७ वैशाख २०८१ शुक्रबार
कला

सुशान्त मृत्यु प्रकरण : लागुऔषधबारे एनसिबीले बयान लिँदा रोइन् दीपिका पादुकोण

भारतीय अभिनेत्री दीपिका पादुकोणसँग नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले झन्डै ६ घण्टा सोधपुछ गरेको छ।  

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अनुन्धान गर्ने क्रममा बलिउडका कलाकारले लागुऔषध प्रयोग गर्ने गरेको पत्ता लागेपछि एनसिबीले शनिबार अभिनेत्री पादुकोणसँग पनि बयान लिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसिबीका अधिकारीले बयान लिने क्रममा दीपिका तीनपटक रोएकी थिइन्। तर अधिकारीले दीपिकालाई हात जोडेर ‘इमोसनल कार्ड’ प्रयोग नगर्न र सत्य कुरा बताउन आग्रह गरेका थिए।  

रिपोर्टअनुसार एनसिबीले बयान लिने क्रममा दीपिकाले लागुऔषधबारे च्याटमा कुरा भएको स्वीकार गरेकी छन्। तर आफूले लागुऔषध लिएको भन्ने कुरा अस्वीकार गरिन्। बरु आफ्नो समूहले चुरोट खाने गरेको उनको दाबी छ। तर कतिपय प्रश्नको उत्तर उनले स्पष्ट दिन नसक्दा अनुसन्धान अधिकारी सन्तुष्ट हुन नसकेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।  

प्रकाशित: १२ आश्विन २०७७ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App