७ वैशाख २०८१ शुक्रबार
कला

अनुराग कश्यपलाई पूर्व श्रीमतीको साथ, पायल घोषलाई ऋचा चड्ढाको कानुनी नोटिस

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पिडनको आरोपमा अनुराग कश्यपका दुवै पूर्व श्रीमतीले अनुरागलाई साथ दिएका छन्। अनुरागकी पहिली श्रीमती आरती बजाले इन्स्टाग्राममा पोष्ट गर्दै भनेकी छन्, ‘अनुराग कश्यप तिमी रकस्टार हौ। महिलाई सशक्त बनाउने जस्ता काम पनि गर्दै आएका छौ। महिलाका लागि सुरक्षित स्थान तयार पनि गर्दै आएका छौं। त्यसमा म पहिले हाम्रै छोरीको साथलाई हेर्छु। संसारमा थोरै पनि इमानदारिता बचेको छैन र संसार बेकार मानिसले भरिएको छ। मानिस घ्रिणा गर्नमा आफ्नो उर्जा लगाउँछन्। त्यही उर्जा रचनात्मक काममा लगाए संसार राम्रो हुने थियो।’

आरतीले थप लेखेकी छन्, ‘अहिलेको घटिया स्टंट देखेर पहिला त रिस उठ्यो फेरी हाँसो लाग्यो। मलाई तिमी यसमा परेकोमा दु:ख लागेको छ। तिमी हमेसा उचाईमा छौ र आफ्नो आवाज उठाउन जारी राख। हामी तिमीलाई माया गर्छौं।’

अनुरागकी दोस्रो श्रीमती कल्की केकलांले इन्स्टामा पोष्ट गर्दै भनेकी छन्, ‘डियर अनुराग, यो सोसल मीडिया तमासाको आफैप्रति हावी हुन नदेउ। आफ्नो स्क्रिप्टमा महिला स्वतन्त्रताका लागि तिमी लडेका छौं। व्यवसायीक र निजी जीवनमा तिमीले महिलाको गरिमा सुरक्षित गरेकी छौं। दुवै ठाउँमा तिमीले महिलालाई बराबरीको स्थान दिएका छौं। तलाकपछि पनि तिमी मेरो सम्मानको लागि उभियौ। जब हामी सँगै थिएनौ त्यो समय पनि काम गर्ने ठाउँमा असुरक्षित महसुस गर्दा तिम्रो साथ थियो।’

उनले अगाडि लेखेकी छन्, ‘यहाँ खतरनाक खेल चलेको छ। कुनै नतिजाबारे सोच विचार नगरी कसैमाथि कुनै पनि आरोप लगाइन्छ। यसले परिवार, साथी तथा देशलाई वर्वाद गरिरहेको छ। आफ्नो गरिमालाई कुनै हालतमा नछोड। आफ्नो स्थानमा टिकीराख। जुन काम गरिरहेका छौं, त्यो गरिराख। पूर्वपत्नीको तर्फबाट माया।’

अभिनेत्री पायल घोषले एक ट्वीट गर्दै अनुरागमाथि यौन उत्पिडन गरेको आरोप लगाएकी थिइन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोगसमेत मागेकी थिइन्।

यता ऋचा चड्डाले पायललाई गलत गरिकाले आफ्नो नाम यस प्रकरणमा लिएको भन्दै कानुनी नोटिस पठाएकी छन्। वर्तमान अवस्थामा हार्ड कपी पठाउन सम्भव नभएपछि सफ्ट कपी उनलाई पठाइएको जनाइएको छ।

 

 

प्रकाशित: ६ आश्विन २०७७ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App