coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दयाहाङ रेडपाण्डा संरक्षण दूत

अभिनेता दयाहाङ राई रेडपाण्डा नेटवर्क संरक्षण दुतमा नियुक्त भएका छन्। रेडपाण्डा नेटर्वकले  दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षण र चोरी तस्करीको विरुद्धमा जनचेतना जगाउनका लागि सहयोग गर्ने गरी दयाहाङलाई दुत नियुक्त गरेको हो।

नेपालका विभिन्न जिल्लामा रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गरिहेको  नेटवर्कले सचेतनामूलक कामका लागि दुत नियुक्त गरेको जानकारी दिएको छ। नेटवर्कले विज्ञप्ती निकाल्दै यस्तो जानकारी दिएको हो। जनचेतनामूलक समाग्री तयार गर्ने तथा अन्य सचेतना जगाउने हिसाबले दुत नियुक्त गरिएको जानकारी गराइएको छ।  

नेटवर्कले १ बर्षका लागि सम्झौता गरेको हो। विज्ञप्तीमा नेटवर्ककका निर्देशक आङ फूरी शेर्पाले भनेका छन्,– ‘हामी नेपालका प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्न पाउँदा अत्यान्त हर्षित छौँ। यस सहकार्यको माध्यमबाट रेडपाण्डा संरक्षणको आवाजलाई आम–जनमासमा पु¥याउन सफल हुनेछौँ भन्ने कुरामा विश्वस्त छु।’

नेटवर्ककले नेपालका दश जिल्लामा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।  रेडपाण्डाको अनुमन तथा अनुसन्धान, जनचेतना, बासस्थानको पहिचान तथा व्यवस्थापन, स्थानीयको दिगो जीविकोपार्जनमा सहयोग गर्ने कार्यक्रम सञ्चालनको भईरहेको नेटवर्कले जानकारी दिएको छ।  

प्रदेश १ का पाँचथर, इलाम, ताप्लेजुङमा समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालीत छ। यस्तै पूर्व रुकुम, पश्चिम रुकुम, रोल्पा, कालीकोट, जाजारकोट, डोल्पा र जुम्लामा यो कार्यक्रम सञ्चालित छ।  दश जिल्लाका ११  गैरसरहकारी संस्थासँग मिलेर यो कार्यक्रम सञ्चालन भइरहेको छ।  

प्रकाशित: २ आश्विन २०७७ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App