर जान्छन् अनि कसैसँग सम्पर्क नगरी घरमा आएर नुहाउने गरेका छन् । मानिसहरू भेला हुने रमाइलो गर्ने त कुरै छैन नि।

– आफ्नै टोलमा पनि भेला भएर रमाइलो गर्न पाइन्न त मामु ! कोरोनाले गर्दा वल्लो घर पल्लो घर त आउजाउ गर्नु हुन्न। कोरोना संक्रमितहरू बढिरहेका छन् । यस्तोमा कसैले खेल्दैनन् नि। यसबेला भेला हुने रमाइलो गर्नेभन्दा पनि सुरक्षित हुनुपर्छ क्या छोरी । 

– ए, त्यसो भए यसपटक यो टोलमा पिङ पनि हुदैन त ! दशै.मा पिङ पनि भएन भने रमाइलो नै हुन्न।  

– हो नि हुन त। तर टोलमा नभए नि यसपटक घरमा नै पिङ राखेर हामी मज्जाले मन लागेको बेला झुलौला नि हुन्न्। त्यसो भए त हुन्छ मामु । आह, घरमा नै पिङ खेल्ने हामी त। 

हो त नि। यसो गरे मेरी छोरीको रहर पूरा हुन्छ नि। पिङ खेल्ने रहर त पूरा हुने भयो। चङ्गा उडाएको हेर्ने अनि मौका पर्दा आफूले पनि उडाउने रहर त्यतिकै रहने भयो। पोहर त हाम्रो टोलका दाजुहरू र पल्लो टोलका दाजुहरूको चङ्गा उडाउने प्रतियोगितामा हाम्रो टोलको जित भएको थियो। यो पटक पनि हाम्रो टोलकै जित हुन्थ्यो होला के गर्नु र ! यसै त आकाशमा चङ्गा उडेको देख्दा कस्तो मजा आउँथ्यो। मामु एउटा चङ्गा ल्याई दिनु न। पल्ला घरको दाइ र म मात्र  चङ्गा उडाउँछौं नि ! 

–तिमीले पनि उसको घरमा जानु हुन्न। मैले पठाए भने उसको मामु मसँग नै रिसाउनुहुन्छ। अनि उसलाई पनि यहाँ आउन दिनु हुन्न नि त यसबेला ।  

– आ, मलाई त कस्तो दिक्क लागि सक्यो। म स्याड भैसके । आकाशमा उडेका रंगीचंगी चङ्गा देख्दा मन नै आनन्द हुन्थ्यो । यस्तो महामारी नभएको भए पोहोरको जस्तो साना दाजु र ठूला दाजुहरूले उडाएको चङ्गा देख्दा अहा। हाम्रो टोलका दाइले पल्लो टोलेको चंगालाई चेट पारेको बेला दिदीहरूसँग मिलेर कराउँदा पोहोर कस्तो मजा भएको थियो । यसपालि त यो कोरोनाले हाम्रो सबै खुसी खोस्यो हो कि मामु । दश पनिै कहीँ जान नपाउने।

हो नि छोरी तर पिर नमान शनिबार बाबाको बिदा हुन्छ। त्यसबेला बाबा, तिमी र म भएर छतबाट चङ्गा उडाउला नि ल । अहिले चै एकछिन पढ् त छोरी । पढ्ने कुरा चै किन गर्दिनौं नानु तिमी ।

अहो हुन्छ मामु तर चङ्गा छैन नि के गर्ने मामु । भन्नु न अनि पढन थाल्छु । बाबालाई ल्याइदिनु भनौला। नत्र घरमा म नै बनाउला नि। बजारबाट ल्याएको जस्तो नभए पनि उडाउनु हुने त बनाउँछु नि म पनि । ठूला सादा कागजहरू छँदै छन्। बाँसका लामा सिन्का, टेप गम र अलिअलि धागो पनि छ बनाइहाल्छु नि। अ, सादा सेतो चङ्गा त राम्रो हुन्न । अलिअलि रंगीन भए पो त राम्रो । म पेन्टिङ गरेर रंगीचंगी बनाइदिन्छु नि। अहो हुन्छ त्यसो भए त। कहिले बनाउने मामु ।

अघि नै बनाइदिन्छु । लु अब एकछिन पढ । आज त किताब हेरेकै छैन तिमीले ।

– हुन्छ मामु। म किताब लिएर आउँछु र एउटा पाठ पढ्न होमवर्क दिनुभएको छ  । त्यहीँ पढ्छु है । 

हुन्छ, छिटो गर। फेरि तिम्रो म्याम अनलाइनमा पढाउन आउने बेला होला नि। हुन्छ भनेर खुरूरू कोठामा गइन् अनि किताब ल्याएर  कराउँदैपढ्न थाल्छिन। छोरी पढेको सुनेर आमा दङ्ग पर्दै लुगा सिउनतिर लाग्छिन्।

प्रकाशित: १५ आश्विन २०७७ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App