coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लागुऔषध मामिलामा एनसीबीले दीपिका पादुकोणसँग बयान लिने

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा देखिएको तथाकथित लागुऔषध कनेक्सनको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले केही कलाकारलाई सोधपुछका लागि पत्र पठाएको छ।

एनसीबीले रकुल प्रीत सिंह र दीपिका पादुकोणका म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछका लागि बोलाएको छ। रकुल प्रीत सिंहलाई २४ सेप्टेम्बरको एसीबीमा उपस्थित हुन भनिएको थियो। तर उनी उपस्थित नभएपछि एनसीबीले उनलाई सम्पर्कको प्रयास गरेको छ। यस पछि रकुलले त्यसलाई स्वीकार गर्दै आफ्नो ठेगान बताएकी छन्।

करिश्मा प्रकाशले स्वास्थ्यमा समस्या आएका कारण एनसीबीसँग एक दिनको समय मागेका थिए। यसै कारण एक दिनको समय दिएर उनलाई आज सोधपुछका लागि बोलाइएको हो।

दीपिका पादुकोणसँग सोधपुछका लागि शुक्रबारको दिन तय गरिएको थियो। अब उनीसँग २६ सेप्टेम्बरमा सोधपुछ गरिने भएको छ। उनी यसका लागि आफ्ना श्रीमान् रणबीर सिंहको साथ मुम्बई पुगिसकेकी छन्।

दीपिकाका अलवा शनिबार सारा अली खान र श्रद्धा कपुरलाई पनि सोधपुछका लागि बोलाइएको छ। यस अघि ब्यूरोले ८ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई लागुपदार्थको मामिलामा पक्राउ गरेको थियो।

 

प्रकाशित: ९ आश्विन २०७७ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App