६ वैशाख २०८१ बिहीबार
कला

पहिचान खोज्दै जाँदा झन्डा जलाइन्छ यहाँ ...

मुक्तक

 सन्तोष बिग्रोल

 

पहिचान खोज्दै  जाँदा  झन्डा जलाइन्छ यहाँ

कसरी पो शान्ति होला आफ्नै अडान छ जहा

म त भन्छु बेरोजगारीको परिणती हो यो सबै,

यसैगरी देश नै जले  हामी रहौला  र खै कहाँ ।

 

परदेशीलाई फर्क भन्दै माटो रुन्छ अचेल

गाउँबेंसी नै शून्य हुँदा  बाटो रुन्छ अचेल

युवा परदेश गाउँमा रह्यो अपांग र पाका,

मर्दा मलाम  नभेटिदा  घाटो  रुन्छ अचेल ।

 

सरकार देश अचेल  उपचारमा छ

अनि दिनदिनै आर्थिक भारमा छ

लुट्नसम्म नि लुट्यो यहाँ पराइले,

त्यसैले सधैं  देश बलात्कारमा छ ।

 

सपनामा हिजोआज सधै हलोजुवा देख्छु

प्यासी बन्दा तिर्खा मेट्ने धाराकुवा देख्छु

गाउँमा कतै पैरो गो कि आफन्त केही भोकी  

मनमा  बादल  मडारिदा  धूवाँधूवाँ देख्छु ।

 

निदाउन  दिएन  तिम्रो यादले

भुतुक्कै भए जवानी उन्मादले

माया लाउ या नलाउ दोधार छु,

कतै छेकिदिन्छ कि त जातले ।

प्रकाशित: १० आश्विन २०७७ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App