coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बाहिर घाउ नदेखिए पनि छाती पोलिरहन्छ

गीत

गीता अधिकारी

 

किन–किन आजभोलि मुटु जलिरहन्छ  

बाहिर घाउ नदेखिए पनि छाती पोलिरहन्छ ।

मनमा लाखौ वेदना लुकाइ  हाँस्न सकिएन

साथीभाइको  माझ पनि रम्न सकिएन

मनको बोझ बिसाउने ठाउँ पाइएन

त्यसैत्यसै जिन्दगीलाई फ्याक्न सकिएन

मनको दिप बाल्नलाइ ज्योति भेटिएन

असल साथी खोज्नलाई बाटो भेटिएन

मनभित्रका रहरलाई मार्न सकिएन

त्यसैत्यसै जिन्दगीलाई फ्याक्न सकिएन

किन–किन आभोलि मुटु जलिरहन्छ

बाहिर घाउ नदेखीए पनि छाती  पोलिरहन्छ ।                                     

प्रकाशित: १० आश्विन २०७७ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App