बलिउड अभिनेत्री पायल घोसले आफूमाथि यौन दुर्व्यवहार गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरे भोक हडताल गर्ने चेतावनी दिएकी छन्। यौन शोषण तथा बलात्कारको आरोपमा प्रहरीमा उजुरी दिएको साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न आज उनी त्यहाँ जान लागेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।
घोषले निर्देशक कश्यपविरूद्ध मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा उजुरी दिएकी छन्। उनले प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन्।
पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएका छन्।
प्रकाशित: १२ आश्विन २०७७ ०५:०६ सोमबार