१६ चैत्र २०८० शुक्रबार
कला

तिलौराकोट दरबारमा महाभिनिष्क्रमण दिवस

राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ। बिश्व पर्यटन दिवसलाई स्वागत गर्न तथा २६ सय १५ वर्ष अघिको ऐतिहासिक घटनाको झल्को दिन कार्यक्रम गरिएको हो।  

विश्व पर्यटन दिवसको उपलक्ष्यमा कोरोना भाइरस संक्रमणले थलिएको नेपालको पर्यटन अब पर्यटकका लागि स्वागत गर्न तयार रहेको सन्देश दिदै राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाईएको होे। तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पूर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो।  

ओलम्पियन बैकुण्ठ मानन्धरले पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाड्दै गरेको दृष्य निक्कै रोमाञ्चक बनेको थियो। तत्कालिन अवस्थाको कन्थक नामक घोडामा चढेर बुद्धले तिलौराकोटको पूर्वीद्धारबाट गृह त्याग गरेका थिए। त्यही झल्को दिने गरी कार्यक्रम गरिएको थियो। वुद्धिष्ट सरकिटस् डटकमले कपिलवस्तुको पर्यटन प्रबद्र्धन गरि प्राचिन कपिलवस्तुको प्रचासप्रसारका लागि कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाण्डेकाजीले बताए। ‘नयां पर्यटकीय गन्तब्यको विकास गर्न दिवस मनाउन सुरु गरिएको हो’ उनले भने।  

लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले प्राचिन कपिलवस्तुको पहिचान र पर्यटकीय विकासका लागि कार्यक्रमले ठूलो सन्देश दिने बताए। उनले आगामी दिनमा कोषले पनि आफ्नो कार्ययोजनामा यो कार्यक्रमलाई समट्ने बताए। ओलम्यिन बैकुन्ठ मानन्धरले कार्यक्रमले आझेलमा परेका प्राचिन कपिलवस्तुको पहिचानलाई यसले उजार गर्ने बताए।  

सो अवसरमा पर्यटन अगुवा गीता अन्जानले कार्यक्रमले शान्तिका अग्रदुत बुद्धको राजधानी कपिलवस्तु प्रचारप्रसारमा मद्दम मिल्ने बताए। उनले तिलौरोकाटको विकासका लागि यसलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी गरिएको बताए। २ हजार ६ सय ४४ वर्षपछि गृह त्याग गरेको घटना स्मरण गर्दै देखाईएको थियो। कोरोना भाईरस संक्रमणका कारण राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि गृह त्याग गरेको असार पुर्णिमा दिवस मनाउन सकिएको थिएन।  

क्षमापूजा गर्दै पर्यटकका लागि स्वागत गर्न अब तयार भईसकेको सन्देश दिदै गए राति गरिएको हो। तिलौराकोटमा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था विताएका थिए। कार्यक्रममा पर्यटन बोर्ड र कोषको सहकार्य थियो। यस्ता नौला र ऐतिहासिक कार्यक्रमले ओझेलमा परेको कपिलवस्तुको पर्यटन प्रबद्र्धनका लागि कोसेढुंगा सावित हुने भन्दै स्थानीयबासी खुशी भएका छन्।  

कार्यक्रममा ओलम्पियन बैकुन्ठ मानन्धर, पर्यटन बिद शरद प्रधान लगायतको सहभागिता थियो।

प्रकाशित: ११ आश्विन २०७७ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App