७ वैशाख २०८१ शुक्रबार
कला

किन भेट्दैछिन् कंगनाले महाराष्ट्रका राज्यपाललाई ?

क्याप्शन

महाराष्ट्र सरकारसँग वादविवाद चलिरहेकै अवस्थामा अभिनेत्री कंगना रनौतले राज्यपाल भगतसिंह कोश्यारीसँग भेटघाट गर्नेभएकी छन्। उनले भारतीय समयमा अनुसार आज ४: ३० बजे कोश्यारीसँग भेटवार्ता गर्न लागेकी हुन्। उनले बीएमसीले आफुमाथि गरेको कारबाहीको विषयमा राज्यपालसँग कुरा राख्ने बताइएको छ।  

कंगनाको घरमा डोजर चलाएको मा कोश्यारी असन्तुष्ट रहेको समाचारहरु बाहिरिएका थिए। बीएमसीले उनको कार्यालयमा डोजर लगाएपछि कंगनाले सामाजिक संजालबाट आक्रोस पोखिरहेकी छन्। कंगनाले भनेकी छन्, ‘मैले मुम्बईको तुलना पाकिस्तानको नियन्त्रणमा रहेकव कश्मीरसँग गरेर तल्ती गरेकी छैन।’

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेमाथि आपत्तिजनक शव्द प्रयोग गरेको भन्दै उनीमाथि आफआईआर दायर भएको छ।

 

 

प्रकाशित: २८ भाद्र २०७७ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App