१५ आश्विन २०७७ बिहीबार
कला

इमान

बालकथा

 शेखरकुमार श्रेष्ठ

 

“पार्वती, ए पार्वती आज छोरा किन मसँग टाढिएको छ ? म भित्र आउँदा त्यो बाहिर जान्छ । म बाहिर जाँदा त्यो भित्र जान्छ । त्यसको अनुहार याद गरेकी छ्यौ ? कतै गल्ती गरेर आएको जस्तो छ । त्यसको निधारको त्यो उज्यालो गायब छ ।”, बाबुले भने ।

“अहँ, केही गरेको छैन, गौरवले । तपाईलाई त्यस्तो लागेको होला । स्कुलबाट आएपछि किताब समाती पढ्दै छ ।”

लौ, तिमीहरूको आमाछोराको कुरा मिलेको भए म केही भन्दिनँ ।”  

छोरा माथ्लो तलामा भए पनि बाबुले गरेको कुरा सुनिरहेको थियो । उसले भ¥याङबाट तल चिहाएर हे¥यो । उसले बाबु बाहिर गएको र आमाले खाना पकाइरहनुभएको देख्यो । उसले बिस्तारै झोला खोल्यो । झोलामा ज्यामितिको बाकस थियो । त्यसलाई पनि आवाज नआउने गरी खोल्यो । ऊ झस्कियो । ऊ फेरि भ¥याङमा गई तल हे¥यो । आमाले भात पकाइरहनुभएको थियो । उसले झ्यालबाट बाहिर पनि हे¥यो । बुबा धाराको पानीमा गोडा धुँदै हुुनुहुन्थ्यो । ऊ झोला भएको ठाउँमा आयो । उसले ज्यामिति बाकस पूरै उघारेर हे¥यो । त्यसमा हरियो सयको नोट थियो । उसले त्यो पैसा झिकेर पाइन्टको बगलीमा हाल्यो ।  

आमाले तलबाट सोध्नुभयो, “गौरव, गृहकार्य सकियो ? ल भात खान आऊ ।”

“बुबाले खानुभयो । बुबालाई खान दिनुहोस् । म तपाईसँगै खान्छु । अलिकति काम छ ।”

“देख्यौ । तिम्रो छोरा मदेखि टाढिएको छ । पक्कै झोलामा के छ ? हिजो सीताको छोराले घरबाट पाँच सय चोरेर लगेछ । कतै गौरवले पनि झोलामा पैसा छ कि ?”  

“होइन होला । ल म हेरेर आउँछु । आमा चोटामा जानुभयो । उहाँले दराज खोलेर हेर्नुभयो । पैसा रहेछ ।  

“के हेर्नुभएको आमा ?”, गौरवले सोध्यो ।

“पैसा हेर्न आएको नि ?”

“पैसा । कति ?”

“होइन, तिमीले झिकेका छैनौ । किन सोधेको कति भनेर ?”  

“होइन । कति पैसा छ भनेर सोधेको नि । बिहान मैले दश रुपैया माग्दा छैन भन्नुभयो ।”  

“खोई ले झोला । ल हिँड भात खान ।”, आमा झोला बोकी तल जानुभयो । गौरव पनि पछिपछि लाग्यो । आमाले तल गएर प्रत्येक किताब, कापी र झोला हेर्नुभयो ।  

“के हेर्नुभएको आमा त्यसरी एक एक । पैसा माथि नै छ भनेको होइन ।”  

“छ, तैँले गृहकार्य सकिस् कि सकिनस् । कापीकिताब कस्तो छ भनेर हेरेको नि ?”  

“ए केही भएको छैन । सबै ठीक छ ।”, गौरवले भ¥याङदेखि आफ्नो वरपर हे¥यो । उसले हात भने बगलीमा पु¥यायो ।  

“हात नधोएर के हेरेको नि ?” बाबुले भन्नुभयो ।

गौरव हात धुन गयो । ढोकामा आउँदा फेरि उसले बगली छाम्यो ।  

“होइन, के छ बगलीमा देखा त ? खूबै बगली छामिरहेको छस् त ।”  

“कागज छ ।”

“के कागज ? स्कुलले पठाएको चिठी हो कि ?”

“होइन, कागज च्यातेर राखेको थिएँ । निकाल्न बिर्सिएछ ।”

“निकालेर देखाइदेन त बाबुलाई ? अघिदेखि शंका गर्दै हुनुहुन्छ ।”

“केही छैन । भात खाएर देखाउँला ।”

सबै जना भात खान बसे । भात खाँदा पनि गौरवलाई खलखली पसीना आयो ।  

“होइन, भात तातो त छैन । तरकारी पनि पिरो छैन । किन चिटचिट पसीना आयो ? मुख पनि घोसे परेको रातो छ । के भयो तँलाई ?”बाबुले सोधे ।

“केही भएको छैन ।”

गौरवले फटाफट खाना खायो । उसले रुमाल खोज्यो । “रुमाल बाहिर छ ।”आमाले भन्नुभयो ।

“बाहिर अँध्यारो छ । म माथि जान्छु ।”

गौरव चोटामा गयो । उसले कागज बगलीमा राख्यो र तल झ¥यो ।  

“ल बगलीमा के छ भन्नुभएको होइन । यी कागज छ । खाली कागज ।”, गौरवले बगलीसमेत उल्टाएर देखायो ।

“भइहाल्यो नि त । ल पढ्न जा ।”, आमाले भन्नुभयो ।  

गौरव झोला बोकी माथि गयो । उसले पैसा झिकी फेरि किताबको बीचमा राख्यो । ऊ एउटा किताब लिई ओछयानमा गयो । उसलाई पढ्न मन लागेन । उसले सोच्यो, “यो सय रुपैया कहाँ खर्च गर्ने त ? खाजा खाऊँ भने सबैले देख्छन् । कापी किनूँ भने घरमा नै छ । मलाई चाहिएको त रङ हो । रङ किन्न जाँदा राम दाइले बाबुको बारेमा सोध्नुहुन्छ । फेरि पछि बुबा पसलमा जानभएको बेला कुरा गरिहाल्नुहुन्छ । धत् ! मैले त यो पैसा बेकारमा झिकेछु । बरु भोलि दिपेशकै झोलामा खुसुक्क राखिदिनुपर्ला । न दिपेशले पैसा कसले चोरेछ भनी भोलि सरलाई भनिदिने हो कि ?”  

“धत, कस्तो गाह्रो भो ?”

“आ, जेसुकै होस् ! बाटोमा भेटिएको भनेर आमालाई दिऊँ कि के हो ? फेरि आमाले बुबालाई भनिदिनुहुन्छ । बुबाले कहाँ, कहिले, कति बजे, कोको हुँदा कसरी भेटिस् भनी खोजी गर्नुहुन्छ ? अघि न अनुहार हेरेर थाहा पाइसक्नुभयो । बुबाआमा माथि आउनुभयो । गौरव ओढ्नेले मुख ढाकी सोच्दै थियो ।  

“पार्वती, मैले गौरवलाई रङ ल्याइदिएको थिएँ नि । तिमीले दियौ ?”, बाबुले आमालाई भन्नुभयो ।  

“आज सुतेजस्तो छ । भोलि दिउँला । चाहिहालेको भए माग्थ्यो । आज चाहिने थिएन होला ।”

“ला, रङ पनि ल्याइसक्नुभएछ ।”, बुबाआमाको कुरा सुनी गौरव झस्कियो ।

पार्वती, छोराको दिनप्रतिदिन माग बढ्न थालेको छ । छोराको माग पूरा गर्न एकचोटि विदेश जाऊँ कि के हो ? पहिले दुई वर्ष गएर घर बनाइयो । अब केही वर्ष बसियो भने पढाउन सजिलो हुन्थ्यो नि ।”

“आ, पर्दैन अब जान । छोराले राम्ररी पढ्यो भने बारी चार आना बेचूँला । आठ आना अझ बाँकी रहिहाल्छ । तरकारी खान पुग्छ । एउटै छोरा त हो ।”,आमाले भनिन् ।

“मलाई त बिग्रेला कि जस्तो डर लाग्छ । बिग्रने उमेर पनि यही हो । अलि ख्याल गर है ।”  

“बिग्रँदैन । हाम्रो दुःख बुझेको छ । तपाईले विदेश गएर घर बनाउन गरेको दुःख याद छ । तपाई र मैले मिली खेतीपातीको काम गरेर बल्लतल्ल घर चलाएको कुरा पनि थाहा छ । स्कुल जाँदा त जे खाजा छ त्यही लैजान्छ । अरूले जस्तो फरकफरक खाजा माग्दैन ।”  

“जे होस् छोराले जानीनजानी खराब काम नगरे हुन्थ्यो । झूट नबोले हुन्थ्यो । मलाई अरू थोक केही चाहिँदैन ।”  

“बाबा! आमा !!”

के भो तँ अझै सुतेको छैनस् ।”  

“छैन नि । मैले तपाईहरूको कुरा सुनेँ । आज मैले गल्ती गरेको छु । त्यो गल्ती लुकाउँछु भनेको तर तपाईहरूको कुराले मलाई लुकाउन मन लागेन ।”

“के गल्ती गरिस् ?”, बुबा ठूलो स्वरले कराउनुभयो ।

“चूप लाग्नुस् न । भनिहाल्छ नि ।”

“मैले आज साथीले स्कुलको चौरमा खसालेको सय रुपैया फिर्ता नै दिइनँ ।”  

“के रे ? देख्यौ ? तिम्रो छोरा अब बिग्रने बाटो लाग्यो । साथीको पैसा भन्ने थाहा पाउँदापाउँदै यसले फिर्ता गरेन । यसले पढेर पनि इमानदार बन्न सिकेन । भोलिपर्सि यो चोर बन्छ ।”

“नरिसाउनुस्, बुबा । मैले चोरेको होइन । खसेको पैसा लिएको मात्र हो । म भोलि नै फिर्ता गर्छु । मैले थाहा पाइसकें । गल्ती लुकाउन गाह्रो हुन्छ भनेर । अबदेखि म इमानदारीलाई कहिले बिर्सन्नँ । आज मैले गरेको प्रतिज्ञा जीवनभर पालना गर्छु । म मेरो बानी सुधार्छु ।”

“ल त्यसो भए साथीलाई फोन गरेर भन् । मैले भेटाएको छु भनेर । उसले कति खोज्यो होला । उसलाई पनि बाबुआमाले गाली गरे होलान् ।”  

“हस् बाबा ।”

उसले साथीको घरमा फोन ग¥यो र भन्यो, “विवेक ! मैले तिम्रो पैसा भेटाएको थिएँ । फिर्ता गर्न बिर्सेछु । भोलि दिन्छु है ।”  

प्रकाशित: २८ भाद्र २०७७ १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App