coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रदेश १ मा बन्यो 'प्रदेश पाश्र्वचित्र'

समग्र प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तु समेटेर प्रदेश १ सरकारले आइतबार 'प्रदेश पाश्र्वचित्र' सार्वजनिक गरेको छ।

पुस्तककार रुपमा तयार पारिएको पाश्र्वचित्रले प्रदेशको आधारभूत सूचनाको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नै नेपालको विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्ने र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक सूचना उपलब्ध गराउने मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

मुख्यमन्त्री राईले प्रदेश गठन भए यतादेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्फ अगाडि बढेको तथ्याङ्कले प्रस्ट पारेको दाबी पनि गरे। मुख्यमन्त्री राईले केही दिन भित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका उपलब्धि जनतासमक्ष सार्वजनिक गर्ने जानकारी पनि दिए।

प्रकाशित: ४ आश्विन २०७७ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App