७ वैशाख २०८१ शुक्रबार
कला

तीन अभिनेत्रीका मोबाइल जफत, सोधपुछका क्रममा तीन पटक रोइन् दीपिका

शनिवार भारतीय नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसिबी)ले ड्रग्स प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग लामो सोधपुछ गरेको छ। तीनै अभिनेत्रीलाई कयौं प्रश्नहरु सोधिएको छ। एनसिबीले दीपिका, सारा र रकुल प्रित सिंहको मोबाइल समेत जफत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एनसिबीले यस प्रकरणमा थप अनुसन्धान हुने जनाएको छ। उनीहरुका मोबाइलबाट थप जानकारी आउने एनसिबीको विश्वास छ। उनीहरुका मोबाइल फरेन्सिक ल्याब परीक्षणका लागि पठाइएको छ।  

भारतीय सञ्चार माध्यम आजतकले सोधपुछका क्रममा दीपिका तीनपटक रोएको जनाएको छ। ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन्।’ आजतकले लेखेको छ। यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए। एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे।

प्रकाशित: ११ आश्विन २०७७ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App