सीताराम नेपाल
मैले कलेजमा राष्ट्रियता र राष्ट्रवाद पढाउँदै थिएँ।
(राष्ट्रियता भनेको के हो ? यो कहिले र कहाँ उत्पन्न भयो ? यसलाई अङ्ग्रेजीमा के भनिन्छ ? परिभाषा मेरो प्रवचनको समय सकिएर छलफललाई छुट्टाएको समय सुरु भयो ।
निमेशले सोधे, ‘सैद्धान्तिक कुरा छाडेर व्यवहारमा हेरौं सर । कहाँ हुन्छ राष्ट्रियता र राष्ट्रवाद ।
मान्छेमा । मान्छेको मनमुटुमा हुन्छ राष्ट्रियता । प्रत्येकको धड्कनमा धड्किरहेको हुन्छु । म उत्तर दिदै गएँ।
के प्रत्येक व्यक्तिमा हुन्छ ? किसनले प्रश्न गर्यो ।
हुनैपर्छ र हुन्छ । तब न राष्ट्रका लागि हाँसीहाँसी बलिवेदिमा होमिन्छ मान्छे ।
उसो भए राष्ट्रघाती शब्द किन उत्पन्न भयो ? यो त राष्ट्रियता सँगैजसो विकास भएको होइन र सर । नमिताले सोधी ।
समाजमा चोर, डाँका, हत्यारा, अपराधी भएजस्तै २, ४ जना देशघाती धमिराहरू हुन्छन् । तिनीहरूले विदेशीको गुलाम बनेर राष्ट्रलाई प्रत्यक्षअप्रत्यक्ष घात गर्ने काम गर्न सक्छन् । त्यस्तालाई राष्ट्रघाती भनिन्छ ।
(म यो मान्दिन । यो त अन्ध राष्ट्रवादको कुतर्क मात्र हो । महेश कड्क्यो ।
राष्ट्रवादी र राष्ट्रघाती कसरी चिन्ने त सर ? सुरेशले सोध्यो ।
व्यवहारबाट सजिल्यै चिनिन्छ । मैले उत्तर दिएँ ।
( हाम्रो समाजमा राष्ट्रवादी धेरै छन् कि राष्ट्रघाती सर ?
एक विद्यार्थीले दोहोरयाएर प्रश्न नसोध्ने भने पनि महेशले फेरि सोध्यो ।
भैहाल्यो भनेर मैले जवाफ दिएँ , कुनै पनि समाजमा राष्ट्रवादी धेरै हुन्छन् । हाम्रोमा पनि ।
होइन सर । म यो मान्दै मान्दिन । ऊ रातोपीरो भएर बुरुक्क उफ्रयो ।
किन मैले सोधेँ ।
होला ? कसैले जानेर वा नजानेर ३२ सालमा नक्साबाट हटाएर अर्काको पोल्टामा हालेको कालापानी यतिन्जेल ९४४ वर्षसम्म० किन कसैले नखोजेको ? नक्साबाट हटाउनेलाई किन पहिचान गरी कार्यबाही नगरेको ? यसबाट हाम्रो देशमा राष्ट्रघाती धेरै छन् भन्ने प्रमाणित हुदैन र सर ? राष्ट्रघाती धेरै भएपछि तिनै राष्ट्रवादी हुन् ।
महेशले अनौठो तर्क गर्यो ।
विद्र्थीर्थीहरू राष्ट्रवादी राष्ट्रघाती कित्तामा विभक्त हुँदै थिए । समय सकिएकोले म बाहिरिएँ।
पछि थाहा भयो – राष्ट्रघातीको पक्षमा उफ्रीउफ्री चर्को कुरा गर्ने विद्यार्थी ३२ सालका विभागीय मन्त्रीका नाति र टिकापुर हत्याकान्डका एक अगुवा पो रहेछन् ।
प्रकाशित: २ आश्विन २०७७ ०९:१७ शुक्रबार