८ वैशाख २०८१ शनिबार
कला

आऊ है खुसे यसपालि त मालाथुम्कीमा

गीत

 जीवनजीत राई 

 

आऊ है खुसे यसपालि त मालाथुम्कीमा  

साकेला नाच्न सजिएर चोली पटुकीमा।

 

तान्ने लगाउने – बुन्ने वासिम बाँड्ने

करयाङकुरुङ वापामा सिली हामी पनि नाच्ने  

आऊ है खुसी लिएर जोस मालाथुम्की  

 साकेला नाच्न सजिएर चोली पटुकीमा ।

 

वासिमवाचिपा सँगसँगै तान बुन्दै  

जमौ हामी हाम्रो संस्कृतिमा तान बुन्दै  

आऊ है खुसे भएर सुम्निमा मालाथुम्कीमा

साकेला नाच्न सजिएर चोली पटुकीमा ।

प्रकाशित: १४ आश्विन २०७७ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App