coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अलिखित पानाहरू

कविता

 अन्जना पौडेल अनुश्रुति

कसैलाई थाहा छ ?

नलेखिएका पानाहरूको सही प्रयोजन

आगामी सेकेन्ड..

घण्टा ..दिन ..

महिनौं  

या त बर्षौबर्ष

प्रयोग गरिन  

नगरिन सक्छन्  

सुन्दर अक्षरहरूले  

भरिन सक्छन्

खालीखाली

पारिन सक्छन्

हिसाब मिलेको

मन भए...

थपप्पक ठिक चिन्ह लिएर

भावनाका तरंगमा

पोखिन सक्छन्

खुसी र उमंगमा

चाहनाका पंखहरू

उडाउन सक्छन्

तर,

अंक गणित जीवनका सूत्रहरू

नमिले  

च्यातिएर डम्पिङ साइडमा

फ्याँकिन सक्छन्

हिसाब नमिलेको जिन्दगी भए

जिउनुको गलत अर्थ लिएर

माग्ने, खाते उपनाम लिएर  

सडकपेटीमा जीवन घिसार्दै

दिनहरू  गनिरहन सक्छन्

वृद्ध , अपाङ्ग र रोगी शरीर लिएर

सहाराको आशमा आँखाहरू टोलाउँदै

ओछयानमा चूपचाप आँसु बगाउँदै

पर्खिदै पल्टिइरहन सक्छन्

दुश्मनको गोलीको निसाना

बाढी ,पहिरो र भूकम्पको  

दुर्घटनाले अकालमा

ज्यान गुमाउन सक्छन्

टुहुरा, विधवा र विधुरको पगरी गुथेर

आफ्नालाई गुमाउनुको एकांकी

छटपटी  

वेदना

जीवनभर साथ र मायाको  

अभावमा जिउन सक्छन्

कसैलाई थाह छ ?

अलिखित पानाहरूको प्रयोजन !

प्रकाशित: १४ आश्विन २०७७ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App