११ कार्तिक २०७७ मंगलबार
कला

विदुषीको प्रण

कथा

न्युयोर्क अस्पतालको बसाइ पनि १० दिन पुग्यो। उता भदौले नेटो काट्नै लाग्यो। घर–परिवारमा सबैले म आउने दिन गणना गरिरहेका होलान्। किनकि यसपालि दशैँमा पक्कै आउने वाचा गरेकी थिएँ। छोरो सात वर्षको भयो। सधैँ बिहानमा मसँग कुरा गर्ने भनेपछि मात्र उसले स्कुलको लुगा लगाउन मान्ने, गृहकार्य गर्न मान्ने, अनि माम पनि छिटो खाने भनेर सुनाउँदै हुनुहुन्थ्यो आमा। म आफैँ पुगेपछि ऊ कति खुसी होला ? उसलाई सम्झँदा मात्रै पनि निकै ग्लानि हुन्छ। बाध्यताले ऊसँग छुट्टिएर बस्नुपर्दा असह्य पीडा उत्पन्न हुन्छ।  

आखिर म पनि आफ्नो सन्तानसँग टाढा हुन किन चाहन्थेँ र ? बाध्यता कसले बुझिदिने ? एकातिर मैले आफ्नै करिअर हेर्नुपथ्र्यो भने अर्कोतर्फ सन्तानकै भविष्यबारे सोच्नुपथ्र्यो। सन्तान हुर्काउनेदेखि सबै जिम्मेवारी महिलाकै बढी हुने भए पनि केही तल–माथि परेमा तिनै महिलाले अपजसको भारी बोक्नुपर्ने सामाजिक प्रचलनसँग म अनभिज्ञ थिइनँ। तर बाध्यतासामु आइपर्ने परिस्थितिसँग समर्पण गर्नुको विकल्प मसँग थिएन।  

तर्कनाबीच नै ढक्ढक् आवाजसहित सिस्टर छिरिन् कोठाभित्र। अक्सिजनको पाइप खोलेर औषधि खान दिइन्। कस्तो छ भनेर पनि सोधिन्। एकदमै गाह्रो भइरहेको थियो। सास फेर्नै पनि सकस भइरहेको थियो। जिउ दुखेर उत्तिकै हैरान। त्यसैले उनको प्रश्नको उत्तर सकारात्मक दिने कुरै थिएन। भनिदिएँ– ठीक छैन।  

लाग्थ्यो, आँखा चिम्म गरेर निदाएँ भने म कहिल्यै ब्युँझिने छैन। त्यसैले धेरैजसो आँखा खुलै राखेर बस्ने प्रयास गर्थें। तर जति बेला पनि छोरा अनि आमालाई मात्र सम्झिरहने। यी दुईको सम्झनाले मात्र पनि मलाई ऊर्जा प्राप्त हुन्थ्यो। त्यो ऊर्जाले विकासले दिएको धोका र त्यसबाट सिर्जित दुःखलाई शक्तिमा बदल्ने आँट प्रदान गथ्र्यो। अनि बाँचेर केही गर्नुपर्छ भन्ने साहस दिन्थ्यो।  

कोरोना भाइरसले मलाई यति धेरै गलाएको थियो कि भनिसाध्य थिएन। त्यसमाथि बेलाबेला चिमोट्न आइपुग्ने विकासको धोकाले थप धक्का दिएर जान्थ्यो। तर छोरोको सम्झना यी सबै तनाव मेटाउने सबैभन्दा ठूलो औषधि साबित भइरहेको थियो। सुनेकी छु, यस अस्पतालमै पनि कोरोना भाइरसले गर्दा धेरैले ज्यान गुमाइसके। शव राख्ने ठाउँ समेत छैन। म भने कोरोना जितेर नेपाल फर्किछाड्ने बलियो आत्मविश्वास लिएर बिछ्यौनामा पल्टिरहेकी छु। सायद, आमा–बाबाको हातको टीका लगाउने अनि मुटुभन्दा प्यारो छोरालाई टीका लगाएर धेरै आशीर्वाद दिने धोकोले ममा आत्मविश्वास चुलिएको हुनुपर्छ।  

उफ् ! कति गाह्रो सास फेर्न पनि ? बेलाबेला स्वतःस्फूर्त रूपमा मुखबाट निस्कन्थ्यो, ‘हे ईश्वर तिमी नै मेरो सत्यको साक्षी हौ, तिमी नै मेरो अभिभावक पनि हौ, कृपया मलाई बचाऊ।’ मलाई हेर्ने डक्टरले नेपाल र नेपाली भनेपछि साह्रै मन पराउने रहेछ।  केही वर्षअगाडि एभरेस्ट बेस क्याप पदयात्रा गर्दा नेपालीले एकदमै प्रभावित तुल्याएका रहेछन् उसलाई। भन्थ्यो– तिमी एभरेस्ट भएको देशकी नागरिक, केही हुँदैन, चाँडै निको भएर जान्छ्यौ।  

उसको यति वाक्यले पनि निकै सान्त्वना मिल्थ्यो। हरेकपटक सास फेर्दा पुनर्जन्मको आभास हुन्थ्यो। विदेश न हो। आफन्तको याद त यतिबेला पो आउँदो रहेछ। जतिसुकै गाह्रो भए पनि बाँच्छु बाँच्छु भन्ने आशाचाहिँ पूर्णरूपमा थियो। फेरि सकारात्मक सोचले पनि ठूलै औषधिको काम गर्दोरहेछ ! एक मन लाग्थ्यो, मलाई भगवान्ले पक्कै बचाउँछन्, किनकि मैले गर्नुपर्ने काम धेरै छन्, जुन भगवान्लाई पनि थाहा छ।  

कोल्टे फर्काइसँगै अतीतको यादमा डुब्न थालेँछु चुर्लुम्म। विकास त्यही कम्पनीको मार्केटिङ मेनेजर थियो, जहाँ म तल्लो पदमा काम गर्थें। भर्खरै एमबिए पास गरेकी, काम सिक्न चाहने, ऊ मप्रति आकर्षित नहुने कुरै भएन। त्यसैले जहाँ डिल गर्न जाँदा पनि मलाई सँगै लैजान्थ्यो उसले। विकासको घर विराटनगर। मचाहिँ मामु बाबासँग मैतीदेवीमा बस्थेँ। मामुको खासै महत्वाकांक्षा थिएन। केही थियो त मलाई र भाइलाई राम्रो शिक्षा दिने। उहाँकै इच्छाअनुसार हामीले पनि पढ्यौँ खुरुखुरु।  

‘विदुषी मेरो जीवनमा बाधा नहाल। यो बच्चा गर्भपतन गरेर फालिदेऊ। मेरो जीवनमा फर्केर कहिल्यै नआऊ। मैले तिमीलाई कहिल्यै माया गरेको छैन। केवल समय पास गरेको थिएँ,’ उसले छाडेको चिठीमा लेखिएको रहेछ।

विकास र मेरो विचार–सोच मिलेको थियो। हामी एकदमै मेहनतका साथ काम गथ्र्यौं। त्यसैले त कार्यकारी निर्देशकदेखि सबै सञ्चालक खुसी थिए हामीसँग। हामीलाई भावी जोडीका रूपमा अथ्र्याउने पनि धेरै थिए, कार्यालयमा तर हाम्रो मनमा त्यस्तो केही थिएन। केही थियो त एकअर्काप्रति आस्था अनि सम्मान। तर मानिसहरू कुरा काट्न छाड्दैनथे– विकास–विदुषीको जोडी भनेर।

म सधैँ घरबाटै टिफिन लैजान्थेँ अफिसमा। एक दुईचोटि विकाससँगै बाँडेर खाइयो। यस क्रममा उसलाई मन पर्ने खाना थाहा भयो। त्यसपछि उसलाई जे जे मन पर्छ, त्यही त्यही खाना तयार हुन थाल्यो मेरो टिफिनमा अनायासै। एकातिर सबैले जोडीको पगरी गुथाइदिने, अर्कोतिर हामीलाई पनि एकअर्काको नजिक बस्न नपाउँदा नमजा लाग्ने हुन थाल्यो। कुनबेला नजिक हुन थालियो, पत्तै भएन।  

ऊ बिस्तारै मेरो घरमा पनि आउन थाल्यो। मेरो भाइको मात्र होइन, मामुको पनि प्यारो हुन थाल्यो। आउनुअघि नै मामुलाई फोन गथ्र्यो र खान मन लागेको कुरा बताउँथ्यो। अब त यस्तो भइसकेको थियो कि केही दिन ऊ आएन भने किन आएन भनेर सोधखोज हुने गथ्र्यो। उसको कुराकानीको विषय प्रायः कसरी धनी हुने भन्नेमा केन्द्रित हुन्थ्यो। अम्बानीदेखि बिल गेट्ससम्म कसरी धनी भए भनेर सुनाइरहन्थ्यो। मेरो सोचाइ भने नितान्त पृथक्– एउटा सानो चिटिक्कको घर, सानै भए पनि गाडी अनि हरेक दुःखसुखमा साथ दिने मायालु श्रीमान्।

प्रतिदिन म विकासको मायामा बाँधिदै गइरहेकी थिएँ। उसको काममा सघाएर लोड कम गरिदिने गर्थें। उसको प्रेजेन्टेसनदेखि क्लाइन्टसँगको भेट सबै म आफैँ गरिदिन्थेँ। यस क्रममा उसले भन्दा मैले गरेको काम राम्रो हुन थाल्यो। अनि उसको झनै प्रशंसा हुन थाल्यो। कार्यालयले प्रदान गर्ने बेस्ट पर्फर्मेन्स अवार्डहरू उसका लागि सामान्य हुन थाले। यतिसम्म कि उसको कामका लागि म पो धेरैजसो समय अफिसमै व्यस्त हुन थालेँ। घर जति ढिला फर्के पनि मेरा मामु–बाबालाई आपत्ति थिएन, किनकि विकासमाथि उहाँहरूको पूरा विश्वास थियो।  

समय सधैँ कहाँ एकनाशको हुँदोरहेछ र ? म ऊसँग जति नजिक हुँदै गइरहेकी थिएँ, ऊ भने टाढिँदै जाने व्यवहार पो देखापर्न थाल्यो क्रमशः। उसको यो परिवर्तित बानीबाट अचम्म लागिरहेको थियो। यसको कारण जान्न धेरै प्रयास गरेँ। उसलाई मनपर्ने कुराहरू गरेर मन जित्न खोजेँ। तर, सबै प्रयास असफल हुँदै गए।  

उसको जन्म दिनको सेलिबे्रसन मनाउन कम्पनीकै तर्फबाट एउटा पार्टी आयोजना गरिएको थियो। म पनि आफ्नो मायालुको जन्म दिन पार्टी भनेर आफूलाई सकेसम्म सिँगारेर प्रस्तुत भएकी थिएँ। आकर्षणको केन्द्र ऊ हुनुपथ्र्यो तर सबैको आँखाचाहिँ मैतिर परिरहेका थिए। सायद, मेरो पहिरन र शृंगारपटारले होला। अरूको नजर मतर्फ भए पनि म भने विकासलाई हेरेर दंग परिरहेकी थिएँ। यही कार्यक्रममा कम्पनीको मालिकले केही नयाँ कुरा घोषणा गर्ने रे भन्ने गाइँगुइँ पनि थियो। लाग्यो– विकासको प्रमोसन वा केही पुरस्कार होला।  

‘म आज मेरो युवा अवस्था सम्झन्छु विकासलाई हेरेर। ऊजस्तै मेहनती र स्मार्ट थिएँ, साथै महŒवाकांक्षी पनि। म जुन काम सुरु गर्थें आज मैले मेरो अर्को मेहनती रूप विकासमा देखेको छु। जुहारीले नै चिन्छ हिरालाई। यस्तो मेहनती र स्मार्ट केटोलाई मैले अगाडि बढ्ने बाटो दिनुपर्छ, सहयोग पनि गर्नुपर्छ,’ सुरु भयो डाइरेक्टरको भाषण।  

आफ्नो कर्मचारीलाई यति धेरै माया गर्ने डाइरेक्टर पनि हुँदारहेछन् भन्ने लागिरह्यो, उनको भाषण सुनिरहँदा। जुन मेरो मात्र नभएर सबै कर्मचारीको महसुसीकरण थियो। बीचबीचमा ताली नबज्ने कुरै भएन। विकास पनि डाइरेक्टरकै छेउमा थियो, तर धेरै प्रशंसाले होला, उसको अनुहारै रातो देखिएको थियो।  

रात छिप्पिँदै गइरहे पनि मरिगए निद्रा परेन। जुनेली रात पनि औँसीको रातझैँ भएको थियो। मनमा एकपछि अर्को गर्दै उर्लिरहेका भाव पोख्ने ठाउँ नै पाइरहेकी थिइनँ। घरमा सबै आनन्दले सुतिरहेका भए पनि मेरो निद्रा भने कोसौँ पर थियो। ‘किन विकासले यस्तो ग-यो ? ममा उसले के कमजोरी देख्यो ? मायामा त त्याग मात्र हुन्छ, आफ्नो प्रेमी वा प्रेमिकामा मात्र समर्पण हुन मन लाग्छ, उसका केही कमजोरी देखिन्न। 

डाइरेक्टरले थपे– मेरी छोरी अर्पणा भर्खरै युएसबाट पिएचडी गरेर यहीँ केही काम गर्छु भनेर आएकी छिन्। अब उनी पनि तपाईंहरूसँगै काम गर्छिन्। तपाईंहरूले उनलाई अवश्य सहयोग गर्नुहुनेछ। म बिस्तारै जिम्मेवारीबाट अलग्गिनेछु। आजसम्म तपाईंहरूले मलाई दिनुभएको साथका लागि विशेष धन्यवाद छ। यस अवसरमा एउटा महŒवपूर्ण कुरा पनि उद्घोष गर्न चाहन्छु कि अर्को महिना अर्थात् मंसिर १५ मा अर्पणा र विकासको विवाह गर्ने साइत जुरेको छ।  

मेरो हातबाट वाइनको ग्लास अकस्मातै खस्यो। रंगीविरंगी बत्तीले झलमल भएको ठाउँ पनि क्षणभरमै अँध्यारो भयो। टाउको रिँगाउन थाल्यो। तर मसँग तत्काललाई आफू सम्हालिनेबाहेकको विकल्प थिएन। जबर्जस्ती सामान्य देखाउन खोजेँ आफैँलाई, जुन निकै कठिन थियो। केहीछिनपछि विकासलाई जन्मदिनको शुभकामना दिएर घर फर्कें।  

रात छिप्पिँदै गइरहे पनि मरिगए निद्रा परेन। जुनेली रात पनि औँसीको रातझैँ भएको थियो। मनमा एकपछि अर्को गर्दै उर्लिरहेका भाव पोख्ने ठाउँ नै पाइरहेकी थिइनँ। घरमा सबै आनन्दले सुतिरहेका भए पनि मेरो निद्रा भने कोसौँ पर थियो। ‘किन विकासले यस्तो ग-यो ? ममा उसले के कमजोरी देख्यो ? मायामा त त्याग मात्र हुन्छ, आफ्नो प्रेमी वा प्रेमिकामा मात्र समर्पण हुन मन लाग्छ, उसका केही कमजोरी देखिन्न। विकासले किन मलाई बुझेन ? मलाई पहिले नै अर्पणा मन पर्छ भनेको भए केही समय कठिन भए पनि उसको खुसीका लागि साइड लागिहाल्थेँ। किन यत्ति पनि गरेन उसले ?’ प्रश्नका बाढी आउनु स्वाभाविक थियो।  

मनमा धेरै कुरा खेलेपछि एउटा प्रण गरेँ, ‘मैले अति नै माया गरेको मान्छे हो। उसको सुख र खुसीका लागि जे पनि सहन्छु। उसलाई एक शब्द पनि नराम्रो भन्दिनँ। मन जतिसुकै आत्तिए पनि विकासको अगाडि कमजोर बन्दिनँ। ऊ खुसी भएको हेरेर खुसी हुने प्रयास गर्छु। त्यही अफिसमा आफ्नो कामलाई निरन्तरता दिन्छु। आखिर आफ्नो मायालाई त हरेक दिन हेर्न पाउँछु।’ रात छर्लंग बित्यो, एक पल पनि ननिदाइकनै। उठेँ र उही नित्य कर्मतर्फ लागेँ।  

सदाझैँ आफ्नो काम गर्दै थिएँ अफिसमा। सधैँ बोलेर मात्र आफ्नो रुम छिर्ने विकास लुसुक्क कोठामा छि-यो, एक शब्द पनि बोलेन। आफूले औधि माया गर्ने मान्छेको त्यो व्यवहारले कता–कता नरमाइलो लाग्यो। अनि आफैँ गएँ उसको कोठामा। र, सोधेँ पनि– हेलो विकास सर, के छ हालखबर ? भगवान्ले पनि कति धेरै आशीर्वाद दिएका हगि, हाम्रो पनि भाग्य यस्तै भए त...।  

‘साँच्चै तिमीले केही अन्यथा लिएकी छैनौ नि ?’ उसले थप्यो, ‘मैले अर्पणाले राखेको प्रेम प्रस्ताव स्विकारेर ठीक गरेँ नि ? तिम्रो मनमा मप्रति नराम्रो त छैन नि ? केही समय हामी नजिक भयौँ, त्यसलाई तिमीले गहिरिएर नलिनू। मेरो इच्छा आकांक्षा धेरै ठूलो छ, अर्थात् मलाई जीवनमा धेरै पैसा कमाउनु छ।’  

विकास बोलिरहेको थियो। मलाई भने उसका कुरा कपासभन्दा पनि हल्का लागिरहेको थियो। उसको पैसाप्रतिको लगाव अनि माया र जीवनप्रतिको नजरअन्दाजप्रति दया लागिरहेको थियो। हुन त ऊ पहिले पनि यस्तै कुरा गथ्र्यो तर मैले यसलाई यसअघि कहिल्यै उसको कमजोरी ठानिनँ। मायामा चुर्लुम्म डुबेपछि यस्तै हुन्छ सायद। जेहोस्, आज भने म उसको कमजोरी ठ्याक्कै पत्तो पाउने अवस्थामा थिएँ।  

उसको कोठाबाट निस्कन के लागेकी थिएँ रिँगटा लागेर त्यहीँ लडेछु कुर्सीबाट। विकासले अस्पताल लग्यो। ब्लड चेकलगायत रिपोर्ट आएपछि डाक्टरले भने, ‘बधाई छ, तपाईंहरू आमा–बाबा बन्दै हुनुहुन्छ।’ 

आमा–बाबाले त मेरो समस्या बुझ्नुभएको थियो, तर समाजले बुझेन। धेरै नराम्रा लाञ्छना बेहोर्नुप-यो, मलगायत बाबा–आमाले समेत। साहै्र दिक्कलाग्दो र उराठलाग्दो जिन्दगी बित्दै थियो। 

आठ हप्ताको गर्भ भएकाले स्वास्थ्यको बढी नै ख्याल गर्न डाक्टर मलाई सम्झाउँदै थिए। लेखिदिएको भिटामिन समयमै खान पनि सुझाउँदै थिए। म डाक्टरको कुरा एकनाशले सुनिरहेकी थिएँ, त्यतिबेलै विकास भने ‘एकैछिन है’ भनेर निस्कियो बाहिर।  

‘विदुषी मेरो जीवनमा बाधा नहाल। यो बच्चा गर्भपतन गरेर फालिदेऊ। मेरो जीवनमा फर्केर कहिल्यै नआऊ। मैले तिमीलाई कहिल्यै माया गरेको छैन। केवल समय पास गरेको थिएँ,’ उसले जाँदाजाँदै अस्पतालको पालेलाई छाडेको चिठीमा लेखिएको रहेछ।  

आफूप्रति आफँैलाई घृणा लाग्यो, कस्तो स्वार्थी मान्छेलाई मनको राजा बनाएँ भनेर। अनि फेरि प्रण गरेँ– म भविष्यमा धेरै सफलता हासिल गरेर उसलाई देखाइदिन्छु।  

आमा–बाबाले त मेरो समस्या बुझ्नुभएको थियो, तर समाजले बुझेन। धेरै नराम्रा लाञ्छना बेहोर्नुप-यो, मलगायत बाबा–आमाले समेत। साहै्र दिक्कलाग्दो र उराठलाग्दो जिन्दगी बित्दै थियो। यहीबीचमा न्युयोर्कमा एउटा मल्टी नेसनल कम्पनीमा काम पाएँ। आज मसँग के छैन, नाम छ, इज्जत छ, धन छ। तर, यतिबेला मेरा यी कुनै पनि सम्पत्ति र वैभवले काम गरेका छैनन्। त्यसैले त कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा छु। हिम्मत भने हारेकी छैन, किनकि मेरो लक्ष्य पूरा गर्न पनि भाइरसलाई जित्नै छ मैले।

प्यारो छोरा मात्र होइन, सबैले दुत्कारेका बेला आफ्नो अँगालो फैलाएर मलाई मायाको असिम सागर उपलब्ध गराउने बाबा–आमाको गुन तिर्नु छ। जसले आज न्युयोर्कजस्तो दुनियाँको सपनाको सहरमा मलाई सक्षम बन्ने वातावरण उपलब्ध गराउनुभयो। उता विकास, जो म गर्भवती बनेको थाहा पाएपछि ‘अब ब्ल्याकमेल गर्छे’ भनेर कुलेलम ठोकेको थियो, उसलाई पनि म ऊजस्तो स्वार्थी होइन र मेरो माया सच्चा थियो भनेर प्रमाणित गर्नु छ। त्यसैले पनि कोभिड–१९ लाई जितेर स्वदेश फर्कनु मेरा लागि अपरिहार्य छ।  

यतिबेला जीवनप्रति मेरो कुनै प्रश्न छैन। छ त परिवार र समाजप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी। अचेल त लाग्छ– यो माया भनुँ वा प्रेम, सकारात्मक लिन सक्यो भने धोकामा पनि आत्मबल मिल्दोरहेछ।  

यस्तै सोच्दै थिएँ, कोठाभित्र एक्कासि प्रवेश गरेका डाक्टरको स्वर सुनियो– हेलो विदुषी, तपाईं ठीक भएर अर्को हप्ता नेपाल जान पाउनुहुनेछ, ‘प्लिज डन्ट वरी।’। 

प्रकाशित: १० आश्विन २०७७ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App