६ वैशाख २०८१ बिहीबार
कला

बिर्सनेहरूलाई एउटै बहाना काफी हुन्छ

गजल

शरण खत्री मृदुल

 

बिर्सनेहरूलाई त केवल एउटै बहाना काफी हुन्छ

तिमी भेटिन्नौ तर मलाई तिम्रै सम्झना काफी हुन्छ ।

 

इमानदारहरूका त दिन सकिदै जान थालेछन्

ढाँट्ने – छल्नेहरूकै लागि यो जमाना  काफी हुन्छ ।

 

देखेर मात्रै के गर्नु यहाँ हजारहजार सपनाहरू

पूरा गर्नेहरूलाई त केवल एउटै सपना काफी  हुन्छ ।

 

मान्छेहरू अर्काकै पसीनामा चर्न पाए रमाउँछन्

सोच्दैनन् आफ्नै श्रमको सुकाचाराना काफी हुन्छ ।

 

देश विकासका अनगिन्ती मोडेलहरू हेरिन्छन्

सोचिन्न गर्नेहरूका लागि एउटै नमूना काफी हुन्छ ।

 

के दिन्छौ भेट भैहालेमा एउटा तस्वीर छोडेर जाऊ

त्यही तस्वीरसँग आउने मलाई तिम्रो कल्पना काफी हुन्छ ।

प्रकाशित: ५ आश्विन २०७७ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App