१६ चैत्र २०८० शुक्रबार
कला

मुटुमा घाउ लागेपछि

मुक्तक

शिव पलाँस 

 

     १) कसैलाई जहाज चढेर भाग्ने बनाएका छन्  

      कसैलाई आफ्नैपछि  लाग्ने बनाएका छन्    

      देश त जरुर बन्छ के नआत्तिनुस् न भन्या    

      बल्ल त  जनतालाई  माग्ने  बनाएका छन्  ।    

 

  २) भो  धेरै भावुक हुनु हुन्न कल्ले भन्या हो    

    आँसुले परेला धुनु हुन्न कल्ले भन्या हो    

    मुटुमा घाउ लागेपछि हाँस्न सक्छ कोही    

    छोरो मान्छे  भएर रुनु हुन्न कल्ले भन्या हो ?  

 

      ३) सरकारले बिउ दिँदैन, मल दिँदैन  

       किसानका समस्याको हल दिंदैन    

       परिणाम के हुन्छ थाहा होला  नि    

       यो साल धानले पनि कुनै फल दिँदैन ।    

 

    ४)  ढल्न लागेकाहरूको हात समाउनुपर्छ    

        दुखीगरीबको भलाइमा रमाउनुपर्छ

        धनसम्पतिले त कुबेरलाई पनि पुग्दैन  

        बाँच्दा जन्ती र मर्दा मलामी कमाउनुपर्छ ।  

 

   ५) जिब्रो कम्ती र पाखुरा ज्यादा चलाउँछु    

       पसीना बगाएर  सदैव पत्थर गलाउँछु    

      बेइमानहरूको सामुन्ने  किन शिर झुकाऊँ  

      जब कि मैले इमानको चुल्हो जलाउँछु ।   

प्रकाशित: ३१ भाद्र २०७७ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App