प्रेम पुन मगर
ऊ भन्दै थियो, ‘मेरी छोरी साह्रै खराब छे।’
मैले सोधेँ, ‘किन, कति सालकी छोरी ?’
उसको जवाफ थियो – भर्खर साढे तीन साल ।
‘ल यति सानी उमेर । यो उमेर भनेको त राम्रा ज्ञान सिकाएर भविष्यको लागि जग राख्ने दिन पो त। आहा, मलाई त यो उमेरका बच्चाबच्ची साह्रै मन पर्छन्। तीन सालमा के थाहा हुन्छ र ? यो उमेरका बच्चा मैले पाएँ भने त ज्ञानी बनाइदिन्छु।’
मेरो कुरा बीचमा काट्दै निराशाजनक स्थितिमा उसले भन्यो।
‘कसरी सिकाउने राम्रा ज्ञान ? भनेको नमान्ने, केश उखेलिदिने, आँखा नाकमा औंलो हाल्दिने, मोबाइल तोडिदिने, गिलास थालहरू पनि तोडफोड गर्ने, किताब र अरू सरसामानहरू नष्ट गरिदिने, आराम गर्न नदिने, राक्षस नै जन्मेकी रहिछ । म त हारें ।’
फेरि मजाकको पारामा भन्यो। मलाई यो बच्ची चाँहिदैन तिमीलाई चाहियो भने लैजानु।
जसरी कसैमा सकारात्मक प्रभाव जमाउन ब्यक्तिमा असल स्वभाव चाहिन्छ । त्यसरी नै बच्चाबच्ची राम्रो हुन बाआमालगायत सम्पूर्ण पारिवारिक सदस्यहरूको चरित्र साह्रै राम्रो हुनुपर्छ। जुन नसिकाई पनि सिकून्। हाम्रो गन्थन सुनिरहेका ज्ञानी दाजुले भन्नुभयो।
प्रकाशित: २८ भाद्र २०७७ ०७:५७ आइतबार