coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुशान्त ‘आत्महत्या’ प्रकरणमा अभिनेत्री दीपिका पादुकोण पनि तानिइन्

दीपिका पादुकोण

भारतका अभिनेता सुशान्त सिंह राजपुतको ‘आत्महत्या’ प्रकरण अनुसन्धान क्रममा एकपछि अर्काे नयाँ रहस्य खुल्दै गएको छ।  

राजपुतको मृत्यु घटनामा लागुऔषध कोणबाट पनि अनुसन्धान गर्ने क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिन आइपुगेको हो।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार दीपिका पादुकोण र उनका म्यानेजर करिश्मा प्रकाशबीच लागुऔषधबारे भएको च्याट पत्ता लागेपछि लागुऔषधबारे अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आज करिश्मालाई सोधपुछका लागि बोलाएको छ।

स्रोतका अनुसार दीपिकालाई पनि यही हप्ता सोधपुछका लागि एनसिबीले बोलाउने सम्भावना छ। दीपिका र उनका म्यानेजर करिश्माबीच लागुऔषधबारे च्याटमा भएको कुराकानी अहिले भाइरल भइरहेको छ।  

एनसिबीले सुशान्तकी प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीका म्यानेजर जया साहसँग पनि बयान लिइरहेको छ।  

रियाको न्यायिक हिरासत आज पूरा हुने

लागुऔषध मामिलामा यही सेप्टेम्बर ८ मा पक्राउ परेकी रिया चक्रवर्तीको हिरासत अवधि आज पूरा हुँदै छ। भिडियो कन्फ्रेन्समार्फत उनलाई अदालत पेस गरिनेछ। उनका वकिल सतिश मानसिन्देले फेरि एकपटक जमानतमा रिहा गर्न माग गर्नेछन्। यसअघिको माग खारेज गर्दै उनलाई हिरासतमा राखिएको हो।  

दीपिकाका म्यानेजर करिश्मा र रियाका म्यानेजर जया एउटै व्यवस्थापन कम्पनी क्वानमा काम गर्छन्। यो कम्पनीले सेलिब्रेटीहरूलाई प्रतिभावान् प्रबन्धक प्रदान गर्छ। एनसिबीले जयालाई आज पनि बयानका लागि बोलाएको छ। यसअघि सोमबार उनीसँग ४ घण्टा बयान लिइएको थियो। करिश्मा र जयासहित आज सुशान्तका म्यानेजर रहेका श्रुति मोदी र क्वानका निर्देशक ध्रुवसँग पनि एनसिबीले बयान लिने दैनिक भास्करले लेखेको खबरमा उल्लेख छ।  

रियासँग बयान लिने क्रममा महत्वपूर्ण जानकारी प्राप्त

एनसिबीले रियासँग बयान लिने क्रममा महत्वपूर्ण जानकारी प्राप्त गरेको छ। स्रोतका अनुसार लागुऔषध सेवन एवं कारोबारमा अली खान, रकुल प्रित सिंह र डिजाइनर सिमोन खम्बाटालगायत धेरै सेलिब्रेटीको नाम उनले खुलासा गरेकी छन्।  अनुसन्धान एजेन्सीले अहिलेसम्म २० जना गिरफ्तार गरिसकेको छ। जसमा रियाका भाइ शौविक चक्रवर्ती, सुशान्तका कर्मचारीलगायत छन्।  

यो पनि पढ्नुहोस्

रिया चक्रवर्तीको खुलासा : बलिउडमा १५ ‘सेलिब्रिटी’ लागुऔषधमा संलग्न

प्रकाशित: ६ आश्विन २०७७ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App