७ वैशाख २०८१ शुक्रबार
कला

जीवन ज्ञानको खोजी

कविता

सूर्य राई

 

जीवन के हो ?

जीवन ज्ञान कसरी लिने ?  

किताबमा ज्ञान पाइन्छ भन्ने सुनें,

धेरै किताब साहित्यकारले पढ्ने सुनें

तिनै संगतबाट

उपन्यास पढें,

कथा त कति पढेंपढें

तर, अहँ जीवन ज्ञान भेटिनं

खै  कहाँ भेटिन्छ जीवन ज्ञान ?

जीवन ज्ञान दिने शिक्षक, प्रोफेसर हुन् रे  

स्कुल, कलेज, विश्वविद्यालय धाएं

विद्वानको कुरा त कत्ति सुनेंसुनें

जुनजुन पढ्न भन्यो,  त्यहीत्यही पढें

पुस्तकालयहरू त कति धाएँधाएँ

फेरि अहँ जीवन ज्ञान पाइन

खै  कहाँ पाइन्छ जजीवन ज्ञान ?

राजनेताहरूसँग गएं

ठूल्ठूला शास्त्रका ठेलीहरू पाएं

रातदिन घोकें

ती शास्त्रीय ठेलीहरूबाट त झन्

अहँ  कुनै ज्ञानको दर्शन मिलेन,

झनै  भइयो ।

खै  कहाँ मिल्छ जीवन ज्ञान ?

जीवन ज्ञान खोज्दै जाँदा,

एकदिन भौतारिँदै सडकमा पुगेँ

मगन्ते सडक मानवहरूसँगै

जीवन कटाउन थालें

बल्ल पो थाहा भयो  

मान्छे के हो ?

शहर के हो ?

अनि  जीवन के रहेछ भनेर

शहरले जीवन धान्न सकेन,

झट्टारिएर गाउँमा बजारिन पुगें

पैचो खाएं, पर्म लगाएं, मेलो धाएं,

मेला, जन्ती र मलामी गएं,

अहो

बल्ल पो जीवन ज्ञान पाइयो  

छर्लंगै जीवन दर्शन भयो  

जय मातृभूमि !

प्रकाशित: ३० भाद्र २०७७ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App