७ वैशाख २०८१ शुक्रबार
कला

सुनौलो बिहान

रश्मीका आमा–छोरालाई अस्पतालबाट घर लिएर आउँदा साँझलाई रातले निल्न खोज्दै थियो।  

भर्खरै दशैँ–तिहार सकिएको, शरद ऋतुले बिदा माग्दै थियो, जाडो यामले क्रमशः आफ्नो प्रभाव जमाउँदै थियो। मैले खाना बनाउँदा भान्सानजिकै अर्को कोठाको पलङमा छोरालाई काखमा लिएर बसेकी रश्मी टोलाइरहेकी थिइन्, एक प्रकारको चिसो मन लिएर।  

उनले भान्सामा मलाई सघाउँछु भनेकी थिइन्, मैले दिइनँ। भनिन्छ, भारी वा रित्तो मन लिएर भान्सामा जाँदा होस नभएर भाँडा मात्रै बज्न पुग्छन्। त्यसैले मैले उनलाई आराम गर्न भनेकी थिएँ।  

खाना पाकेपछि उनलाई बोलाएँ, घरका सबैसँग खाना खान उनले अप्ठेरो मानिन्। परिवारमा मेरो श्रीमान् आकाश, आकाशका आमाबुवा र म नै हौँ। आकाश र आमाबुवाले खाइसकेपछि मात्रै चार वर्षको छोरालाई काखी च्यापेर उनी आइन्। उनी परिवारकी कान्छी छोरी, हाम्रो नाता नन्द–भाउज्यूको।  

म बिहे गरेर आउँदा उनका गालामा लाली चढ्दै थियो, कति निर्दोष थिइन् त्यतिबेला। मेलै देख्दादेख्दै छोटो समयमै उनको जीवनमा धेरै फेरबदल आए।

बिहान माइत आएकी रश्मीलाई कार्यालय जाँदै गरेका आकाशले घरछेउमा भेटेर भनेका रहेछन्, ‘मेरो दैलो नटेक्नू।’

म पनि खाइवरी ओछ्यानमा पल्टेँ। थाहा भएन, उनी सुतिन् कि बिरामी छोरो रुँगेर बसिन् ! यता मेरो निदाउने प्रयास भने असफल भइरहेको थियो। मनमा आएका अनेक तर्कनाले मलाई निदाउन दिइरहेका थिएनन्। मेरो आँखामा बिहानदेखि दिनभरका दृश्यसँगै विगतका थुप्रै दृश्य उत्रिरहेका थिए।  

बिहान रश्मी ढोकाबाहिरै रोइरहेकी थिइन्।  

‘आम्मै !  माइत आएकी छोरी भित्र नपसी किन ढोकैमा रोएर बसेकी ? के भयो तँलाई ? घरको समस्या घरभित्रै सुल्झाउनुपर्छ। यसरी बाहिर तमासा देखाएर हुन्छ ?’ छिमेकी काकीको आवाज मेरो कानमा ठोक्कियो। कसलाई पो भन्दै हुनुहुन्छ !  मैले आफू सुत्ने कोठा सफा गर्दै थिएँ, हातमा कुचो बोकेरै झ्यालबाट चियाएँ– छिमेकी काकी रश्मीलाई सम्झाउँदै हुनुहुँदोरहेछ।

केही महिना बित्यो, वसन्त ऋतु आइसकेको थियो। रश्मीले एउटा बैंकमा जागिर गर्न थालेकी थिइन्। एक बिहान, बुवा बैठक कक्षमा चिया पिउँदै पत्रिका पढ्दै हुनुहुन्थ्यो। उहाँको आँसुले पत्रिका भिजिरहेको थियो।  

‘दाइले मेरो दैलो नटेक्नू, तेरा लागि माइती मरिसके भन्नुभएको छ। यहाँ नआएर कहाँ जाउँ काकी म ? छोरो अस्पतालमा छ, औषधि गर्न एक पैसा छैन। आत्महत्या गरौँ भने छोरोलाई कसले हेर्छ ? भन्नुस् काकी म के गरुँ ?’ रश्मीले शब्दसँगै आँसु खसालेको दृश्यले मलाई पोल्यो।

निकै सुझबुझपूर्ण हुनुहुन्छ छिमेकी काकी। ‘रगतको नाता वचनले टुट्छ र ? सबैभन्दा बलियो नाता भनेकै रगतको हो। छोरा–छोरीले गरेको सानातिना गल्तीमा आमा–बाबुले सधैँ माफी दिएकै हुन्छन्, केही गुनासो पोखे पनि। नआत्तिनु छोरी, सब ठीक हुन्छ,’ काकी ढाडस दिँदै हुनुहुन्थ्यो रश्मीलाई। रश्मीको सुँकसुँकी भने रोकिएको थिएन।

आखिर म पनि महिला हुँ। एउटी महिलाले अर्की महिलाको अविरल आँसु कसरी हेर्न सक्थेँ र ! म बाहिर आएँ, रश्मीलाई लिन। रश्मीभित्र आउन मानेकी थिइनन्, मन भारी भएर होला, उनका गोडा चलेका थिएनन्। बल्लतल्ल काकी र मेरो जोडबलले उनलाई घरभित्र ल्यायौँ।

खैलाबैला र रुवाबासी सुनेपछि सासूआमा पनि ‘के भो’ भनेर आत्तिँदै आउनुभयो। रश्मीलाई देखेपछि जिब्रो टोक्नुभयो र भन्नुभयो, ‘वर्षा, किन भित्र ल्याएकी यसलाई ? योसँग अब हाम्रो कुनै नाता छैन। उसका दाजु र बाबाले देखे भने के भन्लान् ? यहाँबाट गइहाल्न भन, जहाँसुकै जाओस्।’  

केही कम भएको रश्मीको सुँक्क सुँक्कको गति फेरि बढ्न थाल्यो। आमाका वचनका अगाडि उनको आँसुले कुनै मूल्य पाइरहेको थिएन। सायद चेलीप्रति माइतीको मन मरेपछि यस्तै हुन्छ ! माइतीको एउटी चेलीप्रतिको यो कठोरताले मलाई पनि बिझाइरहेको थियो।  

‘तपाईंहरू के गर्दै हुनुहुन्छ, म त बुझ्नै सकिरहेकी छैन ! कति कठोर बन्न सकेको ? पहिले उसको आँसु त पुछ्नुस्। कमजोरी र गल्ती त त्यसपछि केलाए भइहाल्यो नि !’ काकीले अलि ठूलो स्वर गर्नुभयो। आमाको वचनले काकीलाई पनि रिस उठेछ। उहाँले घुक्र्याउनुभयो, ‘उसलाई सम्मानसाथ राख्ने भए राख, नत्र मेरै घरमा लान्छु।’  

आमा न हुनुभयो, छोरीप्रति उहाँको मन पग्लिहाल्यो। मलाई भन्नुभयो, ‘वर्षा, जाऊ यसलाई खान देऊ। अनि नन्द–भाउजू चाँडै अस्पताल जाऊ। छोरालाई धेरैबेर एक्लै छाड्नुहुन्न, केही भइहाल्यो भने ! मेरो सिरानीमा पर्स छ, चाहिने पैसा लिएर जाऊ।’

मेरो ससुराबुवा केही बोल्नुभएन। उहाँ प्रायः आफ्नै कोठामा व्यस्त हुनुहुन्छ। बैंकको जागिरे जीवनबाट अवकाश लिएपछि उहाँले समाजसेवामा रुचि देखाउनुभएको छ। टोलको बैठकमा सामेल भइरहनुहुन्छ, वृद्धहरूको अधिकारको कुरा गर्नुहुन्छ।  

हामी अस्पताल गयौँ। भाञ्जा रोइरहेका थिए, आमालाई खोज्दै। मान्छेहरू कुरा गर्दै थिए, ‘यसकी आमा औषधि लिन जान्छु भनेर भागी, कस्ती पापिनी रैछ !’

हामी पुगेपछि उनीहरु खासखुस गर्न थाले। हामी कसैलाई वास्ता नगरी भाञ्जाको छेउमा गएर बस्यौँ। त्यसपछि मैले रश्मीलाई सुन्नु थियो। भाञ्जालाई डिस्चार्ज गरेर घर आउँदासम्म हामीबीच लामो भलाकुसारी चल्यो। 

६–७ वर्षअगाडिको कुरा हो– हरेक दिनजसो नयाँ–नयाँ, त्यो पनि महँगा सामान लिएर उनी घर फर्किन्थिन्। भन्थिन्, ‘फलानो केटा साथीले उपहार दिएको।’ अत्यन्तै राम्री थिइन्। 

रश्मीको बिहे सहरको हुनेखाने केटासँग भएको थियो, जो बेलायतमा पढेर आएका थिए। निकै धनी भएकाले रश्मीमा पनि त्यसको मात चढेको थियो। आफ्नै बुवालाई बस कुरिरहेको ठाउँमा देखे पनि लिफ्ट दिनुपर्ला भनेर सिसा पूरै लगाउँथिन् र कालो सिसाले छोपिएर हुइँकिन्थिन्। माइतीलाई त गन्दै नगन्ने, गरिब भनेर। उनका आमा–बाबु मात्र होइन, आकाश र मलाई पनि भेट्दिनथिन्, विभिन्न बहाना गरेर।

म यस घरमा भित्रिएदेखि नै रश्मीसँग धेरै नजिक थिएँ। नाताले हामी नन्द–भाउजू भए पनि व्यवहारमा साथीजस्तै थियौँ। उनले कलेजमा भएका हरेक कुरा मसँग सेयर गर्थिन्।  

६–७ वर्षअगाडिको कुरा हो– हरेक दिनजसो नयाँ–नयाँ, त्यो पनि महँगा सामान लिएर उनी घर फर्किन्थिन्। भन्थिन्, ‘फलानो केटा साथीले उपहार दिएको।’ अत्यन्तै राम्री थिइन्। उमेर पनि उस्तै, चञ्चले हुने भइहालिन्। सबैसँग हँसिमजाक गर्ने, बोल्न पनि नलजाउने। उनको स्वभाव र आनिबानीले मलाई भने डर लाग्थ्यो– कतै कसैले फसाउने त हैन ? म यही कुरा उनलाई बारम्बार सम्झाइरहन्थेँ। हाँसो मिश्रित प्रतिक्रिया हुने गथ्र्यो उनको– भाउजू पनि, हरेक कुरालाई कति सिरियस्ली लिनुहुन्छ, ती सबै साथी हुन् क्या !

उनले आफ्नो खुसीले बिहे गर्न पाएकी होइनन्। बेलायत पढेर आएको, धनीमानी, नजिकको पनि भनेर बाबु–आमाले उही केटोसँग बिहे गरिदिन खोज्नुभयो। रश्मीले धेरै दिनसम्म निर्णय दिइनन्। सायद उनी आफैँ आफ्ना लागि जीवनसाथी खोज्न र रोज्न चाहन्थिन्। र, सायद उनी आफ्नो स्वतन्त्र जीवनलाई केही समय निरन्तरता दिन चाहन्थिन्। पुरुषप्रतिको उनको धारणा र रुचि कस्तो हो भन्ने मैले बुझ्न सकिरहेकी थिइनँ। तर, मैले सम्झाइरहन्थेँ, ‘एउटासँग घरजम गर्नुपर्छ नानी। आफ्नो इज्जतको पनि ख्याल गर्नुपर्छ।’

समाज र परिवारमा इज्जतको ठेक्का महिलाको मात्रै हो र ? महिलाको इज्जतमा दाग लाग्छ भने त्यसमा पुरुषकै हात हुन्छ– यस्तो जानिजानी पनि मैले रश्मीलाई आफ्नो र परिवारको इज्जतको ख्याल गर्न सम्झाइरहन्थेँ।  

आखिर उनले चाहेको स्वतन्त्रताले उनकै अगाडि घुँडा टेक्यो र उनले परिवारले खोजिदिएकै केटासँग बिहे गर्न बाध्य भइन्।

बिहे धुमधामसँगै भयो। उनको बिहेको खबरले उनलाई ‘सपनाको राजकुमारी’ ठान्नेहरु कति त पागलै भए। यस्ता कुरा कसरी कसरी हाम्रो घरसम्मै आएका थिए।

रश्मीको घर–व्यवहार भने दिन–प्रतिदिन राम्रो हुँदै गयो। यसबीचमा उनीहरू विदेश भ्रमण पनि गए। चेली खुसी भएपछि हामी खुसी हुने भइहाल्यौँ। दिन यसैगरी बितिरहेका थिए।

एक दिन, अकस्मात खबर आयो– ज्वाइँ दुर्घटनामा पर्नुभयो, उहाँको हालत खराब छ।

उपचारमा कुनै कसर बाँकी राखिएन, तर उहाँलाई बचाउन सकिएन। पछि थाहा भयो– कलेज पढ्दा रश्मीलाई मन पराउने केटामध्येको एकले सुनियोजित रूपमै दुर्घटना गराएको रहेछ।  

ज्वाइँको निधन हुँदा रश्मी दुई जिउकी थिइन्। गुलाफजस्तै फक्रेकी चेलीको मुहारबाट जीवनका रंगहरू उड्दै थिए। निकै दिन उनी रंगहीन नै रहिन्। यही बेला हाम्रो परिवारमा रश्मीको नियतिलाई लिएर धेरै कुरा भए, निष्कर्ष एउटै निस्कन्थ्यो– उसलाई स्कुले र कलेज जीवनमा ख्याल गरिएन, उसको भावना बुझिएन।  

खासमा उनले पत्रकारिता पढ्न चाहिन्थिन् तर बुवाले म्यानेजमेन्ट पढाउनुभयो। किनकि उहाँले छोरीलाई बैंकिङ क्षेत्रमै लगाउन चाहनुहुन्थ्यो। बुवाले एकपटक लामो श्वास तानेर भन्नुभयो, ‘त्यसले चाहेको पढ्न नदिएर पनि गल्ती गरेँछु।’  

यसरी शब्दमै प्रायश्चित गरेको देखेर बुवाप्रति मेरो एक किसिमको सम्मान बढेको थियो, तर धेरै कुरा ढिला भइसकेको थियो।  

बुवाको प्रायश्चितले म भने दृढ भएकी थिएँ– मैले मेरी छोरीको चाहना बुझ्ने कोसिस अवश्य गर्नेछु।  

श्रीमान्को मृत्यु भएपछि रश्मी निकै दिन आफ्नै घरको कोठामै थुनिएर बस्न थालेको खबर आउँथ्यो। उनले आफैँलाई पनि केयर गर्न छाडेकी थिइन्। छोरालाई खासै हेरविचार नगर्ने। यसले हामीलाई झन् चिन्तित बनाउँदै लगेको थियो।

यसरी नै दुई वर्षजति बित्यो, एक दिन कसैले रश्मीलाई अपत्यारिलो प्रस्ताव गरेछ– छोरासहित बुहारी बनाउने।  

रश्मीले त मानेकी थिइनन्, तर उनको अवस्था देखेर माइती र घरका सबैको एउटै चाहना थियो, उनको दोस्रो बिहे होस्।  

रश्मीका ससुराबुवाले त एकपटक हाम्रै घरमा आएर स्पष्ट भन्नुभएको थियो, ‘रश्मी मेरी छोरीजस्तै बुहारी हो। यिनको दोस्रो बिहे गरिदिन पाए, यो मनले शान्ति पाउँथ्यो।’

हामी सबैको जोडबलले रश्मीको दोस्रो बिहे भयो। केही दिनपछि थाहा भयो– रश्मीका श्रीमान्को चाला राम्रो रहेनछ। उनी रातभर क्लब जाँदा रहेछन्। उनले प्रायः बाहिरै मोजमस्तीमा पैसा उडाउने र दिन बिताउने गर्दा रहेछन्। मदिराको पनि लत रहेछ। यही कुलतबाट छुटाउन परिवारले बिहे गरिदिएको रहेछ। तर, उल्टो भयो, उनले श्रीमतीलाई नै कुलतमा फसाए। हुँदाहुँदा बुढाबुढी नै रातमा क्लब जान थाले। बिस्तारै रश्मी पनि श्रीमान्कै जस्तो जीवनशैलीमा रमाउन थालिन्। छोरालाई अर्काको भरमा छाडेर बाहिरी संसारको रमाइलोमा झुम्न थालिन्। यसरी क्लब हिँड्ने क्रममा रश्मीका अनेक प्रकारका केटा साथी बने। उनको एउटा केटा साथीप्रति श्रीमान्ले शंका गरेछन्। शंका र झगडा बढ्दै गएपछि एक दिन श्रीमान्ले भने, ‘तँ यस घरमा बस्न लायक छैनस्।’ उनले घर छाडेर त निस्किन्, जाने कहाँ ?  

सुरुमा सिधै माइती आउन नसकेर कतै डेरा लिएर बसेकी थिइन्। छोरा बिरामी परे, उपचार गर्ने एक पैसा भएन। यतिसम्मको घटना भएको रश्मीका पहिलो श्रीमान्को परिवारलाई थाहा भएन। किनभने यो निकै छिटो हुन पुगेको थियो।  

यता माइतीतिर इज्जत फाली भनेर रश्मीसँग सबै रिसाएका थिए। जे भए पनि माइती त माइती नै हुन्। उनी अन्तिम गुहार माग्न माइतीको दैलोसम्म आएकी थिइन्।  

भर्खरै साँझको खाना खाने बेला उनले भनेकी थिइन्, ‘भाउजु, अब म जागिर गर्छु। वा, केही व्यापार गर्छु, आफ्नै  खुट्टामा उभिन्छु। तपाईं मलाई सहयोग गर्नुस्। बरु भनिदिनुहुन्थ्यो भने बुवाले चाहेको बैंककै जागिर गर्थें।’  

कुरा ठीकै हो, तत्कालै जागिर खान भनसुन नै चाहिन्थ्यो। त्यही बेला बुवा ढोकामा आउनुभएको रहेछ, केही नबोली फर्कनुभयो। छोरीको परिपक्व निर्णय सुनेर उहाँ खुसी हुनुभयो कि ? म यस्तै सोच्दै थिएँ। भुसुक्कै निदाएँछु।  

अर्को बिहान, बैठक कक्षमा चिया पिउँदै बुवाले पत्रिका पढ्दै भन्नुभयो, ‘किन बैंकमा जागिर खानुप¥यो ? पत्रकारिताकै तालिम लिन पनि पाइन्छ। अझै उमेर गएको छैन, पत्रकारिता पढे पनि भयो।’  

नजिकै कोठामा रश्मी र म थियौँ, बुवाको कुरा सुनेर रश्मीले बरर्र आँसु झारिन्। निकैबेर सन्नाटा छायो, कोही बोलेका थिएनौँ।  

खै कसको फोन आएर बुवा फोनमा बोल्न थाल्नुभयो।  

रश्मीले मलाई भनिन्, ‘भाउजु, बुवालाई भनिदिनु, म अहिले जागिर नै गर्छु।’
०००

केही महिना बित्यो, वसन्त ऋतु आइसकेको थियो। रश्मीले एउटा बैंकमा जागिर गर्न थालेकी थिइन्। एक बिहान, बुवा बैठक कक्षमा चिया पिउँदै पत्रिका पढ्दै हुनुहुन्थ्यो। उहाँको आँसुले पत्रिका भिजिरहेको थियो।  

‘के भयो हजुरलाई ?’ सासुआमाले चर्को स्वर गर्नुभयो। आकाश र म दौडँदै बुवाको छेउमा पुग्यौँ। रश्मीको आलेख छापिएको रहेछ।

आलेखमा उनले आफ्नै कथा लेखेकी थिइन्। आलेख स्पष्ट थियो– आफू सुध्रेर अगाडि बढ्न चाहेको, माइती र आफन्तसँग माफी मागेको, स्कुले र कलेज जीवनमा आफ्नो रुचि परिवारले नबुझेको, इज्जत जोगाउने सवालमा समाजले महिलालाई हेर्ने दृष्टिकोण, पुरुषले गर्ने महिलाहिंसा...।

आफ्नो आलेख बुवाले पढ्दै गरेको रश्मीलाई थाहा रहेछ, त्यसैले उनी ढुक्कले अफिस जाने तयारी गर्दै थिइन्। उनी अफिस निस्कँदै गर्दा बुवा केही नबोली उनको अगाडि उभिनुभयो। एकछिन दुवैले मुखामुख गरे। हामी पनि अलमलमा प¥यौँ। बुवाले रश्मीलाई अँगालोमा लिँदै भन्नुभयो, ‘स्याबास, आखिर छोरी कसकी हो ? अब निरन्तर लेखिरहनु। बैंकको जागिरे पनि भयौ, लेखक–पत्रकार पनि भयौ। अनि, मेरो आँखा पनि खोलिदियौ। अब मजस्तै थुप्रै अभिभावकको आँखा खोलिदिनू।’
०००

प्रकाशित: ३ आश्विन २०७७ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App