coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

देश

कविता

 सरु पोखरेल

 

तिमी देशलाई  

मात्र भूगोल ठान्छौ

देश भन्नु त

वर्षौदेखि जमेको रगत,  पसीना र  आँसुको

एउटा दह पनि हो  

नपत्याए छोई हेर  

तिमीले टेकेको धर्तीको माटोलाई

त्यो अझै ओसिलो छ ।

प्रकाशित: ४ आश्विन २०७७ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App