४ वैशाख २०८१ मंगलबार
कला

बोकाको मासु

लघुकथा

 राजु क्षत्री अपुरो 

 

अर्धाङ्गिनीले अनुरोध गर्दै भनिन् , ‘ ए लुरेका बा , यो बोइलर कुखुराको मासु खाँदाखाँदै नाक लागिसक्यो। कतै खसी बोका काटेका भए एकदुई किलो मासु लिएर आउनु न । खै गाउँघरमा भन्नेबित्तिकै खसीबोका कसले पो काट्छन र ।  कि चाडपर्व आउनपर्छ कि झरी पर्नपर्छ। बरु घरैको पठ्याङ्ग्री छ काटे हुन्न ? आफूलाई चाहिएको राखेर अरू बेचिदिउँला नि ।’ मैले उपाय सुझाएँ ।

‘भो  पठ्याङ्ग्री काट्ने होइन । मलाई त खसी बोकाकै मासुको झोलमा गोलभेडा र धनियाँ हालेर खान मन लागेको हो। पठ्याङ्ग्री, बाख्री त मन नै पर्दैन । . उनले यसो भन्दा मुखबाट पानी रसाएको महसुुस गरे मैले । ल त्यसो भए आज बजारतिर जाने काम छ। दुई दिन जति उतै भुल्छु कि । फर्किदा लिएर आउँला नि है त ।’ मैले आश्वस्त पारेँ ।

खोई भाइ साहव , दुई किलो खसीको मासु जोख्नुस् त, कति हो नि किला को ? तराईतिरका जस्ता देखिने मासु व्यापारीलाई मैले मूल्य सोध्दै मासु जोख्न लगाएँ । एक केजीको आठ सय दुई केजीको सोह्र सय । उनले मूल्य बताउँदै जोख्न थाले । दुई केजी लिएपछि पन्ध्र सयमा दिनु नू । मैले भाउ घटाएँ । हुँदैन भाइ साहब , अहिले खसी बोका कति महङ्गो छ। गाउँतिर पनि लोकल खसी बोका पाइनै छाडे। बल्लतल्ल हिजो लाहाचोक पुगेर दुईटा खसी किनेर ल्याएको महङ्गो दाम तिरेर । उनले मेरो गाउँको नामै तोकेर खसी बोका ल्याएको जनाए ।

घरमा खसीको मासु पाक्यो । मैले पनि सितन सित बियर नपिएको धेरै दिन भएको थियो। कामकाजले लखतरान थिएँ फ्रेस हुने मुड थियो। मलाई पनि बियर पिउन मन लाग्यो। अर्धाङ्गिनीको अनुमति लिएर म पनि सितन लिएर बसेँ । पिउँदै गर्दा बाहिर खोरतिर नजर परे । बाख्रा खोई त नि रमा । मैले सोधे , पाल्न गाह्रो भा थ्यो । बाख्रो पनि थारो भयो । हिजो तराईतिरको मान्छे आको थियो । राम्रै मूल्य दियो । माउ पाठा बेचिदिएँ । उनलाई हेरेँ ,उनी मीठो मुखले हात र थाल चाटिरहेकी थिइन् , मैले मासु व्यापारीले बाहिर राखेको बोर्डलाइ सम्झेँ , उििल्लखित थियो, ‘यहाँ शुद्ध खसीबोकाको ताजा मासु पाइन्छ ।’

प्रकाशित: २८ भाद्र २०७७ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App