७ वैशाख २०८१ शुक्रबार
कला

पिसिआर रिपोर्ट

लघुकथा

टंकबहादुर आलेमगर  

 

नौमती बाजाको कर्कश आवाज सुनेर मान्छेहरू  घरबाहिर निस्किए हन यो कोरोना देसान लाग्या बेलामा कसको बिहे हो हँ बाजागाजासहितको ।

बाहिर ठूलो साउण्ड बक्समा बेहुलाको गोजीको स्मार्ट मोबाइलको ब्लूटुथको माध्यमद्वारा रेकर्डिङ  नौमती बाजा घन्किरहेको थियो । बेहुला लगायत पाँच जना जन्तो सामाजिक दूरी कायम गर्दै, सबैले माक्स लगाएर हिँडिरहेका थिए ।

‘हो यो बेला यस्तो बिहे हुनुपर्छ ।’  एकैस्वर थियो गाउँलेको ।

बेहुली घरको आँगनमा

दहीको ठेकी, सुपाडी, गहना, लुगामा सेनिटाइजर छरेर बेहुलीकी ठूली भाउजूले सबै समान राम्ररी हेर्दै भनिन् , ‘खै बेहुलाको पिसिआर रिपोर्ट ?’

बेहुला पक्ष ट्वाल्ल परे ।

अनुनयविनय काम लागेन ।

एक घण्टा नबित्दै विनबेहुली, बाजानगाजाको धुन , बेहुला र जन्ती त्यसरी नै सामाजिक दूरी बनाएर फर्किरहेछन्, घोस्से मुन्टो लाएर ।

‘के भयो ?’ उही गाउँलेको जिज्ञासा ।

‘बेहुलाको पिसिआर रिपोर्ट चाहियो अरे ।’ रुन्चे स्वर बेहुलाको भिनाजुको ।

प्रकाशित: ३१ भाद्र २०७७ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App